[caption id="attachment_12481" align="alignleft" width="263"]
पार्वती सम्वाहाम्फे[/caption]
बालकको पहिलो विद्यालय भनेको नै उसको परिवार हो । जस्तो अभिभावक, उस्तै सन्तान । जस्तो शिक्षक, उस्तै विद्यार्थी । यो भनाइ सत्य हो । यस सत्यलाई प्रमाणित गर्नको लागि अभिभावक र शिक्षक बराबर जिम्मेवार हुन्छन् । अझ बढी जिम्मेवार अभिभावकले हुनुपर्छ किनभने बालबालिकाले सबैभन्दा बढी समय परिवारमै बिताउँछन् । उनीहरु बढी समय विद्यालयभन्दा परिवार र घरमनै रहने गर्दछन् । ज्ञान पनि बढी परिवारबाट नै प्राप्त हुने गर्दछ । तथापि आजको वैज्ञानिक शिक्षा भने विद्यालयबाट अपौचारिक तथा अनौपचारिक शिक्षा दुवै विद्यालयबाट प्राप्त हुने गर्दछ ।
यस प्रकारको आजको शिक्षा भनेको व्यावसायिक र वैज्ञानिक शिक्षा हो । त्यसमध्ये मन्टेश्वरी शिक्षा प्रणाली पनि एउटा महत्वपूर्ण वैज्ञानिक शिक्षा प्रणाली हो । यो शिक्षा प्रणालीको प्रतिपादक इटलीकी प्रथम चिकित्सक डा. मारिया मन्टेश्वरी हुन् । यस शिक्षण प्रणालीद्वारा बालबालिकाहरुलाई शिक्षण गराउँदा उनीहरुको सर्वाङ्गीण विकास हुने गर्दछ । यस शिक्षण प्रणालीमा बालबालिकाहरुको मनोभावना र व्यवहारलाई बुझेर उनीहरुलाई कुनै किसिमको शारीरिक र मानसिक तनाव नदिई आप्mना काम आपैंm गर्नुपर्छ । चञ्चल स्वभाव भएका नानीहरुलाई विभिन्न सामग्री प्रयोग गराउँदै एकात्मक चित्तको विकास र पाँचवटा चेतनाको विकासदेखि अभ्यास गराउने वैज्ञानिक शिक्षण प्रणालीको रुपमा यसलाई लिइन्छ ।
यस प्रकारको शिक्षण प्रणाली प्रयोग गरेर बालबालिकाका उमेरसमूहलाई आधार मानेर शिक्षण गराउनुपर्दछ । कुन उमेर समूहका बालबालिकाका लागि के कस्ता सामग्रीहरु प्रयोग गर्नुपर्दछ, यसबाट के कस्ता उद्देश्यहरु प्राप्त हुन्छन् र बालबालिकाले कसरी सिक्छन् भन्ने कुराको राम्रो ज्ञान अभिभावक–शिक्षकहरुमा हुनु आवश्यक छ । यसमा पनि हाम्रो देशमा चलेको मन्टेश्वरी शिक्षा भनेको ०–६ वर्ष उमेरका बालबालिकाहरुको हो । मन्टेश्वरी शिक्षण प्रणालीअनुसार मानिसको उमेर समूहलाई ०–३, ०–६, ६–९, ९–१२, १२–१८, १८–२४ मा विभाजन गरिएको छ ।
०–६ वर्ष उमेर भनेको मानव जीवनको सबैभन्दा महत्वपूर्ण उमेर अवस्था हो । यस उमेरका बालबालिकाहरुलाई शिक्षण गराउनको लागि शिक्षक–अभिभावकहरु दुवै सक्षम हुनुपर्दछ । ०–६ वर्ष उमेरका बालबालिकाहरुलाई शिक्षण गराउँदा धेरैभन्दा धेरै शैक्षिक सामग्री प्रयोग गर्नुपर्छ । यस्ता शैक्षिक सामग्रीहरु प्रयोग गरेर सिकाउँदा बालबालिकाहरुमा के कस्ता उद्देश्यहरु प्राप्त हुन्छन् ? कुन उमेरका बालबालिकाहरुलाई के–कस्ता अभ्यास गराउने ? यी समूहका बालबालिकाहरुलाई किन प्रत्यक्ष रुपमा जबर्जस्ती लेखाउनु र घोकाउनु हुँदैन भन्ने कुराहरुको ज्ञान अभिभावकहरुमा हुनु अत्यन्तै आवश्यक छ । यस उमेर समूहका बालबालिकाहरुलाई विकास गराउँदा कस्तो, कुन पक्षमा जोड दिनुपर्छ, मन्टेश्वरी शिक्षामा कसरी सिकाइन्छ आदि सम्बन्धी ज्ञान अभिभावकहरुमा हुनु आवश्यक छ । यसका लागि सरकार, विद्यालय र शिक्षकहरुले अभिभावकहरुलाई राम्रोसँग परामर्श गर्नुपर्दछ । अन्यथा मन्टेश्वरी शिक्षण पद्धति सफल पार्न विद्यालयलाई कठिनाइ हुन्छ । अभिभावकहरुमा वितृष्णा पैदा हुन्छ । मन्टेश्वरी विद्यालयबारे फरक–फरक दृष्टिकोण बजारमा छ ।
यसलाई खेलाउने, बच्चा स्याहार्ने, हेर्ने, बच्चा भुलाउने, राम्रोसँग हेरिदिने ठाउँको रुपमा मात्र कतिपयले लिन्छन् । अर्कोतर्पm मेरो नानी ल्याएको यतिका दिन भइसक्यो, केही पनि सिकेको छैन । मेरो नानीले केही जान्दैन इत्यादि गुनासाहरु धेरै अभिभावकबाट सुन्न पाइन्छन् । उसले किन जानेको छैन, अरु के–के सिकेको छ । यस्ता विषयलाई सुल्झाउन पनि अभिभावकले मन्टेश्वरी शिक्षा प्रणालीसम्बन्धी चासो राख्नु आवश्यक छ ।
(लेखिका धरान–१५ स्थित चिल्डेन्स हाउस मन्टेश्वरीकी प्रिन्सिपल हुन् ।)