[caption id="attachment_5226" align="alignleft" width="150"]
डा.अरुणकुमार सिंह[/caption]
भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ। प्रभावित व्यक्त्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटाहरू टासिएर घाँटी दुख्ने र सास फेर्न कठिनाई हुन सक्छ। गम्भीर अवस्थामा, त्यसले सास लिन बाधा पार्न सक्छ, मुटु विफल, नशालाई क्षति पुग्न वा मृत्यु पनि हुनसक्छ। यो रोग विरामीसँग वा बाहकसँग सम्पर्कमा आउदा फैलिन सक्छ।
कमै मात्रामा प्रभावित व्यक्त्तिको स्रावद्वारा दुषित भएको वस्तुहरूसँग सम्पर्कमा आउदा व्यक्त्तिलाई संक्रमण हुन सक्छ। कोरिनेबकतेरियम डिपथरिया भने ब्याक्टेरिया बाट हुने संक्रमण रोग हो यस प्रकारको ब्याक्टेरिया एक प्रकार को बिस उतपादन गर्दछ जसले मानब शरीरको तन्तु तथा अग् लाई हानी गर्छ ! सुरु सुरु मा घाटी दुखने ,हल्का ज्वरो आउने र खाना नरुच्ने !
नेपाल सरकारले बच्चा जन्मीदा साथ क्षयरोग विरुद्ध विसिजी, ६ हप्ता पुगेपछि धनुष्टंकार, लहरे खोकी भ्यागुते रोग, हेपाटाईटिस बि र हिब निमोनिया विरुद्ध डिपिटिएच हिब र पोलीयो रोग बिरुद्ध पोलियो थोपा ३ पटक, र बच्चा ९ महिना पुगेपछि रुवेला र दादुरा विरुद्ध निशुल्क खोप दिने गरेको छ । वालवालिकाले १० वटा रोगबाट अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले सवै वालवालीकालाई खोप लगाउने गरीन्छ । वाल बालिका मा उपचार को लागि खोप र समय मा चिकत्षक को सालाल्य लिनु पर्ने जारी जरुरी छ !
बालरोग विशेषज्ञ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान