marrige-1462389146काठमाडौं /  नेपाल बाल मजदुर सरोकार केन्द्र सिविनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बङ्गलादेश र भारतपछिको सबैभन्दा बढी बालविवाह हुने देशको रुपमा नेपाल रहेको छ । नेपालमा ३७ प्रतिशत विवाह १८ वर्ष नपुग्दै र १० प्रतिशत विवाह १५ वर्ष नपुग्दै हुने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा बालविवाहलाई गैरकानुनी र दण्डनीय मानिएपनि बालविवाह हुने क्रम भने नरोकिएको सिविनले उल्लेख गरेको हो । नेपालले २० वर्ष उमेर पुगेपछिको विवाहलाई मात्र मान्यता दिएको छ । नेपालले सन् २०३० सम्ममा नेपालमा बालविवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ । सिविनको प्रतिवेदन अनुसार नेपालमा बालिका साक्षरताभन्दा बालकको साक्षरता दर उच्च रहेको छ । यसरी हेर्दा नेपालमा अभैm पनि छोरा र छोरीमा फरक गरिने वा छोरीलाई विद्यालयसम्म नपठाउने चलन रहेको देखिन्छ । बालिकाहरुले आफ्नै घरपरिवारबाट दुव्र्यवहार पनि बेहोर्नु गरेको देखिएको छ । एक सयजना बालिकामध्ये २४ जनाले आफ्नै परिवारको सदस्यबाट दुव्र्यवहार भोग्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा १६ लाख बालबालिका विभिन्न प्रकारको श्रममा संलग्न छन् । उनीहरुमध्ये ६ लाख २० हजार बालबालिकाले जोखिमपूर्ण श्रम गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । एक सयजना बालिकामध्ये ३८ जना बालिकाले जोखिमपूर्ण श्रम गर्ने गरेका छन् । खुला सिमानाका कारण विभिन्न बहानामा बालबालिकाको ओसारपसार हुनेपनि प्रतिवेदनमा उल्लेख छ । एकदेखि दुई हजार नेपाली बालबालिका नेपाल र भारतका विभिन्न स्थानमा सर्कसमा काम गर्दछन् भने त्यसमध्ये ९० प्रतिशत घरबाट ओसारपसार तथा बेचबिखनमा परेका छन् । एक सय जनामा ९५ जना बालिका आÏनै घर, स्कुल, कार्यस्थल वा अन्य स्थानमा कुनै न कुनै प्रकारको यौनशोषणमा पर्ने गरेका छन् ।