cover ekshaजिन्दगी जिउने कला (आर्ट अफ लिभिङ) को महत्व र त्यसको जीवन्तताको विषयमा अनुभूतिहरु मैले यहाँ पस्कने जमर्को गरेकी छु । आहा ! कस्तो अनौठो संयोग ? मेरो जीवनमा सर्वथा नवीन र रश्मिमय घाम उदाएको दिन म भावुक नभइरहन सकिन । ‘आमा चन्द्रकुमारी प्रधान स्मृति पुरस्कार’ बाट आपूm सम्मानित हुँदा म + २ पढ्दै गरेकी छात्रा, विजयपुर एफ.एम. मा समाचार वाचिकाको रुपमा सङ्घर्ष गर्दैगरेको अवस्था मैले सोच्दै नसोचेको वातावरण घटित हुँदा निश्चय जोकोही पनि फुरुङ्ग भएर रमाउँछ र जिन्दगीप्रतिको, समाजप्रतिको र सिङ्गै देशप्रतिको कर्तव्यबोध गराउँदो रहेछ भन्ने कुरा आत्मसात गर्नुको विकल्प छैन मसँग यतिबेला ।

म के लेखौं ? कहाँबाट शुरु गरौं ? र अन्त्य कहाँ गरौं ? प्रश्नहरु अनुत्तरित छन् । तर यो विषयमा केही लेखिएन भने निश्चितै रुपमा आयोजकप्रति, समाजप्रति र आपैंmप्रति पनि अन्याय हुने ठानेर मनभित्र उठेका कौतुहलताका ‘टाइफन’ हरुलाई शब्दरुपी छालहरुमा रुपान्तरित गर्ने दुस्साहस गरिरहेकी छु ।महेशकुमार प्रधान र अञ्जु प्रधानलाई म ‘स्यालुट’ गर्न चाहन्छु । आप्mनी ममतामयी माताको सम्मानमा प्रधान दम्पत्तिले जुन अनुकरणीय काम गर्नु भएको छ, त्यो अत्यन्तै सराहनीय छ । ममतमयी माताप्रतिको कत्रो श्रद्धा सम्मान र कति धेरै प्रेम ?वास्तवमा आमा शब्दले कति महानता बोकेको छ, कति धेरै पवित्रता बोकेको छ ।

एउटा सन्तानको लागि आमाले कति दुःख, कष्ट र हण्डरहरु खाएकी छन् भन्ने कुराप्रति कहिलेकाहिँ हामी नजरअन्दाज गर्न पुग्छौं, तर आमाको महानता यतिमा मात्रै खुम्चिन सक्दैन । वास्तवमै आमा अहिले सरस्वतीको रुपमा, कहिले लक्ष्मीको रुपमा त कहिले रणचण्डीको रुपमा प्रकट हुन्छिन् सन्तानको भलाइका लागि ।तर हाम्रो समाजमा अभिसारिकाको स्वरुप मात्रै किन ग्राह्य छ ? आमाको, जननीको, आप्mनो सम्पूर्ण पीडा, व्यथा र कष्ट लुकाएर अन्ततः पारिवारीक सुख, शान्ति र समृद्धि दिने ममतामयी माताको स्वरुप किन ओझेलमा परिरहेको छ ? यी र यस्ता अहम् सवालहरुप्रति आजको समाज किन सम्वेदित हुन सक्दैन भनेर आफूलाई चेतनशील प्राणी मान्ने हरेकले सोची दिउन् भन्ने मेरो झिनो आग्रह हो ।

जन्मजननीको सवालमा यस्ता विहंगम समस्याहरुको निकास निकालेर मार्गदर्शन गर्नुनै चेतनशील मनुवाहरुको दायित्वभित्र पर्नु पर्दछ भन्ने मेरो मनसुवा पनि हो । सन्दर्भ हो, असोज ९ गतेका दिन अपूर्व अटुट एवं गौरवमय गरिमाबाट अभिभूत माता चन्द्रकुमारी प्रधानको चौथो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा मेरा अग्रज दाइ भोजराज श्रेष्ठसँगै आयोजकले मलाई पनि सम्मान गरेको थियो, तर मेरो सम्मानलाई लिएर सामाजिक सञ्जालहरुमा विभिन्न टीकाटिप्पणीहरु देखिए । धेरै शुभचिन्तकले शुभकामना पस्किए भने ईष्यालु मनोभावका महोदयहरुले इष्र्याजनित कृत्य समेत ओकले ।सत्य हो, म पत्रकारितामा मात्रै हैन समाजको हरेक पाटोलाई हेर्न, पढ्न र बुभ्mन लालायित छु र, क्रमशः त्यसलाई निखन्ने कोशिसमा छु ।

यस अर्थमा म अहिले क, ख, ग सिक्ने यत्नमा अहोरात्र लागेकी छु । मेरो यही इमान्दार कोशिस, कामप्रतिको सक्रियताको मूल्याङ्कन गरेरनै प्रोत्साहनवापत् मलाई आयोजकले सम्मान गरेको कुरा म यहाँ त्यस्ता दम्भीहरु (जसलाई अरुको सुकृति स्वीकार्य हुँदैन) लाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । र, अन्त्यमा साफो कलस नामका एकजना जर्मन विद्वानले लेखेका छन्, ‘ईश्वरले त्यस्ता मान्छेलाई कहिल्यै सहायता गदैनन्, जो अल्छी छ, अर्काको बढी निन्दा, चियोचर्चा गर्छ र सकारात्मकभन्दा नकारात्मक कुरा गर्नमा आप्mनो बहादुरी ठान्छ ।’ वास्तवमै हो, सकारात्मक सोचले नै व्यक्तिलाई सृजनशील बनाउँछ, सृजनशीलतानै जीवनलाई मार्गप्रशस्त गर्ने अस्त्र हो, त्यसैले ‘बाँदरले आप्mनो घर पनि बनाउँदैन र अरुले बनाएको घर पनि उसले देखिसक्दैन’ भन्ने उखान चरितार्थ गर्न उद्दत बाँदरे प्रवृत्तिलाई सत्मार्ग पहिल्याउन र सुसभ्य बन्न तागेरा नुमाफुङले सद्बुद्धि प्रदान गरुन् भन्ने मेरो हार्दिक कामना छ ।