dhankuta-hospitalधनकुटा/धनकुटा जिल्ला अस्पतालमा उपचार गर्न आएका सेवाग्राहीले समयमा उपचार नपाएको भन्दै बुधबारअस्पतालको ओपिडी सेवा दुई घण्टा बन्द गरेका छन् । सेवाग्राही र डाक्टरबीच सेवा लिने र दिने विषयमा विवाद भएपछि २ घण्टासम्म जिल्ला अस्पताल क्षेत्रमा तनाव भएको थियो ।

सरकारी अस्पतालमा ओपिडी सेवा १० देखि ५ बजेसम्म सञ्चालन हुन नसकेको भन्दै बिरामीका आफन्तले विरोध जनाएका थिए । उपचारका लागि घण्टौं कुर्दा पनि डाक्टर नभेटिएको उनीहरुको गुनासो छ । उनीहरुले बिरामीको उपचारमा चिकित्सक गम्भीर हुनुपर्ने लगायतका माग राखेका थिए ।दुई घण्टाभन्दा बढी अस्पतालको ओपिडी सेवा बन्द भएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश न्यौपानेको निर्देशनमा आगामी दिनमा ओपिडी सेवा सञ्चालन गर्दा डाक्टरले खाजा खान पालो गरेर जाने, सेवाग्राहीसँग मुस्कानसहितको मिजासिलो सेवा दिने शर्तमा सहमती भएको छ ।

जिल्ला अस्पतालका प्रमुख डा. मदन उपाध्यायले आगामी दिनमा सेवाग्राहीसँग त्यस्तो खालको व्यवहार नहुने समेत बताए ।दुई दिनदेखि रगत जाने बिमारले च्यापेपछि उपचार गराउन आएकी पाख्रीवास नगरपलिका–८ घोर्लिखर्ककी पुष्पकुमारी कोइरालाले पुर्जी काटेको २ घण्टासम्म पनि उपचार नपाएको बताइन् । उनले जिल्ला अस्पतालमा आएर ११ बजे पुर्जी काटेर ओपिडी सेवामा जँचाउन लाईनमा बसेको अवस्थामा साढे १२ बजे सबै डाक्टर ओपिडी सेवा बन्द गरेर खाजा खाना गएपछि समयमै उपचार गर्न नपाएको गुनासो गरिन् ।यसैगरी धनकुटा–७ की ८४ वर्षीया डम्बरकुमारी सुवेदी मङ्गलबार बेलुकादेखि पिसाब रोकिएपछि उपचार गर्न बुधबार बिहान साढे ११ बजे जिल्ला अस्पतालमा उपचार गराउन आएको बताइन् । पुर्जी काटेर उपचार गर्न लाईनमा बसेको २ घण्टा बित्दा पनि डाक्टर नआएपछि आपूm बिरामले झन् पीडित भएको बताइन् । त्यसो त धनकुटा आँखिसल्लाकी ७२ वर्षीया हर्कमाया राई पनि एक सातादेखि दमको रोगले चापेपछि उपचार गर्न बुधबार जिल्ला अस्पताल आएकी थिइन् । उनले उपचार गरेर घर जाने समय बित्नलाग्दा समेत उपचार नपाएको बताइन् ।दमको रोगले पीडित राईले साढे १० बजे पुर्जी काटेर डाक्टरलाई देखाउन पाएपनि साढे तीन बजे मात्र रिपोर्ट आउने बताएपछि घर पुग्न नसक्ने अवस्थामा पुगेको बताएकी थिइन् ।

[caption id="attachment_17350" align="aligncenter" width="1024"]? ?[/caption]

यसैगरी पाख्रीवास–१२ फलाँटेकी सुमित्रा मगरले आफ्नो डेढ वर्षकी छोरी २ दिनदेखि बिरामी भएर अस्पतालमा आएको तर लाइन लागेको २ घण्टा आधा बित्दा पनि उपचार नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताइन् । उनीजस्ता बुधबार जिल्ला अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या एक सय ५० को हाराहारीमा थियो ।सेवाग्राहीले समयमा सेवा किन पाएनन् भनेर ओपिडी सेवामा कार्यरत डा. हेम गौतमलाई ब्लाष्टले प्रश्न गर्दा आपूmहरुको हरेक दिन १२ः५० बजेदेखि २ बजेसम्म खाजा खाने छुट्टी हुने बताए । आपूmहरुले छुट्टीको समयमा कसैको पनि उपचार नगर्ने उनको भनाइ थियो ।

गौतमले ओपिडी सेवामा बुधबार काम गर्न डा.चुन्नु दर्नाल, डा. विवश पराजुली र आपूm गरी तीनजना रहेकोमा डा.पराजुली लोकसेवामा एचएको अन्तर्वार्ता लिन गएको बताए । उनले डा. पराजुली नभएपछि आपूmसहित दुई जनाले ओपिडिमा सेवा दिइरहेको बताए ।साढे १२ बजेदेखि २ बजेसम्म एकजना पनि डाक्टर ओपिडी सेवामा देखा नपरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको पाँचथरको मौवा आङ्नाबाट ज्वरोको उपचार सेवा लिन आएका कमल अधिकारीले बताए । यसैगरी झाडा पखालाले पीडित अर्का सेवाग्राही धनकुटा मुढेवासका केसर तुम्साले पनि आपूm पेट लागेर जान लाग्दा पनि ओपिडीमा डाक्टर नदेखेको र डक्टर खोइ भनेर सोध्दा डाक्टरले घरघरै उपचार गर्न आउनु पर्ने हो भन्दै मुखमुखै लागेकाले आन्दोलन गर्नुपरेको बताए ।