masuभारतबाट प्रकाशित सरिता पत्रिका फरवरी (प्रथम) सन् १९८५ मा सफरगंज अस्पतालका तान्त्रिक विज्ञान (युरोलोजी), विभागका अध्यक्ष डा. दीपचन्द्र जैनसँग लिएको भेटवार्ता प्रकाशित भएको थियो, जसमा डा. जैनले भनेका छन्, ‘मांसाहारको कारण फैलिने रोगलाई जेनोसिस भनिन्छ । जेनोसिस रोगहरु लगभग १ सय ५० प्रकारका छन् । यीमध्ये धेरैजसो रोगहरु यस्ता छन् । जसको विश्वका कुनै पनि देशमा उपचार छैन ।’ उनी अगाडि भन्छन्, ‘म तान्त्रिक विज्ञानको चिकित्सक हुँ । मैले करीब एक वर्षबाट ती रोगीहरुको गहिरो अध्ययन गरें जो मसँग अस्पताल आउँथे । यसबाट यो निष्कर्षमा पुगें कि मांसाहारी रोगीहरु मानसिक रोगबाट बढी पीडित थिए । मिर्गीका रोगीहरुको सम्बन्धमा यो कुरा विशेष रुपमा देख्न पाइयो कि मांसाहारीहरु पत्थरी, मोटाउने, ठूलो आन्द्राको क्यान्सर, पक्षाघात र बाथजस्ता रोगहरुको निकै छिटो शिकार हुन्छन्, साथै उनीहरुलाई पेटसम्बन्धी रोग पनि धेरै हुन्छ ।’ उनी भन्छन्, ‘हाम्रो भोजनमा आहारीय रेशाहरु (डायटरी फाइबर) को निकै महत्व हुन्छ शाकाहार अर्थात् वनस्पतिमा यी रेशाहरुको कमीको कारणले मांसाहारी मानिसहरु क्यान्सर र अन्य रोगहरुबाट बढी पीडित हुन्छन् ।’आजभोलि भोजनको गुणधर्म एवम् मानव शरीरको साथ त्यस भोजनको सकारात्मक एवम् नकारात्मक पक्षका बारे अनुसन्धान गरिरहेका भोजन विशेषज्ञहरु र पोषणशास्त्रीहरु भन्दछन्–‘मांसाहार पोषणको दृष्टिले होस् या पाचन एवम् मल निष्कासनको दृष्टिले प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछ । प्रोटिनको दृष्टिले मांसाहार उत्तम हो भनेर पहिले भने पनि अब यथार्थता छर्लङ्ग भएको छ । मांसाहारभन्दा दाल वर्गमा अत्यधिक प्रोटिन पाइन्छ साथै मांसाहारबाट प्राप्त प्रोटिनभन्दा दाल वर्ग या गेडागुडीबाट प्राप्त प्रोटिन सुपाच्य हुन्छ । दाल वर्गबाट प्राप्त प्रोटिनले भन्दा मांसाहारबाट प्राप्त प्रोटिनले युरिक एसिडलाई शरीर वृद्धि गर्न बढी सहायता पु¥याउँछ । यसको असरले घुँडा दुख्ने, जोर्नीहरु दुख्ने, मुत्ररोग एवम् रक्त विकार जस्ता रोगहरु पैदा गर्दछ । दाल वर्गको अपेक्षा मांसाहारले शरीरमा अम्लीय तत्वलाई अत्यधिक बढाइदिन्छ, साथै मांसाहारमा अनेक हानिकारक तत्वहरु पाइन्छ, जसले शरीरमा सङ्कटावस्था पैदा गर्दछ ।’भोजन विज्ञानको दृष्टिमा प्रोटिनलाई त्यसमा पाइने पोषक तत्वको आधारमा दुई भागमा बाँडिएको छ । जसलाई पूर्ण प्रोटिन र अपूर्ण प्रोटिन भनिन्छ । पूर्ण प्रोटिनको अलावा आवश्यक अनुपातमा भिटामिन, खनिज लवण र चिल्लोको मात्रा पनि रहेको हुन्छ भने अपूर्ण प्रोटिनमा भिटामिन, खनिज, लवण र चिल्लो नाममात्र रहेको हुन्छ । मांसाहारमा अत्यधिक खाइने भाग मांसपेशी हो जो अपूर्ण प्रोटिनको श्रेणीमा पर्दछ । वनस्पतिजन्य प्रोटिन या गेडागुडीहरुबाट प्राप्त प्रोटिन ९५ प्रतिशत पच्दछ भने मांसाहारको ५० प्रतिशत प्रोटिन पनि पचाउन गाह्रो हुन्छ । मांसाहारकै प्रसिद्ध वर्ग अण्डा हो जसले कोलेस्टेरल अत्यधिक बढाउनुका साथै आन्द्रा सड्न मद्दत गर्छ । यो अण्डाको सेतो भागको प्रत्यक्ष असर हो । मांसाहारको बेफाइदा र शाकाहारको फाइदाबारे वैज्ञानिक विश्लेषण गर्दा एउटा पुस्तक लेख्नुपर्ने हुन्छ । मांसाहारले शारीरिक रुपमा मात्र हानि गर्ने नभई मानसिक सन्तुलनलाई पनि बिगार्दछ । मांसाहारमा रेशाको अभावको कारण आन्द्रामा मलको गति शून्यता पैदा हुन्छ, जसले गर्दा कब्जियत हुन जान्छ । मांसाहार त्यसमा पनि अत्यधिक रुपमा गर्नेहरुमा ९९ प्रतिशत मानिसहरु जीर्ण कब्जियतबाट पीडित पाइन्छन् । यदि कसैले प्रतिदिन या हप्तामा चार दिन मांसाहार गर्दछ र २४ घण्टाभित्रमा २ सय ग्राम भन्दा बढी मासु खान्छ भने त्यो मानिस कब्ज मात्र नभई पाचनतन्त्र, रक्त आमन्त्रण गर्दछ । सुँगुर, बंगुर जस्ता जनावरको मासुमा अनेकौं कृमिहरु पाइन्छन्, त्यसमध्ये पनि प्रमुख ट्रिटिकोनिस हो, जो मासु पकाउँदा पनि साधारण रुपमा मर्दैन । यसले शरीरमा स्नायुसम्बन्धी रोग पैदा गर्दछ । मानिसहरुमा यो भ्रम छ कि, मांसाहारले शक्ति दिन्छ र शारीरिक विकास हुन्छ । उनीहरुले यो जान्न निकै जरुरी छ कि संसारको जलमा बस्ने ठूलो प्राणी ह्वेलमाछा या जमिनमा बस्ने ठूलो प्राणी हात्ती, गैंडा जस्ता ठूला र शक्तिशाली प्राणीहरु शाकाहारी नै छन् । उनीहरुको वृद्धि र शक्ति शाकाहारकै कारण भएको हो । मांसाहारीहरु हिंस्रक हुन्छन् जसले गर्दा विभिन्न दुर्घटनाहरु हुने गर्दछन् । मांसाहारीहरुमा प्रेम र करुणा हुँदैन, त्यसैकारण मांसाहारी जीवहरुले भोक र प्यासको विषम स्थितिमा आफ्नै बच्चालाई पनि खाइदिन्छन् । यसको प्रत्यक्ष उदाहरण बाघ, सिंह, चितुवा, वन बिरालोहरुमा देख्न पाइन्छ, तर शाकाहारी प्राणीहरु जस्तै गाई, भैसींहरुले जति भोक प्यासको विषम स्थितिमा पनि आफ्ना बच्चाहरुलाई चाटिरहन्छन्, माया दिइरहन्छन् । यसको प्रमुख कारण उनीहरुको भोजन हो । हरियो पात खाने कीराको रङ पनि हरियो नै हुन्छ । जस्तो खायो अन्न उस्तै बन्यो मन भन्ने उखान टुक्काहरुले त यो कुरा धेरै अगाडि बताइसकेको छ । अब आधुनिक विज्ञानले पनि मस्तिष्कमा निस्कने न्यूरोट्रान्समिटर नामक पदार्थको खोज गरेर यो निष्कर्षमा पुगको छ कि – भोजनको प्रभाव शरीरको धरातलमा मात्र होइन, मानसिक धरातलमा पनि पर्दछ । न्यूरोट्रान्समिटर नामक यस पदार्थले आफ्नो प्रभाव मस्तिष्कमा अलग अलग किसिमले प्रकट गर्दछ । यी न्यूरोट्रान्समिटरहरुमा कुनैले मस्तिष्क कोषिकाहरुलाई उत्तेजित गर्दछन् भने कुनैले शान्त गर्दछन् । मानिसले भोजन गरेपछि मस्तिष्कमा भोजन अनुरुप न्यूरोट्रान्समिटर निस्कन्छ र अलग अलग किसिमले शारीरिक एवम् मानसिक क्रियामा प्रभाव पार्दछ । यदि भोजनमा कार्बाेहाइड्रेट र भिटामिनको मात्रा धेरै छ भने मानिस शान्त हुन्छ र यसको ठीक उल्टो यदि भोजनमा प्रोटिन र माछा मासु बढी भएमा मानिस अशान्त हुन्छ । जुन न्यूरोट्रान्समिटरले मस्तिष्कलाई उत्तेजित गर्दछ त्यसलाई एक्साइटेटरी न्यूरोट्रान्समिटर भनिन्छ । जुन न्यूरोट्रान्समिटरले मस्तिष्कमा शान्ति उत्पन्न गर्दछ त्यसलाई इनहिविटरी न्यूरोट्रान्समिटर भनिन्छ । आधुनिक विज्ञानमा हरेक खोजहरु विस्तारैविस्तारै प्र्राचीन अवधारणहरुलाई स्वीकार्न गइरहेका छन् । यही क्रममा हाम्रो पूर्वीय धारणा चाहे त्यो विज्ञानको दुष्टिले होस् वा धर्मको, जीवनप्रतिको सद्भावले होस् वा जीवप्रतिको एकात्मक बोधले मांसाहारलाई अस्वीकार गरी शाकाहारलाई शरीर मन र चेतनाको लागि हितकर मानेका कुराहरुलाई यदि कसैले रुढीवादी भन्दछ भने ऊ बीसौं शताब्दीको मानिस हो । विज्ञानको यथार्थतादेखि टाढा जङ्गली युगमा बाँचेको मानिस हो । आधुनिक विज्ञानका प्रयोगशालाहरुले यस तथ्यलाई स्वीकारिसकेका छन् कि मांसाहार मानव भोजन होइन । शारीरिक स्वास्थ्यको बाधक मांसाहार बुद्धत्वको मात्रामा पनि बाधक नै छ । अतः मांसाहारलाई छाडौं र स्वस्थ एवम् दीर्घजीवि बनौं ।