[caption id="attachment_9655" align="alignleft" width="193"]
धिरेन लिम्बु[/caption]
गर्मी महिनामा धेरै रोगहरुको सङ्क्रमण हुने गर्दछ । पानीजन्य रोगहरु, खानाजन्य रोगहरु, सदिश (भेक्टर) जन्य महिनामै बढी हुने गरेको पाइन्छ । गर्मी समयमा बढी हुने तर उपेक्षा गरिएको र मानिसको ज्यानसम्म लिन सक्ने महत्वपूर्ण रोग हो– कालाजार ।
कालाजार रोग लेस्मेनिया डोनोभानी, लेस्मानिया इन्फान्टम नामक परजीवीको सङ्क्रमणबाट लाग्दछ । यो परजीवीलाई एक मानिसबाट अर्को मानिसमा तथा विभिन्न पशुहरुबाट मानिससम्म सार्ने काम प्mलेवोटोमस प्रजातिको भुसुनाले गर्दछ । यो रोगलाई ‘गरीबहरुको रोग’ पनि भन्ने गरिन्छ । खासगरी सन्तुलित भोजनबाट वञ्चित तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुमा यो रोगको सङ्क्रमण छिटो हुने गर्दछ ।
विश्वका २० करोड मनिसहरु कालाजार रोग सङ्क्रमणको जोखिममा रहेको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । वर्षेनी ५ लाख मानिसहरु कालाजारको शिकार भइरहेको पाइन्छ । विश्वका ९८ वटा ट्रपिकल तथा सब–ट्रपिकल देशहरुमा अभैm पनि १ करोड २० लाख मानिसमा कालाजार सङ्क्रमण रहेको विश्व स्वास्थ्य सङ्गठन तथा अन्य विभिन्न संस्थाहरुको अध्ययनले देखाएका छन् । कालाजार रोगको सङ्क्रमण करीब ९० प्रतिशतभन्दा बढी बङ्लादेश, भारत, नेपाल, सुडान, इथियोपिया तथा ब्राजिलमा हुने गरेको पाइन्छ । नेपालको सन्दर्भमा तराईका १२ वटा जिल्लाहरु सर्लाही, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, उदयपुर, मोरङ, रौतहट, सुनसरी, झापा तथा चितवन र खोटाङ जिल्लामा समेत कालाजारको सङ्क्रमण पाइएको छ ।
जिनस लेस्मेनिया परजीवीले कालाजार मात्र नभएर अन्य विभिन्न किसिमका रोगहरु (जस्तैः क्युटानियस लेस्मानियासिस, म्युकोक्युटानियस लेस्मानियासिस, पोस्ट कालाजार डर्मल लेस्मानियासिस) को सङ्क्रमणसमेत गराउँदछ । यद्यपि इन्डियन सबकन्टिनेन्टको परिपे्रक्ष्यमा भने भिसेरल लेस्मानियासिस अर्थात् कालाजार सङ्क्रमण गर्ने परजीवी मात्र अधिक पाइने हुनाले कालाजार सङ्क्रमण मात्र बढी पाइन्छ ।
सन् १९८० मा पहिलोपटक कालाजार नेपालमा पुष्टि भएको थियो । यसरी नै सन् २००६ मा क्युटानियस लेस्मानियासिस नेपालमा सर्वप्रथम पाइएको थियो । कालाजार रोग लगाउने परजीवीहरु विभिन्न प्राणीहरु (रिर्जभोयर) जस्तैः कुकुर, स्याल, प्mयाउरो, मुसा तथा अन्यले रगतको माध्यमबाट स्वस्थ्य व्यक्तिमा सार्ने गर्दछन् । धरानमा जनावरहरुमा गरिएको अध्ययनले पनि जनावरहरु (गाई, भैंसी, बाख्रा) कालाजारको रिजर्भोयरका रुपमा रहेको प्रस्ट्याएको छ । नेपाल, भारत तथा बङ्लादेश सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा सन् २००५ देखि ‘कालाजार इलिमिनेसन प्रोग्राम’ विभिन्न चरण बनाएर सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सन् २०१७÷१८ सम्म चल्नेछ । सन् २००५ देखि २००८ सम्म प्रिपारेटरी फेज, सन् २००८ देखि २०१५ सम्म एट्यमक फेज तथा सन् २०१५ देखि बाँकी समय कन्सोलिडेसन फेजको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी डिपार्टमेन्टका सहप्राध्यापक तथा कालाजार अनुसन्धानकर्मी डा. नारायणराज भट्टराई भन्छन्– ‘विगत केही वर्षदेखि कालाजार प्रकोप क्षेत्रहरुबाट कालाजारको सङ्क्रमण घट्दै गइरहेको छ र यसको मुख्य कारण कालाजार इलिमिनेसन प्रोग्राम नै हो ।’ सरकारले सञ्चालन गरेको यस कार्यक्रमले कालाजारका रोगी घटाए पनि यसबाट हुनसक्ने जोखिम उत्तिकै रहेको कुरा धरानकै केन्द्रीय प्रविधि क्याम्पसको माइक्रोबायोलोजी डिपार्टमेन्टका शिक्षण सहायक तथा मोलिक्युलर बायोलोजीका ल्याब इन्चार्ज प्रिन्स सुब्बाको तर्क छ । सुब्बाका अनुसार यो गर्मीयाम कालाजार पैmलन सक्ने समय हो । ‘धरानका विभिन्न क्षेत्रमा सुकुम्वासी बस्तीहरु रहेको र ती क्षेत्रमा रोगको इन्सिडेन्स बढ्न सक्छ ।’ सुब्बा भन्छन् ।
कालाजारका प्रकारहरु
१. एन्थ्रोपोनोटिक कालाजार – यो सङ्क्रमित मानिसबाट भेक्टर हुँदै स्वस्थ व्यक्तिसम्म सर्ने अवस्था हो ।
२. जुनोटिक कालाजार – यो रिजर्भोयर प्राणीबाट भेक्टर हुँदै स्वस्थ व्यक्तिसम्म सर्ने अवस्था हो ।
कालाजार सर्ने माध्यम
कालाजार एक व्यक्तिबाट अर्को व्यक्तिमा अर्थात् प्राणीबाट स्वस्थ व्यक्तिमा भेक्टर भुसुनाको टोकाइबाट सर्दछ ।
उस्मायन अवधि (इन्कुवेसन पिरियड)
उस्मायन अवधि भन्नाले परजीवीहरुले होस्टमा प्रवेश गरिसकेको तर साधारण लक्षण नदेखिएको अवस्था भन्ने बुझिन्छ । कालाजारको उस्मायन अवधि २ देखि ४ महिनासम्म हुन्छ ।
लक्षण
१. ज्वरो आउने,
२. कमजोर हुने,
३. थकान लाग्ने,
४. खान नरुच्ने,
५. तौल घट्ने,
६. लिम्फनोड सुन्निने,
७. कलेजो सुन्निने,
८. फियो सुन्निने,
९. पेट सुन्निने,
१०.पेट दुख्ने,
११. रगतको कमी हुने
माथि उल्लेखित लक्षण देखिएमा तुरुन्तै अस्पताल गई रोगको उपचार गर्र्नु अत्यन्तै बुद्धिमानी हुन्छ ।
कालाजारबाट बच्ने उपाय
१. रिजर्भोयर कन्ट्रोल ः जसमा सक्रिय र निस्क्रिय केस पत्ता लगाई सही निराकरण गर्ने,
ःसङ्क्रमित कुकुरहरुो उचीत व्यवस्थापन गर्ने ।
२. भेक्टर कन्ट्रोल ः कीटनाशक औषधि छर्केर भुसुना मार्ने ।
३. कालाजारसँगै मलेरिया र जापानीज इन्सेफलाइटिसको रोकथाम गर्ने ।
४. स्वास्थ्यसम्बन्धी शिक्षा दिने ।
५. झुलको प्रयोग गर्ने ।
६. भ्mयाल सधैँ सफा गर्ने ।
७. सन्तुलित भोजन खाने
८. घरवरिपरि भएका पुराना काठ तथा झाडीहरु हटाउने ।