राजविराज/‘कर्णप्रिय नारा र अल्पकालीन प्रभाव दिने अभियानभन्दा नागरिकमैत्री व्यवहार प्रस्तुत गर्न’ सरोकारवालाहरुले प्रहरीलाई सुझाव दिएका छन् । गत असार २७ देखि सञ्चालन गरिएको ‘प्रहरी मेरो साथी’ अभियानको समीक्षा गर्न आइतबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा सहभागिता जनाएका विभिन्न क्षेत्रका सहभागीहरुले जिल्ला प्रहरी कार्यालयलाई यस्तो सुझाव दिएका हुन् ।
‘जतिसुकै चिटिक्क कुरा गरे पनि प्रहरीलाई हेर्ने सर्वसाधारणको नजरमा परिवर्तन आएको छैन’, एक सहभागीले भने, ‘प्रहरीको पहिलो सरोकार असहाय, असक्त, पीडित र तिनै बेसहारा जनता हुनुप¥यो, जसले अहिलेसम्म प्रहरीलाई आप्mना सहयोगीका रुपमा बुभ्mनै सकेका छैनन् ।’ जिल्लादेखि गाउँसम्म रहेका प्रहरीका ४८ वटै युनिटको ढोका कब्जा गरेर बसेका बिचौलियाले अहिलेसम्म जनतालाई प्रहरीसमक्ष पुग्नै नदिएको र प्रहरीले पनि बिचौलियालाई छिचोलेर ढोकाबाहिर हेर्ने प्रयास नगरेको भन्दै उनले नागरिक सम्बन्ध सुधार्न सर्वप्रथम प्रहरीले आप्mनै मूल गेट बढारेर सफा गर्नुपर्ने भन्दै व्यङ्ग्य गरे ।
सो अवसरमा पत्रकार वैद्यनाथ यादवले प्रहरी आप्mनै दवाब र प्रभावमा पर्दा निर्दोष व्यक्तिले पनि दुःख पाउने गरेको भन्दै असन्तोष व्यक्त गरे । ‘महिलासँग सम्बन्धित कतिपय घटनामा महिलासम्बद्ध समूहको प्रभाव आवश्यकताभन्दा बढी देखिने गरेको छ’, उनले भने, ‘त्यस्ता रेडिमेड समूहको दवाबमा परेर प्रहरीले सामान्य घटनालाई पनि भाइरल बनाउने गरेको छ, जसले निर्दोषलाई पीडित बनाउने भन्दा अर्को उपलब्धि हात लाग्दैन ।’
यसैगरी, सर्वसाधारण र असहाय नागरिकको कानूनी सहायताका लागि भन्दै प्रहरीले शुरु गरेको निःशुल्क उजुरीको प्रावधान पनि कार्यान्वयनमा नआएको भन्दै सहभागीहरुले प्रहरीको ध्यानाकर्षण गराएका थिए । ‘महिला, असक्त र असहायहरु उजुरी लेखिदिने मान्छे खोज्दै भांैतारिएका हुन्छन् तर प्रहरीले नै त्यो सेवा निःशुल्क उपलब्ध गराएको छ भन्ने जानकारीसमेत दिन सकिएको छैन’, पत्रकार श्यामसुन्दर यादवले भने, ‘यति मात्रै होइन, प्रहरीसँग सर्वसाधारणका अनगन्ती गुनासा छन्, जुन प्रहरीले सुन्नैपर्नै हो तर सुन्न सकेको छैन ।’ व्यावहारिक रुपमै मिलाउन सकिने समस्यालाई मुद्दा दर्ता गरेर अनावश्यक हैरानी दिने गरिएकोदेखि कानूनी रुपमा छुट दिनै नसकिने समस्यालाई ‘पञ्चायती’ (दुई पक्ष छलफल) गरेर मिलापत्रमा टुङ्ग्याउने गरिएको विषयमा पनि सर्वसाधारणको असन्तुष्टि रहेको भन्दै उनले यस्ता जनचाहनाविपरीतका कार्य अन्त्य नगरेसम्म नागरिकसँगको प्रहरी सम्बन्ध सुधार हुनै नसक्ने उनले ठोकुवा गरे ।
मधेश आन्दोलनका कारण नागरिकसँगको सम्बन्धमा दरार महसुस गरेको सप्तरी प्रहरीले सो सम्बन्धलाई पहिलेकै अवस्थामा फर्काउन अधिकतम प्रयास गरिरहेको छ । मुलुकमा शान्ति–सुरक्षाको अवस्थालाई मजबुत बनाउने प्रमुख उद्देश्य राखिए पनि पछिल्लो चरणमा शुरु भएको ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत सप्तरीमा भने बिग्रिएको सम्बन्ध सुधारकै लागि अभियानलाई उपयोग गरिएको स्पष्ट महसुस गर्न सकिन्छ । सोही अभियानलाई अझ फलदायी बनाउने उद्देश्यले अन्तत्र्रिmया आयोजना गरिएको सप्तरीका एसपी भीमप्रसाद ढकालले जनाए ।
उनले सप्तरीमा सर्वसाधारणलाई सेवा दिने नाममा हुने गरेको लेनदेनलाई पूर्ण रुपमा बन्देज गरिएको दावी गर्दै त्यस्तो पाइए लिनेदिने दुवै पक्षलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । बिचौलिया र रेडिमेड दवाब समूहको विषयमा प्रतिक्रिया दिँदै ढकालले यस्तो प्रवृत्ति अन्त्य गरी प्रहरीमाथि आउने दवाब कम गर्दै लगिएको दावीसमेत गरे । जनतालाई सेवा दिनुपर्ने स्थानमा प्रहरीका लागि इशारा पनि पर्याप्त हुने भन्दै न्याय सम्पादनमा उजुरी मात्रै प्रमुख नहुने स्पष्ट पारे । ‘हामी अदालत हैनौँ, जनताको रक्षा र कानूनको पालना हाम्रो प्रमुख दायित्व हो’, एसपी ढकालले भने, ‘त्यसैले जाहेरीको पछि दगुर्न भन्दा समस्या व्यक्त गर्न सक्नुप¥यो, प्राथमिकताअनुसार मौखिक उजुरीलाई पनि हामी सुनुवाई गर्छौं ।’