दुनियाँका अधिकांश मानिसहरुको मनमा जीवन र जगत्लाई हेर्ने र बुभ्ने दृष्टिकोणको सम्बन्धमा धेरै भ्रम, अन्योल र संशयहरु उत्पन्न भइरहन्छन् । शुभ–अशुभ, पाप–पुण्य, धर्म–अधर्म, हेय–उपादेय, भक्ष–अभक्ष, सत्य–असत्य, उचित–अनुचित, कर्तव्य र अकर्तव्यजस्ता विषयहरुमा मान्छेको मनमा सदैव भ्रम वा उहापोहको स्थिति बनिरहन्छ । यस्तो स्थितिमा मान्छे दिग्भ्रमित बन्न पुग्छ, बाटाहरु अवरोधमय बन्न पुग्छन् र जीवनमा अवसाद, अविश्वास, नैराश्य, अकर्मण्यता र आत्मग्लानीको भाव जागृत हुन्छ र व्यक्ति कुण्ठाग्रस्त भएर बाँच्न विवश हुन्छ । आधुनिक चिकित्सा विज्ञानको मतअनुसार मान्छेको यो अवस्थालाई ‘डिप्रेसन’ (अवसाद) मानिएको छ । आज विश्व मानव समुदाय लगभग यही रोगले बढी ग्रसित छ, त्यसैले हरेक व्यक्तिलाई तनाव, उल्झन र भ्रमबाट बाहिर निकाल्न यस युगका प्रवर्तक महागुरु फल्गुनन्दले व्यक्ति, समुदाय र समाजलाई पुरुषार्थ, ऊर्जा, आशा, विश्वास र आत्मागौरवको शिक्षा प्रदान गर्नुभयो तथा स्वकर्म र स्वधर्मको पालना गर्न समस्त मानव समुदायलाई आह्वानसमेत गर्नुभयो । तर पनि हामी विचलित छौँ, किन ? जीवनप्रतिको मोह र मुन्धुमले प्र्रकाशित गरेको ज्ञानप्रति हामी किन अनभिज्ञ छौँ ? महागुरु फल्गुनन्दद्वारा प्रतिपादित मुन्धुमरुपी ज्ञान र विज्ञानले मान्छेको तेस्रो आँखा (Eye of the wisdom) खोल्ने काम गर्दछ, जसले गर्दा सम्पूर्ण रुपमा अज्ञानतारुपी अन्धकार नष्ट हुन्छ र व्यक्तिलाई परिवर्तनशील, नश्वर, देहभान ९द्ययमथ अयलकअष्यगकलभकक० को चेतनाबाट एक नित्य अविनाशी, अविभाज्य, आत्मभान ९क्यग िअयलकअष्बगकलभकक० को उच्च चेतना प्रदान गर्दछ । संसारभर देखिएका त्रासदिपूर्ण घटनाले मानवीय मूल्य र मान्यता मा भयानक ह्रास ल्याउने काम मात्रै गरेको छैन, अपितु त्यस्ता प्रकारका हिंस्रक घटनाहरुले प्राणी जगत्को सर्वोत्कृष्ट कृति भनेर मानिएको मान्छे स्वयम् नै आतङ्कको पर्याय बनेको देखेर अत्यन्तै दुःखी बन्न पुग्नुभएका फलामसिंले कठोर प्रतिज्ञा गर्नुभयो, सङ्कल्प गर्नुभयो र ईश्वरको सृष्टि मानव जीवनलाई पथप्रदर्शन गर्न, सामाजिक मूल्य मान्यता, भाइचारा, सद्भाव र सहकार्यलाई संयोजन र प्रवद्र्धन गर्न अहर्निष सङ्घर्ष गर्नुभयो । पूर्वी पहाडको अनकन्टार भेगमा अत्यन्तै विकट परिस्थिति र जर्जर आर्थिक–सामाजिक व्यवस्थाको बीचमा उदाउनुभयो फलाम सिं । ‘कमल हिलोमा फुल्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै भोक, गरिबी र अभावको पहरामा सुनगाभाभैmँ लहरिएर फुल्न सफल हुनभयो उहाँ । फलामसिं अर्थात् महागुरु महागुरु फल्गुनन्द ज्ञान, ध्यान र विज्ञानका त्रिवेणी–जसले आप्mनो जीवनकालभरि किराती समाजलाई रुपान्तरण गर्न चेतनाको बिगुल फुक्नुभयो । नेपाल समाज तमोगुणी बन्दै गएको देखेर त्यसलाई सतोगुणी बनाउन महागुरु फल्गुनन्दले अत्यन्तै सरल ढङ्गबाट अद्भूत, अलौकिक र उच्चकोटिको मुन्धुम नेपाली समाजलाई प्रदान गर्नुभयो । समुद्री सतहबाट ६ हजार फिटको उँचाइमा रहेको छ, रवि बजार । त्यो बजारलाई १०÷१२ माइल दक्षिणमा अवस्थित चुक्चिनाम्बा नाम गरेको सानो गाउँ र यही चुक्चिनाम्बाको धर्तीमा विक्रम सम्वत् १९४२ साल कात्तिक २५ गते शुक्ल पक्ष द्वितीय तिथि अनुराधा नक्षत्र आइतबारका दिन आमा हंसमतीको कोखबाट जन्म लिनुभयो, नरधोज उर्पm फलामसिंले । पूर्वी इलाम जिल्लाको अत्यन्तै विकट गाउँ मानिने चुक्चिनाम्बामा जन्मिएका नरधोज लिङ्देन फलामसिं हुँदै कसरी फल्गुनन्दमा रुपान्तरण भए त ? तत्कालीन सामाजिक परिवेश तथा राजनीतिक र धार्मिक अचेतनताले जन्माएका कुरीति, कुसंस्कार एवम् जडवत् र यान्त्रिक सामाजिक संरचना, अशिक्षा, अज्ञानता र अहम् भावनारुपी धमिराले खोक्रो पार्दै गरेको मानव जीवनलाई नरधोजले आप्mनो बालापनदेखि नै स्पर्श गर्दै आए, सुँघ्दै र बुभ्mदै आए । उनको प्रारम्भिक शिक्षा भन्नु नै गाउँको धुलौटे बाटो, फुङ्ङ उड्दै गरेको माटो, असिना–पानी, आँधीबेहेरीबीचको अभावग्रस्त जीवन नै हो । रुढिग्रस्त समाजको तत्कालीन व्यवस्थाले थोपरेको गरिबी, भोकमरी र बेरोजगारीका विकराल समस्याहरुलाई नै नरधोजले विश्वविद्यालयको रुपमा ग्रहण गरे । पशुतुल्य स्वभावबाट मुक्त गरेर मानव समाजलाई ज्ञानवान्, गुणवान्, मूल्यवान् र क्षमतावान् बनाउने उद्घोषका साथ निर्भयतापूर्वक तपजपमा निष्ठापूर्वक लागिरहे नरधोज लिङ्देन । अत्यन्तै प्रभावशाली, प्रतिभाशाली र प्रभुत्वशाली व्यक्तित्वका धनी नरधोज उर्पm फलामसिं उर्पm महागुरु फल्गुनन्दका जीवनका प्रत्येक पक्ष र पाटाहरु प्रेरणादायी छन् र छन् असाधारण पनि । मितव्ययिताको आदर्शलाई अङ्गीकार गरेर आप्mना चेलाभुलाहरुमाझ महागुरुले सादा जीवन उच्च विचारको सन्देश प्रवाह गर्नुभयो । जन्म, मृत्यु र विवाहमा खर्च हुने धनराशीमा कटौती गर्न आह्वान गर्नुभयो । यसरी आप्mना एक–एक कर्म इन्द्रियहरुलाई साधनाको भट्टीमा तपाएर मानव जीवनलाई आत्मिक उन्नतिको शिखरमा आरुढ अराउन तन्मयतापूर्वक आप्mनो जीवनकालभरि लागिरहनुभयो महागुरु फल्गुनन्द । कसो गर्दा जाति सुध्रिन्छ र देश बनिन्छ भन्ने चिन्तामा महागुरु अनवरत रुपमा लागिरहनुभयो । विशेष गरेर किरातीहरुलाई कसरी सुधार्ने भन्ने विषयमा आप्mना चेलाभुलाहरुलाई उहाँ भन्नुहुन्थ्यो, ‘सर्वप्रथम एकता हुनुपर्दछ । शिक्षा नै एकताको कडी हो । मन्दिर मात्र बनाएर हुँदैन, पाठशालाहरु पनि बनाउनुपर्दछ । छोराछोरी दुवैलाई समान शिक्षा दिनुपर्छ । हामी किराती हौँ । किरातका सृष्टिका आदिगुरु किरातेश्वर महादेव हुन् । हामीले आपूmलाई शिवमार्गी भन्नुपर्छ ।’ यति बेला हामी आध्यात्मिक यात्राको यस्तो मोडमा आपूmलाई उभ्याउन सफल भएका छौँ जहाँबाट हाम्रो गन्तव्य र लक्ष्य निर्दिष्ट भएको छ–मात्रै त्यहाँ पुग्न हामीभित्र सिर्जनशीलता, सक्रियता, सङ्कल्प, प्रतिज्ञारुपी ब्रह्मास्त्रको खाँचो छ । ओम तागेरा निङ्वा फुमाङ ओम उड्लेन उनाहुरि याम्मा लेन माङहाङ तोरोदिङ ताङसाङ इक्ससादिङ, खाम्बेकमा सुरित केजोंग दिङ वहित मु थाङ कोशि, लाबे नाम्बे नामे सिङ्बे लुङबे, कोइचोङ फाङ जाङ तावु कुसिङ धक्सा पुसा, मेन्छम् गेन नाम थाप्मी थेआङ थेआङ मेहोप्ता ।। मुहोङ, खेहोङ मुदाललिङ्मा सना रुङ्ना मुरेङ खुरेङ नेस्मा मुहलिङ खेहो लिङ योनु साम्फी प्रिमा साम्मागेन् । लोन छाङ पिन्छाङ येकप हिस्सा लेन थेबे !!! भावार्थ–ओम सर्वव्यापी ज्योतिरेश्वर † ओम त्यस दिनमा, त्यस युगमा देवराज अनन्त आकाश, मृगमय पृथ्वी, वेगवान वायु, आकाशबाट पर्ने पानी, तलमाथिका नदी, चन्द्र, सूर्य, जल, वृक्ष, ढुङ्गा, पर्वत, शिखर, वन, वनस्पति, पशुपंक्षी, जलचर, थलचर– यी चिज तेजस्वी मानिस केही पनि थिएनन् । तलमाथि आकाशले व्याप्त, शून्य तथा अन्धकारपूर्ण फाँट थियो । तलमाथिका आकाशका माझबाट आँधीमय वातावरण आठ फन्को घुम्दै प्रकट भयो (अनुवादक ः श्री ज्ञानोदय लावती) ।