धरान/केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका लागि सरुवा रोग महाशाखाले भोली बिज्ञहरुको आपतकालिन बैठक बोलाएको छ । समाचार अनुसार, पाल्पा, रामपुरका स्थीर बहादुर थापा सपरिवार टिभी हेर्दै थिए । अचानक ‘केरा काटेर’ भन्ने गीतमा नाँच्दै ज्योति मगर झुल्किएपछि किशोर/किशोरीहरु काँप्न थालेका थिए । बृद्ध/बृद्धाहरुले पनि पेसर बढ्यो भन्दै आँखा छोपेका थिए । banana11 ताप्लेजुङ्, हाङ्देवाको पौडेल निवासमा गाउँलेहरु टिभी हेर्दै थिए । ‘तीज गीत’ भन्ने कार्यक्रममा ‘क्वाप्पै मुखमा हाल्छु’ भन्दै ज्योती उफ्रिन थालेपछि केही मानिसहरु बेहोस भएर ढलेको बताईन्छ । उपचारकालागि उनिहरुलाई मनाङ् एयरको हेलिकप्टरबाट कामठण्डौ लगिएको स्थानीय पेरेम पौडेलले बताए । ‘यस्ता द्धिअर्थी गीतले किशोर किशोरी तथा बृद्ध बृद्धाहरुमा अप्राकृतिक उत्तेजना उत्पन्न हुनेगर्छ । त्यसैले उनिहरु ठाउँ कुठाउँ काँप्ने गर्छन् ।’ जनस्वाश्थ्य विशेषज्ञ डा. रवीन्द्र समीरले भने, जामा फाट्ने र केरा काट्नेजस्ता गीतलाई ‘संस्कृति’ भनुन्जेल यसको रोकथाम सम्भव छैन  ।’ सांस्कृतिक अभियन्ताहरुका अनुसार, यस्ता गीतले बृद्धबृद्धाहरुमा जोश बढाउने तर होस गुमाउन प्रेरित गर्दछन् । संस्कृतिबिद् बैरागी ठाईंला भन्छन्, ‘उनिहरुलाई बेहोस हुनबाट जोगाउनपनि केराजस्ता गीतहरुको पुर्नमुल्यांकन हुनु जरुरी छ ।’ बालरोग बिशेषज्ञ डा. भएंकर शर्माले गजुरीयल डटकमलाई भने, ‘अहिल्यैदेखी किशोर किशोरीहरुलाई यसरी काँप्न र कपाउँन उत्प्रेरित गर्ने हो भने भविश्यमा उनिहरुमा प्रजनन समस्या उत्पन्न हुन सक्छ ।’ महाशाखाका प्रमुख डा. चिन्तामणी चञ्चलका अनुसार बेलैमा नियन्त्रण नगरे ‘केरा रोग’ ले नेपाली समाजलाई केराको बुङ्गो बनाउनेछ ।गजुरियल डटकमबाट