नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेदवार नउठाउने निर्णय गरेपछि प्रचण्ड एक्लै प्रधानमन्त्रीका उम्मेदवार भएका थिए । व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पदका लागि बुधबार भएको मतदानमा प्रचण्डले ३ सय ६३ मत पाए भने उनको विपक्षमा २ सय १० जना सांसद्ले मतदान गरे । प्रधानमन्त्रीका लागि २ सय ९८ मत नै आवश्यक भए पनि उनी सम्मानजनक मत पाएर दोस्रोपटक प्रधानमन्त्री भएका हुन् । प्रचण्ड वा कोही प्रधानमन्त्री हुनु सामान्य नागरिकका लागि त्यति महत्वपूर्ण विषय हुँदैन । उनीहरुले त समृद्धि, शान्ति, स्वतन्त्रता र आत्मसम्मान चाहेका हुन्छन् । जुनसुकै सरकार आए पनि सर्वसाधारण नागरिकका अपेक्षा यिनै हुन् । उनीहरुले ठूला सपना देखेका पनि हुँदैनन् । उनीहरुलाई त आत्मसम्मानका साथ स्वतन्त्रता र शान्तिपूर्वक बाँच्ने वातावरण भए पुग्छ । यसका लागि देशभित्रै रोजगारको पर्याप्त अवसर भए हुन्थ्यो भन्ने सामान्य नागरिकको चाहना हुन्छ । राष्ट्रिय राजनीतिमा उनीहरुको खासै चासो हुँदैन । त्यसैले प्रधानमन्त्री वा सरकार फेरिँदैमा सामान्य नागरिकलाई केही फरक पर्दैन । उनीहरु त आप्mनो जीवनमा प्रत्यक्ष परिवर्तनको अनुभव गर्न चाहन्छन् । नयाँ सरकारको प्रयास त्यसतर्पm केन्द्रित हुनु आवश्यक छ । भूकम्पपीडित अधिकांश नागरिक अहिले पनि थोत्रो पाल र टहरामा दैनिकी बिताउन बाध्य छन् । सरकार फेरबदलको खेलमा उनीहरु ओझेलमा परेजस्ता भएका छन् । यो अवस्थालाई कुनै पनि अर्थमा सुखद् मान्न सकिँदैन । उनीहरुको दैनिकी अत्यन्तै कष्टकर छ । राजनीतिक दलहरुले भूकम्पपीडितलाई प्रदान गरिने राहतमा राजनीति गर्ने प्रयास गर्छन् । दलहरुको राजनीतिको चेपुवामा उनीहरुको दैनिकी झन् कष्टकर बन्दै गएको छ । कतिपयले पहुँचका आधारमा सजिलै राहत प्राप्त गरेका छन् भने वास्तविक पीडितहरुले अभैm पनि राहत पाएका छैनन् । यसकारण नयाँ सरकारको प्राथमिकतामा उनीहरु पनि पर्नुपर्छ । राजनीतिक खेलमा लागेर फेरि पनि उनीहरुलाई बिर्सिएमा उनीहरुका लागि राज्य हुनुको खासै अर्थ हुने छैन । विभिन्न दातृ संस्था वा निकायले भूकम्पपीडितलाई राहत प्रदान गर्न पर्याप्त रकम सहयोग गरेका छन् तर पीडितहरुले अभैm पनि राहत पाएका छैनन् । यसतर्पm सरकारले गम्भीरता देखाउनुपर्छ ।