संसद बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

subas nembang

काठमाडौँ/ नेकपा एमाले संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले नाकाबन्दी सुम्पने पक्ष र नाकाबन्दी हटाउने पक्षमा राष्ट्रिय एकता कायम गरी अघि बढ्नु पर्नेमा त्यस्तो नभएको बताएका छन् ।

संसदमा बोल्दै नेम्बाङले प्रधानमन्त्रीको अविश्वासको प्रस्ताव बेठीक र दुर्भाग्य पूर्ण रहेको उल्लेख गरे । उनले संसदमा प्रश्न गरे, ‘नाकाबन्दी हटाएकामा अविश्वास प्रस्ताव हो ?’

सरकारको कामको हिसाबले प्रधानमन्त्री ओलीको कार्यकालको प्रशंसा गर्दै नेम्बाङले केपी ओलीलाई प्रधानमन्त्री सुम्पने बेला नाकाबन्दी रहेको उल्लेख गर्दै ओली प्रधानमन्त्री हटेको बताए । नाकाबन्दीको देश केपी ओलीलाई सुम्पने पक्षले नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव राखेको हो भनी संसद्मा प्रश्न गरेका छन् ।

..................................... नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख सुवास नेम्वाङ  रोष्टममा ........................................ अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न गर्न प्रचण्डको आग्रह / कांग्रेस नेता विमलेन्द्र निधि  रोष्टममा ...................................... प्रचण्डद्वारा एमाले नेतृत्वलाई प्रहार  भने, 'मैले सरप्राइज अट्याक नगरेको भए झलनाथ जी प्रधानमन्त्री बन्नु हुने थिएन । खोलो तर्‍यो लौरो बिर्सियो गर्नु हुँदैन । भित्तामा पुर्‍याइदिऔं भनेर नसोचौं ।' हिजो माओवादीले सबै खान खोज्दा केही रहेन, अब एमालेको पालो संसदमा बोल्दै प्रचण्डले संसदीय खेलको नियम सिक्दै गरेको बताएका छन् । संसदीय खेलको रहस्य भर्खर बुझ्दै गरेको प्रचण्डले बताइरहँदा बैठकमा सांसदहरु गल्ल हाँसेका थिए । सरकारको समीकरण कसरी बन्दो रैछ र फेरिँदो रैछ भन्ने कुरा बुझेको बताए । माओवादी ठूलो पार्टी भएपछि धर्ती छाडेको स्वीकार गर्दै प्रचण्डले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र नेकपा एमालेको आवश्यक्ता र महत्व अवमूल्यन गरेकाले पार्टीको यो गति भएको बताए । उनले यही कुरालाई आफ्नो पार्टी भित्र स्कुलिङ गराइरहेको बताए । प्रचण्डले हिजो माओवादीको मनोविज्ञान जस्तो थियो, अहिले कांग्रेस र एमालेको मनोविज्ञान त्यस्तै रहेको बताए । भने, ‘हिजोको माओवादीको मनोविज्ञान कांग्रेस एमालेमा सर्यो कि?’ हिजो माओवादीले सबै खान खोज्दा केही नरहेको बताउँदै उनले कांग्रेसको अवस्था अहिले त्यस्तै रहेको र एमालेको पालो विस्तारै आएको प्रचण्डले बताए । ................................. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति र एकता कायम गर्ने उद्देश्यले अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् ।

संसद बैठकमा प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध अविश्वासको प्रस्ताव गर्दै उनले सहमतिमा जोड दिएका हुन् । प्रचण्डले बैठकमा बोल्दै भद्र सहमति पालना नभएकामा समेत दुखेसो गरेका छन् ।

बैठकमा बोल्दै प्रचण्डले माओवादीलाई उपयोग गर्ने रणनीति प्रधानमन्त्री केपी ओलीले लिएको आरोप समेत लगाएका छन् ।

प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा अहंकार र दम्भ रहेको देखियो, माओवादीलाई कुनै न कुनै रूपमा प्रयोग गर्ने र कार्यशैलीको दृष्टिकोणीले सेल्फ सेन्ट्रिक, इगो सेन्ट्रिक कार्यशैली रहेको देखियो ।’

..................................

prachandaप्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अविश्वासको प्रस्ताव पेश गर्दै । [caption id="attachment_7289" align="aligncenter" width="720"]karyasuchi यस्तो छ कार्यसूचि[/caption]

काठमाडौँ / व्यवस्थापिका संसदको बैठक दलहरुबीच संसदको कार्यसुचीमा सहमति भएपछि सुरु भएको छ । बजेट आश्रित विधेयक पेश गर्ने र त्यसपछि अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको प्रमुख तीन दलको बैठकले सुरुमा विधेयक पारित गर्ने र त्यसपछि अविश्वासको प्रस्ताव अगाडि बढाउने सहमति गरेका छन् ।

जारी बैठकमा लेखा समितिका अध्यक्ष जनार्दन शर्माले प्रतिवेदन प्रस्तुत गरे । सभामुखले उक्त विधेयकमाथि सत्तारुढ दल नेमकिपाका सांसद प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले राखेको संशोधन प्रस्तावमाथि छलफलका लागि बोल्न समय दिइन् । भारतबाट आयातित वस्तुमा ७ प्रतिशत र चीनबाट आयातित वस्तुमा ३ प्रतिशत कर रहेकाले करको दर समान बनाउन प्रेम सुवालले प्रस्ताव गरेका थिए । थरुहट तराई पार्टीका सासद गोपाल दहितले विरोध गरे । बजेट यो पटक पारित हुन नसक्ने उनले बताए । बजेटको विरुद्धमा मत दिने उनले बताए ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विधेयकको औचित्य नभएको बताए । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रसंगभन्दा बाहिर नजान सभामुखले अन’रोध गरिन् । अर्थमन्त्री पौडेलले आफूले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सभामुखले दिएको निर्देशन पालना गरिरहेको बताए । मन्त्री पौडेलको पक्षमा रहेका सांसदहरुले टेबुल ठोकेर समर्थन जनाए ।

यसैबीच संविधानप्रति असहमति जनाउँदै बहिस्कार गरेका सांसदहरु पनि बैठकमा उपस्थित भएकोमा अर्थमन्त्री विष्णु पौडेलले खुसी व्यक्त गरेका छन् उनले संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे । संसदमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनेक्रममो मनस्थिति र परिस्थितिमा तालमेल नहुँदा संसदमा गडबडी भएको बताए ।

आर्थिक विधेयक बहुमतले अस्वीकृत

bishnu paudel

आर्थिक विधेयकको दुईदेखि ३१ सम्मका दफा र त्यससँग सम्बन्धित उपदफाहरु अस्वीकृत भएका छन् ।

सरकारले संसदमा पेस गरेको आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत-एक्काइसौं संशोधन)  तीन वटै विधेयक बहुमतबाट अस्विकृत भएको छ ।

डिल्लीप्रसाद काफ्लेले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिएकी छन् । यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

यसैबीच कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले बजेटसँग सम्बन्धित दुई विधेयक अस्वीकृत भइसकेकाले अर्थमन्त्रीलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।