[caption id="attachment_5226" align="alignleft" width="150"]Arun Kumar Shing_Dr Arun Kumar डा.अरुणकुमार सिंह[/caption]

आज सेप्टेम्वर २८ बुधवारको ’रेविज विरुद्धको दिवस’ को दिन हो !यस वर्षको ’रेविज विरुद्धको दिवस’को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । म बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा बालरोग विशेषज्ञ को पदमा कार्य गरि रहेको छु ,हरेक हप्ता ३ (४ बाल बालिका लाई घरपालुवा पशु कुकुर टोके पछि इलाज को लागि म कहाँ आउने गर्छ !प्रोफसर डा.गौरी शंकर शाह हाम्रो बालरोग विभाग को प्रमुख बाल बालिका को लागि उपचार को लागि हर सम्भाव सहयोग गर्नु हुन्छ ! आज ’रेविज विरुद्धको दिवस’ तसैले ब्लास्ट पाठक लाई यो रोग बारे मा जानकारी दिन परियास गर्दछु ! सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै स्( स्याल, ब्वाँसो, फ्याउरोआदी जनावरहरूमा उत्पन्न हुन्छस घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ। यो रोग प्रायशस् कुकुरको टोकाइबाट मानिसमा सर्छ। डब्लूएचओका अनुसार, रेबिजले विश्वभर बर्से्नि ५५ हजार व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा करिब ८० प्रतिशत कुकुरले टोकेका र ३ देखि ५ प्रतिशतसम्म स्याल लगायतका जनावरको टोकेका हुने गरेका छन् ।यो भ्याक्सिन शंकास्पद जनावरले टोकेकाहरूलाई सरकारी स्वास्थ्य निकायका माध्यमले पाँच मात्रा र कसैकसैलाई सात मात्रा निःशुल्क लगाइने गरिएको छन् । मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुरा कुन जनावरले टोेकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ ।रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरू सँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ। रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ। रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ।रेबिज रोग लागेको मान्छे पानीवाट डराउँछ। रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ। लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् । पहिलो अवस्था( टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना(तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् । दोस्रो अवस्था( चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग र जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन । तेस्रो अवस्था( र्रुयाल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हँदै मृत्यु हुन्छ । रेबिज रोगको असर दिमागमा पर्छ। यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ। तपाई(हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक देखिन्छ । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छौं, तसर्थ ध्यान पुर्याउन जरुरी छ । लेखक धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानाक बाल रोग बिषेशज्ञ हुन