beautyधरान/हुनेखानेको लागि मात्रै हो ब्युटिपार्लर’ । समाजको यस्तो सोँच हुँदा ब्युटिपार्लरमा हात हालेकी धरान–११ की मिता मास्केले अहिले त्यो सकसबाट गुज्रिनुपरेको छैन ।११ वर्षअघि उनले पार्लर शुरु गर्दा ‘हुनेखानेको मात्रै थियो’ यो क्षेत्र तर अहिले सबैको लागि अपरिहार्यभै बनिसकेको छ । केटी होस् या केटा, अहिले ब्युटिपार्लर नधाउने शायदै होलान् उनको विचारमा । जतिखेर उनले शुरु गरिन्, त्यस बेलाको सोँच बेग्लै थियो । पैसा हुनेमा मात्रै फेसियल, कपालका विभिन्न आकारप्रकार र राम्री बन्नुपर्छ भन्ने सोँच थियो । गरीबहरुको पहुँचबाहिर थियो ब्युटिपार्लर ।

महङ्गो रुचिको रुपमा बुभ्mथ्यो समाजले तर मास्केलाई भने यस्तो कहिल्यै लागेन रे । भन्छिन्, ‘यो सबैको लागि थियो तर सोँच भने पैसा हुनेले मात्रै गर्ने भन्ने थियो । अहिले त्यो सोँचमा परिवर्तन भएको छ । खुसी छु ।’शुरुमा उनको व्यवसाय खासै चलेन । घरमा टिभी हेरेर, गफिएर समय काट्नुभन्दा उनलाई यो व्यवसाय उत्तम लागेको थियो । ‘त्यसैले टाइमपासको लागि खोलेको थिएँ’, उनी भन्छिन्, ‘तर अहिले जीविकोपार्जनको माध्यम बनेको छ ।’ विराटनगरको महेन्द्र मोरङमा आईए पढ्दापढ्दै उनले संस्थाको माध्यमबाट साथीभाइको लहैलहैमा लागेर रहरैरहरमा तालिम लिइन् तर त्यो तालिम तालिमकै रुपमा मात्रै रह्यो । भन्छिन्, ‘कलेज पढ्ने बेलामा रहरैरहरमा सिकेकी थिएँ तर काम भने गरिनँ ।

विहे भएर आएको ७ वर्षपछि घरमा बोरिङ हुन थालेकोले पहिला सिकेको सीपलाई समय कटाउने मेलोको रुपमा लिएँ ।’अहिले उनी यसैबाट खर्च कटाएर मासिक २० हजार रुपैयाँ आम्दानी गर्छिन् । घरमै बसेर गर्न सकिने भएकोले गृहिणीको लागि यो पेशा निक्कै उत्तम हुने उनको धारणा छ । घरमै बसीबसी पनि आत्मनिर्भर बन्न सकिने पेशामा ब्युटिपार्लर पर्ने उनी बताउँछिन् । यस्ता पेशा धेरै छन् । पतिको भरमा जीवन गुजार्ने गृहिणीहरुलाई यस्ता केही न केही पेशा अङ्गाल्न उनी सुझाउँछिन् । मास्के भन्छिन्, ‘आप्mनो पकेट खर्चको लागि अरुमा निर्भर हुनु पर्दैन ।’साँझबिहानपछिको उनको समय घरनजीकै रहेको अमिसा ब्युटिपार्लरमै बित्छ । घरको काम भ्याएर उनी पार्लर खोल्न आइपुग्छिन् । दिनभरि पार्लर र साँझबिहान घरमा उनको दैनिकी बित्छ ।

‘कपाल काट्नु, फेसियल गरिदिनु, स्ट्रेट गर्नु, कपाल रङ्ग्याउनु, कपालको ट्रिटमेन्ट गर्नु’ यस्तै गर्दैमा उनको दिन बित्छ । त्यसबाट आम्दानी पनि राम्रै गर्छिन् जसबाट दुई छोराछोरीको सामान्य खर्चदेखि पढाई खर्चसमेत जोहो गर्न पु¥याउँछिन् । पतिको छुट्टै कमाइ हुन्छ । ‘दुई–चारजनाको परिवार धान्न खासै मुस्किल हुँदैन ।’ उनी भन्छिन् ।उनले महिलाको मात्रै हैन, पुरुषको कपालसमेत स्टे«ट गरेकी छन् । कुनै बेला स्ट्रेटका लागि सबैभन्दा बढी ग्राहक उनको पार्लरमा ठोक्किन्थे । त्यस बेला महिला मात्रै हैन, पुरुषहरुसमेत स्ट्रेट गर्न आइपुग्थे । उनले एक दिनमा ५ जनासम्मको स्ट्रेट गरेकी छन् ।

त्यस बेला पैसा पनि राम्रै कमाउँथिन् तर अहिले अलि कम भएको छ । ‘स्ट्रेटको फेसन थियो तर अहिले केही कम छ’, उनी भन्छिन्, ‘अर्को कुरा, अहिले घरघरमै पार्लर सिक्नेहरु छन् । त्यसो भएर पनि कम भएको होला ।’आत्मनिर्भरताका लागि गृहिणीहरुलाई केही न केही गर्न सुझाउँछिन् उनी । ‘ब्युटिपार्लर नै गर्नुपर्छ भन्ने छैन, आपूmलाई इन्ट्रेस्ट भएको कुरा सिक्दा भयो’, उनी भन्छिन्, ‘एक–दुई पैसाको लागि घरपरिवारको भर पर्नु पर्दैन ।’ उनले पार्लर सञ्चालन गर्दा एकादुई मात्रै पार्लरहरु हुन्थे । त्यै पनि चल्ला कि नचल्ला भनेर डराईडराई लगानी गर्नुपथ्र्यो तर अहिले बग्रेल्ती खुलेका छन् ।

‘मैले खोल्दा चल्छ कि चल्दैन भनेर डराउँदै खोलेको थिएँ’, मास्के भन्छिन्, ‘नचल्ने हो कि भन्ने डरले हामी सामान्य ब्रान्डका सामग्री मात्रै प्रयोग गथ्र्यौं तर अहिले ब्रान्डेड सामानहरु प्रयोग हुन थालिसकेका छन् । सबैले राम्रै ब्रान्ड खोज्छन् ।’पार्लरमा काम गर्दागर्दै उनी प्रशिक्षक बनिसकिन् । दुई वर्षयता पार्लरकी शिक्षिका भएर थुप्रैलाई पार्लर सिकाइन् । तीमध्ये दुईजना विद्यार्थी आप्mनै पार्लर खोलेर आत्मनिर्भर बनेकामा उनी सन्तुष्ट छिन् । भन्छिन्, ‘आप्mना विद्यार्थी पार्लर खोलेर आत्मनिर्भर भएको देख्दा खुसी लाग्छ । कतिजना विदेश पनि गएका छन् ।’ घरमा त्यसै समय फालिरहेका महिलाहरुलाई उनको एउटै सुझाव छ– ‘केही गरेर बस्नुस् । आत्मनिर्भर बन्नुस् ।’