धरान–११ स्थित बिन्दु लिम्बू स्क्रब टाइफसबारे कुरा गरिरहेकी थिइन् । यसको सङ्क्रमणबारे उनी मात्र होइन, धरान–१५ का नरेश राई र धरान–२६ की भावना राईसमेत जिज्ञासा राखिरहेका थिए । हाल नेपालका पूर्वी पहाडी, तराई तथा पश्चिमका जिल्लाहरुमा समेत पैलिइरहेको यो रोगका बारेमा जिज्ञासा उठ्नु स्वाभाविक हो । स्क्रब टाइफसबाट धेरै मानिसहरु आतङ्कित बनिरहेका छन् । स्क्रब टाइफसबाट आतङ्कित नभई उपयुक्त सावधानी अपनाउनुपर्ने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजिष्ट प्रिन्स सुब्बा बताउँछन् । स्क्रब टाइफस कुनै नयाँ सङ्क्रमण होइन । सन् १८९९ मा यो सर्वप्रथम जापानमा पाइएको थियो । सन् १९८६ भन्दा अगाडि यसको सङ्क्रमण चीनमा सबैभन्दा बढी हुन्थ्यो । सन् १९८६ मा स्क्रब टाइफस मेन्गयिन भन्ने देशमा पनि पाइएको थियो । यो रोग एन्टिबायोटिक पत्ता लाग्नुपूर्व अर्थात् सन् १९२९ पूर्व अत्यन्तै खतरनाक रोग थियो । प्रथम तथा दोस्रो विश्वयुद्धमा धेरै सर्वसाधारण तथा सेना यसको सङ्क्रमणबाट मरेका थिए । सन् १९९४ मा वरेन जीडब्लु तथा साथीहरुले गरेको अनुसन्धानअनुसार दोस्रो विश्वयुद्धताका ३६ हजार सैनिकहरु यो रोगबाट प्रभावित भएका थिए ।
स्क्रब टाइफससम्बन्धी लेख ‘द पास्ट एन्ड प्रेजेन्ट थ्रेट अफ रिकेट्सियल डिजिज टु मिलिट्री मेडिसिन एन्ड इन्टरनेशनल पब्लिक हेल्थ’ मा अनुसन्धानकर्ता केबी डिजे तथा अन्य अनुसन्धानकर्ताहरु लेख्छन्– दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाका लागि अत्यन्तै प्राणघातक रोगको रुपमा परिचित भएको थियो, स्क्रब टाइफस । त्यसर्थ स्क्रब टाइफसको सङ्क्रमण आदिम कालदेखि इन्डेमिक रुपमा रहेको पाइन्छ । यो ट्रपिकल रिकेट्सियल समूहको अत्यन्तै घातक रोग हो । यो सङ्क्रमित मुसाबाट भेक्टर (सदिस) हुँदै मानिससम्म पुग्छ र सङ्क्रमणको थालनी हुन्छ । त्यसैकारण यसलाई जुनोटिक रोग भनिन्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । यो रोगको गम्भीरता रोगसँग लड्ने संक्रमित व्यक्ति (होस्ट) को क्षमता तथा जीवाणु स्टे«ेनमा पनि निर्भर रहन्छ । स्क्रब टाइफसको मुख्य कारक तत्व (एजेन्ट) ‘ओरोन्टिया सुट्सुगामसि’ नामक जीवाणु हो । यो जीवाणुको मुख्य र्भिर्टब्रेट होस्ट भनेको मुसा हो । सङ्क्रमित मुसालाई जब लेप्टो ट्रोम्विडियम स्पेसिस (सुलसुले) को लार्भाले टोक्छ अथवा सङ्क्रमित सुलसुले लार्भाले आप्mनो वरिपरि अचानक आइपुगेका मानिसहरुको छालामा टा“सिएर टोक्दछ । यसरी मानिसको रगत चुस्दा मानिसमा पनि स्क्रब टाइफस सङ्क्रमण गराउने जीवाणु सर्न पुगी सङ्क्रमित बन्दछ । तामुरा ए, ओहासी एन १९९५ का अनुसार सेरोटाइपको आधारमा आरेन्टिया सुट्सुगामसीलाई ५ निम्न भागहरु बोरयोन, गिलियाम, कार्य, काटो तथा कावाजाकीमा विभाजन गरिएको छ । जङ्गली मुसाहरुमा सुलसुलेले अत्यन्तै सहज रुपमा आप्mनो जीवनचक्र व्यतीत गर्ने गर्दछ । यद्यपि जीवनचक्रका केही चरणहरु अन्य वातावरणीय तत्वहरुमा समेत व्यतीत गर्ने गर्दछ । सुलसुलेको जीवनचक्रलाई मुख्यतः चार भागहरु अण्डा, लार्भा, निम्फ तथा वयस्कमा विभाजन गरिएको छ । यद्यपि यी सबै चरणहरुमध्ये लार्भा चरण एक मात्र यस्तो अवस्था हो जसले रोग सार्न सक्छ । स्क्रब टाइफस विनालक्षण पनि मानिसमा हुन सक्छ जसले गर्दा रोग निदान तथा निगरानीमा अत्यन्तै समस्या सिर्जना भएको पाइन्छ । वयस्क सुलसुलेले आप्mनो सङ्क्रामक गुण जीवनचक्रका विभिन्न चरणहरुमा सार्दछ । यो प्रक्रियालाई ट्रान्सोमेरियल ट्रान्समिसन भनिन्छ । यस्तै गरी सङ्क्रामक गुण अण्डाबाट लार्भा अथवा वयस्कमा सार्ने प्रक्रियालाई ट्रान्सटेडियल ट्रान्समिसन भनिन्छ । यसरी सुलसुलेले स्वायत्त रुपमा लामो समयसम्म आप्mनो सङ्क्रमण गुण कायम गरिरहन्छ । स्क्रब टाइफस सार्ने सुलसुले तापक्रम, आर्द्रता र खानाका लागि अत्यन्तै सुविधाभोगी हुन्छ र यसले आप्mनो लागि चाहिने सबै कुरा खोज्ने गर्दछ । धेरै मानिसमा एउटा जिज्ञासा हुन सक्छ– ‘के स्क्रब टाइफस सिजनल सङ्क्रमण हो ?’ अवश्य पनि यो सिजनल सङ्क्रमण नै हो । यसको सङ्क्रमण वर्षात्को समयमा ज्यादा देखा पर्दछ । यद्यपि जाडो महिनामा यसको सङ्क्रमण हुँदैन भन्ने होइन किनकि यसको सङ्क्रमण जाडो महिनामा समेत पाइएको छ । एशिया महादेशमा यसको सङ्क्रमण क्षेत्रलाई सुट्सुगामसी ट्रेङगल भनिन्छ जुन उत्तरमा उत्तरी जापानदेखि सुदूरपूर्वी रसिया, दक्षिणमा उत्तर अष्ट्रेलिया र पश्चिममा पाकिस्तानसम्मको क्षेत्रलाई भनिन्छ । दक्षिण–पूर्वी एशियाका प्रायः सबै देशहरुमा यसको सङ्क्रमण पाइएको छ । यो मुख्यतः नेपाल, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का तथा थाइल्यान्डमा पाइएको छ । गत वर्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाणित भएका आठजना बिरामीमध्ये आठजनाकै मृत्यु भएको थियो । यस वर्ष पनि नेपालमा यसको कारण दुईजनाको मृत्यु भइसकेको छ । सन् २००४ मा हफरनेच डिआर तथा अन्य रिसर्चरहरुले गरेको ८ सय ७७ जनाको सेरोजोली परीक्षणमध्ये ३.२ प्रतिशतमा स्क्रब टाइफस पोजेटिभ पाइयो । यसैगरी सन् १९८१ मा ब्रोन जी डब्लु तथा अन्य अनुसन्धानकर्ताहरुको अध्ययनले नेपालका तराईका जिल्लाहरु स्क्रब टाइफसको सङ्क्रमण हुने क्षेत्रका रुपमा जिल्लाहरु यसको सङ्क्रमण हुने क्षेत्रका रुपमा उल्लेख गरेका छन् । यसअघि पनि स्क्रब टाइफसका बिरामी नेपालका पूर्वी जिल्लाहरु भोजपुर, सङ्खुवासभा, धनकुटा, सिरहा तथा पश्चिमी जिल्लाहरु सिन्धुली, चितवन तथा काठमाडौँमा भेटिएका छन् । यो रोगको इनकुवेसन पिरियड १२ देखि २० दिनसम्मको अनुमान गरिएको छ । लक्षण तथा चिह्नहरु १. धेरै ज्वरो आउने, २. सुलसुलेले टोकेको ठाउँमा डाबर आउने र बीचमा कालो आउने ३. टाउको दुख्ने ४. मांसपेशी दुख्ने ५. खोकी लाग्ने ६.रक्तस्राव हुने ७. पाचन प्रणालीमा समस्या ८. श्वास–प्रश्वास प्रणालीमा समस्या ९. इन्ट्राभास्कुलर कोएगुलेसन १०. आँखाको सङ्क्रमण हुने ११. स्प्लिन सुन्निने १२. लिम्फ नोड सुन्निने १३. मायोकार्डाइटिस १४. सेता रक्तकोषको कमी निदान तालिम प्राप्त माइक्रोप्याथोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट तथा अन्य प्राविधिकहरुद्वारा सुविधा सम्पन्न प्रयोगशालामा यसको निदान गर्न सकिन्छ । उपचार स्क्रब टाइफसको उपचारका लागि केही एन्टिबायोटिक्सहरु प्रयोग गर्न सकिन्छ तर जति चाँडो रोगको निदान हुन सक्यो, त्यति नै उपयुक्त उपचार हुन सक्छ । माथि उल्लेखित लक्षण तथा चिह्नहरु देखा परेमा जतिसक्दो चाँडो नजिकको स्वास्थ्य संस्था तथा अस्पतालमा गई आवश्यक परामर्श लिनुपर्छ । जोगिने उपायहरु १. चाँडोभन्दा चाँडो रोगको निदान गर्नु २. जनस्वास्थ्य शिक्षा लिनु ३. मुसा नियन्त्रण कार्यक्रम गर्नु ४. झाडीहरु फाँड्ने ५. स्वस्थ्य व्यवहार विकास गर्ने ६. सन्तुलित भोजन खाने । (लेखक माइक्रोबायोलोजिष्ट हुन् ।)