धरान/राणाकालमै स्थापना भएको धरानको जेठो सार्वजनिक पुस्तकालय अद्यावधिक नहुँदा नियमित पाठक धरान–१६ का भीम पोखरेल पुस्तकालप्रतिको जनआर्कषण देख्दैनन् । भने जति पुस्तक नहुँदा पोखरेल जस्ता नियमित पाठकहरु निराश छन् । [caption id="attachment_12660" align="alignnone" width="800"]lybrary फाइल तस्बिर[/caption] ‘नियमित पढ्ने पाठक १०–१२ जना मात्रै पुग्छौं ।’ उनी भन्छन् ‘अद्यावधिक नहुँदा पुस्तकालयप्रति जनआर्कषण नै देखिदैन् ।’ अद्यावधिक नभएको कारणले जनआर्कषण नभएको हाकाहाकी बताउँने उनी पुस्तकालयमा विविधता थप्नु पर्ने तर्क राख्दै भन्छन् ‘साहित्यप्रधान पुस्तकहरु एकदमै कम हुँदैछन् । नयाँ पुस्तकहरु जे खोज्यो, धेरै पुस्तक भेटिदैन् ।’ उनले रुपरेखा, गरिमा जस्ता साहित्यिक पुस्तकहरु नदेखेको वर्षौ भइसक्यो । अर्का नियमित पाठक धरान–१५ का सुबोध बास्तोलाको पनि बिचार उस्तै छ । पुस्तकालय चहार्ने दैनिक ३० जना पनि मुस्किलले पुग्दैनन् । सोधीखोजीको लागि पुग्नेहरुसमेतले खातामा नाम लेख्दा त्यो संख्या पुग्छ । पुस्तकालय पुग्नेहरु विशेष गरी पत्रिका पढ्नेहरु मात्रै हुन्छन् । साहित्य, आख्यान, अन्य विभिन्न भाषाका पुस्तकहरु पढ्नेको संख्या एकदमै न्युन हुने गरेको छ । पत्रिकामा घोत्लिएका बास्तोलाले भने ‘जति अपडेट हुनु पर्ने हो त्यो छैन् । सिस्टम पुरानै छ ।’ उनलाई लाग्छ ‘समय अनुसार परिस्कृत हुँदै जानु पर्ने हो । त्यो हुन नसक्दा पाठकको आर्कषण घटेको हो ।’ अर्का पाठक पोखरेल थप्छन् ‘बरु पत्रिका पसलमा पाठकहरु धेरै हुन्छन् । पुस्तक पढ्ने धरानका एलिट समुदायका देखिदैनन् ।’ २००४ सालमा स्थापना भएको यो सार्वजनिक पुस्तकालयमा ४ हजार ४ सय ११ वटा नेपाली पुस्तकहरु छन् । ७ सय ९ वटा हिन्दी पुस्तक छन् भने एकहजार पाँचसय ५९ वटा अंग्रेजी पुस्तकहरु छन् । त्यसमध्ये अधिकांस पुराना पुस्तकहरु छन् । ‘चल्तीका किताव खोज्छन् । चल्तीको किताव नहुँदा केही गाह्रो हुन्छ ।’ कर्मचारी भोलानाथ महत पुस्तकालयको पीडा सुनाउँछन्, ‘खोजेको पुस्तकहरु नाम टिप्यो अनी धरान उपमहानगरपालिकामा पेश गर्छाैं । तर, बजेट छैन भन्दै पन्छाउछन् ।’ धरान उपमहानगरपालिका मातहतमा रहेको यो सार्वजनिक पुस्तकालय त्यसअघि नगर पञ्चायतले नै चलाउँथ्यो । कुनै बेला सबैको आर्कषणको केन्द्र रहेको यो पुस्तकालय अहिले भने पत्रिका पढ्ने थलो मात्रै भएको छ । यस कुरालाई धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राईसमेत स्वीकार्दै भन्छन्, ‘किताब भन्दा पनि पत्रपत्रिकाहरु मात्रै पढ्न आउने देखिन्छन् ।’ दैनिक पत्रिकाहरुमा पनि गोरखापत्र नआएको झण्डै एक महिना भइसकेको कर्मचारी महतले बताए । विभिन्न क्षेत्रका पुस्तकहरु नहुँदा पाठकहरुलाईसमेत आर्कषण गर्न सकेको छैन् । पाठक बास्तोलाले पुस्तकालय सम्बन्धी तालिम प्राप्त मान्छे नभएको कारण पनि पुस्तकालयमा कस्ता पुस्तकहरु ल्याउने भन्ने विषयमा ज्ञान नभएको हुन सक्ने बताए । ‘तालिम प्राप्त मान्छे नभएर पनि समस्या भएको होला ।’ उनी भन्छन् । पुस्तकालयमा स्थापनाकालदेखि हालसम्म करिव ३ सय जति सदस्यता लिएर पुस्तक पढ्नेहरु छन् । त्यसमध्ये नविकरण गरेर अध्यापन गर्नेहरु मात्रै ५० को हाराहारीमा भएको कर्मचारीहरु बताउँछन् । धरान उपमहानगरपालिकाले पुस्तकालयको लागि २ लाख रुपैया बजेट छुट्याउने गरेको दाबी गरेको छ । तर, दुईलाख रुपैया बराबरको पुस्तकहरु त्यहाँ आउँछन् आउँदैनन् त्यो भने कर्मचारीसमेत अनभिज्ञ छन् । ‘बार्षिक २ लाख बजेट छुट्न्छि ।’ धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राई भन्छन् ‘तर, ठाउँहरु अपुग्दो भएकाले राम्रोसँग व्यवस्थित गर्न सकिएको छैन् ।’ उनका अनुसार त्यसलाई पुस्तकालयको रुपमा मात्रै नभई नगरको सूचना केन्द्रको रुपमा विकास गर्न लागिरहेको छ । उनले नयाँ पुस्तकहरुको कमी भएको कुरालाईसमेत स्वीर्काछन् । ‘पाठक रुची अनुसार किताव किन्न सकेको छैनौं । त्यस्तो खाल्को सुझाव आएमा हामी किताब ल्याउँछौं ।’