शिक्षकमाथि हुने हिंसाको असर दूरगामी हुन्छ । सम्भाव्य हिंसाको डर अथवा असुरक्षा भावले गर्दा शिक्षकहरू शिक्षण क्रियाकलाप गर्दा आफैले आफ्नो विचार, भनाइ र स्वतःस्फुर्त हुने स्वतन्त्र क्रियाकलापलाई नियन्त्रण (सेन्सर) गर्न बाध्य हुन्छन् । विद्यालयमा शिक्षकमाथि हुने आक्रमण तथा हिंसात्मक घटना अन्य मुलुकमा जस्तै नेपालमा पनि नौलो छैन । केही दशकयता नेपालमा शिक्षकलाई विद्यालयमा विद्यार्थी, अभिभावक आदिले आक्रमण गर्ने, आरोप लगाउने, मानसिक तथा शारीरिक यातना दिने जस्ता क्रियाकलाप बढ्दै गएको पाइन्छ । शिक्षकमाथि भएका हिंसाका केही पछिल्ला उदाहरण हेरौं ।

crime

विद्यालयमा छोरो कुटिएको आरोपमा एक अभिभावकले विद्यालयमै आएर शिक्षकलाई कुटपिट गरेका छन् । भुल्के गाविसस्थित पञ्चकन्या उमाविका विज्ञान शिक्षक श्यामसुन्दर साहलाई धोद्लेखानी–३ का कृष्ण थापा मगरले पिटेका हुन् । कक्षा ९ मा पढ्ने छोरालाई साहले कुटेको आरोप मगरको छ । (स्रोतः पत्रिपत्रिका) हिंसाका कारण र परिणाम विगत एक वर्षमा सञ्चारमाध्यममा आएका समाचारको विश्लेषण गर्दा शिक्षकमाथि कुटपिट तथा हिंसा हुनुका प्रमुख कारण विद्यार्थीलाई चिट चोर्न नदिनु, व्यवस्थापन समिति वा प्रधानाध्यापकसँग विवाद गर्नु, विद्यार्थीलाई सजाय र यातना दिनु, कुनै निश्चित दलको पक्ष लिनु वा सहयोग गर्नु, चन्दा नदिनु, विद्यार्थीले भनेजति नम्बर नदिनु, विद्यार्थीले चुरोट–खैनी खाएको कुरा हेडसर वा अभिभावकलाई भनिदिनु आदि । शिक्षित समुदाय, त्यसमा पनि शिक्षकजस्तो समाजलाई मार्गदर्शन गर्ने वर्गमाथि यस किसिमका आक्रमण किन भइरहेका छन् त ? के यस्ता घटना विश्वमा अन्यत्र पनि हुन्छन् ? यस्ता घटना हुनु समाजको सामान्य संयोग मात्र हो या यसका केही महत्वपुर्ण कारण छन् ? यो महŒवपूर्ण प्रश्न हो । २०७२ जेठदेखि कात्तिकसम्म लेखक स्वयंले तराई र पहाडका विद्यालयहरूमा हुने हिंसासम्बन्धी अनुसन्धान गर्ने क्रममा भेटिएका केही तथ्य यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । अध्ययनबाट नेपाली समाजका खास गरी मधेशी, थारू आदि समुदायमा सामूहिक पहिचानको चेतनामा वृद्धि भएको देखियो । यसको फलस्वरूप ती समुदायमा आफ्ना भाषा, धर्म, परम्परा, भेषभुषा आदिप्रतिको माया तथा आकर्षण पहिलेको तुलनामा निकै बढेको छ । आफ्नो जातिको परम्परा र संस्कृति के हो, हामीले कसको पूजा गर्छौं, हाम्रो इतिहास, पुर्खा तथा थातथलो कहाँ हो भन्ने जस्ता विषयमा शिक्षक तथा विद्यार्थीमा समेत चेतना बढ्दै गएको छ । यो आपैंmमा एउटा उत्साहजनक पक्ष हो तर यसको उज्यालो पक्ष मात्र छैन । यसको अर्को पाटोमा के देखियो भने विद्यालयमा जातीय तथा क्षेत्रीय विषयमा विभाजन पनि बढ्दै गएको छ । सामुदायिक सहभाव, एकता तथा द्विपक्षीय सहकार्य कमजोर हुँदै गइरहेको देखिन्छ । कृषिमा रहेको निर्भरता बिस्तारै कम हुँदै जानु, वैदेशिक रोजगारीका कारण समाजका सबै वर्गमा आम्दानीको उपलब्धता बढ्नु र एक पक्षको वर्गीय, क्षेत्रीय वा जातीय बोलवाला कम हुँदै जानु आदि यसका कारक हुन् । तर यस विषयमा विस्तृत अध्ययन आवश्यक देखिन्छ । अध्ययनका क्रममा जातीय तथा क्षेत्रीयतावादी सोच कतै बढी र कतै कम पाइयो । तर पनि यसले हाम्रो समाज र विद्यालयमा महत्वपूर्ण विषयको रूपमा प्रवेश पाइसकेको छ । समाजमा रहेका विविध भाषाभाषी, जातजाति र कुनै खास क्षेत्रमा बसोबास गर्ने समूहबीचको सम्बन्ध पहिलेभन्दा तरल भएको छ । साथै क्षेत्रीय र साम्प्रदायिक सोचमा महसूस गर्न सक्ने गरी उल्लेख्य मात्रामा वृद्धि भएको छ । यसै सन्दर्भमा गरिएको छलफलमा एक शिक्षकले भन्नुभयो, ‘पहिले गाली गर्दा वा सजाय दिँदा विद्यार्थीको उमेर र लिङ्ग मात्र हेरे पुग्थ्यो, अहिले ऊ कुन क्षेत्र र समुदायको हो भनेर हेर्नु पनि अनिवार्य भएको छ । किनभने अहिले कक्षामा हुने सानो घटनाले सजिलै क्षेत्रीय वा साम्प्रदायिक रूप लिन थालेको छ ।’ काभ्रे र ललितपुरका शिक्षकले पनि यस्तै प्रकारको विचार राखेको पाइयो । यसबाट के देखिन्छ भने सामुदायिक पहिचान तथा साम्प्रदायिक सोच विद्यालयभित्र मौलाउँदै गएको छ । कतै यो निकै कम मात्र होला भने कतै बढी । यस्ता सोचले शिक्षकलाई के फरक पार्छ त ? आफ्नो नाम नछाप्ने शर्तमा तिनै शिक्षकमध्येका एकजना भन्छन्, ‘आजभोलि कक्षामा एउटा समुदायका विद्यार्थी कक्षाको एउटा लहरमा र अर्को समुदायका अर्को लहरमा बस्न थालेका छन् । उनीहरूलाई आफ्नै समुदायका शिक्षकले तह लगाए भने सक्छन्, अन्य समुदायको शिक्षकलाई त उनीहरूले टेर्दै टेर्दैनन् । पहिला विद्यार्थी हामीसँग डराउँथे, अहिले हामी उनीहरूसँग डराउनुपर्छ । अझ, यदि बलियो समुदायको विद्यार्थी छ भने उसलाई सकेसम्म नचलाउनु राम्रो हुन्छ । त्यसमा पनि कक्षा ८ देखि १२ सम्मका किशोरावस्थाका विद्यार्थीबाट त झन् बढी खतरा छ ।’ यसरी विद्यालयमा शिक्षकले असुरक्षा महसूस गर्नुपर्ने अवस्था सिर्जना हुँदै जानु गम्भीर चिन्ताको विषय हो । जातीय, क्षेत्रीय र भाषिक आधारमा साम्प्रदायिक भावनामा वृद्धि हुँदै जानु झ्न् डरलाग्दो कुरा हो । यसलाई थप मलजल गर्ने अन्य तत्वहरू पनि विद्यालयमा छन् । जस्तैः विद्यालयमा हुने राजनीतिक हस्तक्षेप, विद्यालयको अपारदर्शी निर्णय प्रक्रिया, समाजमा खस्कँदै गइरहेको परम्परागत अनुशासन र मूल्य–मान्यता, विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीबीचमा आपसी एकताको अभाव तथा बढ्दो गुटबन्दी आदि । यसरी शिक्षकमाथि असुरक्षा बढ्दै गएको भए पनि यसको रोकथामका लागि कुनै प्रष्ट नीतिगत व्यवस्था भने गरिएको छैन । विद्यालयलाई हिंसाबाट मुक्त राख्नका लागि निर्माण गरिएका नीति तथा कार्यक्रमहरूले शिक्षक स्वयंलाई ‘सम्भावित पीडित’ भन्दा पनि ‘विद्यार्थीमाथि हिंसा गर्ने पीडक’ को रूपमा प्रस्तुत गरेका छन् । शक्ति सम्बन्धको हिसाबले यो धेरै हदसम्म सत्य पनि हो । बालमैत्री शिक्षण, भयरहित शिक्षण, विद्यालय शान्ति क्षेत्रजस्ता अवधारणाले विद्यार्थीलाई सिकाइको केन्द्रमा राख्ने र कुनै पनि किसिमको सजाय नदिईकन पठनपाठन गराउने लक्ष्य लिएका छन् । यसले विद्यार्थीमाथि हुने सम्भावित सबै प्रकारका हिंसालाई निषेध गर्ने लक्ष्य लिएको छ । तर ‘शिक्षकमाथि हिंसा हुन्छ’ भन्ने मान्यताबाट कुनै पनि नीतिगत व्यवस्था गरिएको छैन । शिक्षकमाथि हुने हिंसाको असर दूरगामी हुन्छ । सम्भाव्य हिंसाको डर अथवा असुरक्षा भावले गर्दा शिक्षकहरू शिक्षण क्रियाकलाप गर्दा आपैंmले आफ्नो विचार, भनाइ र स्वतःमहत्वपुर्ण हुने स्वतन्त्र क्रियाकलापलाई नियन्त्रण (सेन्सर) गर्न बाध्य हुन्छन् । एउटा क्षेत्री समुदायको शिक्षकले क्षेत्री विद्यार्थीद्वारा गरिएको उत्कृष्ट कामको प्रशंसा गर्दा अथवा यादव विद्यार्थी पहाडी शिक्षकलाई छाडी यादव शिक्षककोमा ट्युसन पढ्न जाँदा वा तामाङ समुदायको सञ्चालक समितिको अध्यक्षले तामाङ शिक्षकको समर्थनमा बोल्दा १५–२० वर्षअगाडि जुन अर्थ लाग्थ्यो, लगाइन्थ्यो अहिले त्यसको अर्थ बदलिएको छ । यसले शिक्षकलाई जुनसुकै क्रियाकलाप गर्दा पनि धेरैपटक सोच्न बाध्य पार्न थालेको छ । यसरी बढ्दो दवाबले गर्दा शिक्षकको स्वतन्त्रपूर्वक निर्णय गर्ने क्षमता घट्नुको अतिरिक्त विद्यार्थीको उचित मूल्याङ्कन गर्न र उनीहरूलाई अनुशासनमा राख्न कठिन हुन जान्छ । बलिया वर्ग वा क्षेत्रका मानिसहरूका सामु कमजोर वर्ग वा क्षेत्रका विद्यार्थी तथा शिक्षकले दबिएर बस्नुपर्ने अवस्था सिर्जना भएका प्रारम्भिक लक्षणहरू छिटफुट रूपमा देखिन थालिसकेका छन् । उदाहरणका रूपमा मधेशीहरूको बाहुल्य भएको स्थानको पहाडी शिक्षक र पहाडीको बाहुल्य भएको स्थानको मधेशी शिक्षकका अनुभव सुन्न सकिन्छ । यद्यपि सबैले आफ्नो कथा सहजै व्यक्त गर्दैनन् र सबैले समान रूपमा यस्ता अनुभव पनि नगरेका हुन सक्दछन् । तर पनि यस्तो भाव बढ्दै जानु शिक्षक, विद्यार्थी र समग्र समाजको लागि घातक कुरा हो । विद्यालयमा विद्यार्थी र शिक्षकमाथि हुनसक्ने सुरक्षा खतरा के के हुन सक्छन् भन्ने विषयमा व्यवस्थापन समितिमा छलफल हुनु आवश्यक छ । शिक्षकलाई सुरक्षाको अनुभूति गराउन तथा शिक्षाको माध्यमबाट सिङ्गो समाजलाई जोड्दै लैजाने हो भने विद्यालय प्रशासन, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरूको सयुंक्त प्रयास आवश्यक हुन्छ । चीन र एस्टरले ताइवानमा सन् २००९ मा गरेको एक अध्ययनले देखाए अनुसार विद्यार्थीले जब आपूmमाथि अन्याय, भेदभाव र शोषण भएको अनुभव गर्छ अनि उसले शिक्षकमाथि आक्रमण गर्दछ । यसैले विद्यालयमा विद्यार्थी र अन्य कसैले पनि आफूमाथि अन्याय भएको अनुभव गर्नु नपरोस् भनी सबै चनाखो हुनुपर्दछ । यदि शिक्षकले नै आपूmलाई असुरक्षित ठान्दछन् भने त्यस्ता शिक्षकले दिएको शिक्षाले समाजका कमजोरी घटाउन खासै योगदान दिन सत्तैmन । क्षेत्रीयता र साम्प्रदायिकता बढ्नु सभ्य समाजका लागि आपैंmमा खतरा पनि हो । यसलाई कम गर्न शिक्षकले महत्वपूर्ण योगदान गर्न सक्छ र त्यसो गर्नु उसको कर्तव्य पनि हो । तर यसका लागि समाजका अन्य पक्षले पनि आफ्नो भूमिका उत्तिकै जिम्मेवारीका साथ निर्वाह गर्न सक्नुपर्छ । राजनीतिक, जातीय, धार्मिक तथा क्षेत्रीय मुद्दालाई बाहिर राखेर विद्यालयलाई प्राज्ञिक स्वतन्त्रता दिनु ज्यादै आवश्यक छ । विश्वविद्यालयहरूले यस्ता विषयमा अध्ययन–अनुसन्धान गर्न प्रोत्साहन गर्न सक्छन् ।