[caption id="attachment_5226" align="alignleft" width="144"]Arun Kumar Shing_Dr Arun Kumar डा. अरुणकुमार सिंह[/caption]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा काम गर्दा दिनहुँ छारे रोगका बिरामी देखिन्छन् । बीपी प्रतिष्ठानका बालरोग विभाग प्रमुख प्रोफेसर डा गौरीशंकर शाह छन् र छारेरोग क्लिनिकका संयोजक डा प्रकाश पौडेल छन् । यो क्लिनिक हरेक मङ्गलबार २ देखि ४ बजेसम्म सञ्चालन हुन्छ । यो क्लिनिकबाट छारेरोगबाट पीडित बालबालिकाले फाइदा लिन सक्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ६ करोड मानिसलाई छारेरोग लागेको अनुमान छ । नेपालमा भने एक प्रतिशत जनसङ्ख्यामा यो रोग लागेको अनुमान छ ।

chhare-rog.11jpg छारे रोग के हो ? छारेरोग भनेको स्नायुसम्बन्धी एक प्रकारको बेहोश हुने रोग हो तर बेहोश हुने सबै रोग छारेरोग होइन । मस्तिष्कमा भएका न्युरो ट्रान्समिटर असन्तुलित हुँदा रोग हुन पुग्छ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठ्यारो छ भने पनि त्यो पनि छारेरोग नै हो । यसलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने आदि विभिन्न नामले चिन्ने गरिन्छ । प्रायःजसो कमजोर दिल भएका व्यक्तिहरूलाई छारेरोगको सम्भावना बढी हुने अनुमान गरिएको छ । छारेरोगका प्रकार ः छारेरोग धेरै प्रकारका हुन्छन् । यदि मानिसले बेहोशी अवस्थामा जिब्रो टोक्ने, आँखा पल्टाउने गर्छ भने त्यो कडा खालको छारेरोग हो । तर कतिपय अवस्थामा छारेरोगको खास कारण थाहा नहुन सक्छ । मस्तिष्कमा हुने ट्युमर, इन्सेफलाइटिस, मेनेन्जाइटिस भयो भने पनि छारेरोग देखिन्छ । केही मानिसमा नुनको कमीले पनि छारेरोगको लक्षण देखिन सक्छ र नुनको मात्रा पूरा भयो भने यो रोग आपैंm निको हुन्छ । यस्तो प्रकारको छारेरोगमा लामो उपचार गर्नु पर्दैन । छारेरोगको लक्षण ः छारेरोग एक दिमागी दौरा हो । यदि यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुच्र्छित भएर ढल्न पुग्छ । उत्तानो परिसकेपछि हातखुट्टा छट्पाउँछ । केही बेर हातखुट्टा छट्पटाएर मुखबाट ¥याल काढेर करीब आधा घण्टासम्म रोगी बेहोश हुन्छ । यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जनविश्वास पनि रहेको छ । करीब आधा घण्टापछि रोगीलाई होश आउँछ । छारेरोगको उपचार के हो ? छारेरोगको उपचार त्यसको प्रकार हेरेर गरिन्छ । साधारण किसिमको छारेरोग र बच्चाहरुमा रोग छ भने २–३ वर्षसम्म औषधि दिएर निको पार्न सकिन्छ । यो रोग ७० देखि ८० प्रतिशत बिरामीलाई छोटो समयसम्म, ५ देखि १० प्रतिशतलाई लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । तर नेपालमा धेरै बिरामी उपचारबाट वञ्चित छन् । छारेरोगको शल्यक्रिया पनि गर्न सकिन्छ । धेरैजसो बिरामीका लागि औषधि नै उत्तम विकल्प हो । छारेरोगको लक्षण देखिएमा चिकित्सकको सल्लाहअनुसार उपचार गरे निको हुन्छ । (लेखक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ हुन् ।)