नेपाल सम्वत् ११३७ यही कात्तिक १५ गते सोमबार शुरु हुँदैछ । अर्थात् वैशाख १ गते विक्रमको नयाँ वर्ष शुरु भएभैmँ प्रत्येक ‘म्हपूजा’ को दिन नेपाल सम्वत्को नयाँ वर्ष शुरु हुन्छ । इस्वी सम्वत् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले यसलाई हटाए । इस्वी सम्वत् १९०३ अघिसम्म राजकीय मान्यता प्राप्त नेपालको आप्mनै सम्वत् १९०३ पछि व्यापक रुपमा प्रचलनमा आएन । विशेष साइतमा ल्याइएको बालुवा सुनमा परिणत भएपछि सो सुन बेची उपत्यकाका जनतालाई ऋणमुक्त गरिदिएबापत तत्कालीन राजा राघवदेवको सहमतिबाट शंखधर साख्वाःले नेपाल सम्वत् चलाएका हुन् भन्ने भनाइ आजसम्म प्रचलित छ ।बालुवा पनि सुन हुन सक्छ र भन्ने आशङ्का थुप्रैमा उब्जन सक्छ । शंखधर साख्वाः एक व्यापारी पनि भएको उल्लेख इतिहासमा भएकाले व्यापारबाट कमाइएको धन तिरी ऋणमुक्त गरिदिएको पनि हुन सक्छ ।
नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः राष्ट्रिय विभूति घोषित हुनुपर्छ, नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् मानिनुपर्छ भनेर विगतमा भद्र आन्दोलन र प्रदर्शनमार्पmत् माग नगरिएका होइनन् । स्व. कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वकालमा २०५६ साल मङ्सिर २ गते शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरियो । २०६५ कात्तिक ८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिए तर पनि यसले व्यापकता पाउन सकेको छैन । सबै नेपालीले यसलाई आत्मसात् गर्न सकेका छैनन् । अपनत्व देखाउन सकेका छैनन् । आखिर किन त ? अधिकांश व्यक्ति वा समूहले यसलाई नेवारहरुको सम्वत् भनिदिए । के यो साँच्चै नेवारहरुको मात्र सम्वत् हो ? के यसको सीमित उपयोग मात्र भइरहेको छ त ? यो गैरनेवार अर्थात् अन्य जातिजातिको सम्वत् होइन ? यो सम्वत् मनाउन नेवारहरु मात्र किन अघि सर्छन् ? किन यसले व्यापकता पाउन सकेन ? सीमितता÷असीमितता तत्कालीन समयमा नेपाल सम्वत्को उपयोग नेपालमा मात्र सीमित थिएन । यो सम्वत् भारत र चीनमा समेत प्रयोग भएको पाइन्छ । चीनका मिङवंशी राजा ताथिमिङले बनेपाका शासक शक्तिसिंह रामलाई नेपाल सम्वत् ५३५ आषाढ शुक्ल दशमी उल्लेख गरी फर्मान पत्र पठाएको उल्लिखित छ । भारतको कुच विहारका राजा प्राणनारायणले नेपाल सम्वत् ७५३ उल्लेख गरी सुवर्ण मुद्रा निकालेका थिए । राजा भूपतीन्द्र मल्लको पालामा नेपाल सम्वत् ८२७ को भक्तपुरको जेलाँटोलस्थित एक शिलालेखमा ‘नेपाल भाका शंख्वा सम्वत्’ उल्लिखित छ । भोटसितको सन्धिपत्रबाट यसले व्यापकता पाएको पुष्टि हुन्छ । अझ बढी खोजतलास र अनुसन्धान गरिने हो भने अझ धेरै यसको प्रयोग भएको उदाहरण भेटिन सक्छ ।झीगु समाजका पूर्वअध्यक्ष तथा संस्कृतिविद् बालकृष्ण हल्वाई भन्नुहुन्छ, ‘म्हपूजा त नेपाल सम्वत् शुरु हुनुपूर्व नै प्रचलनमा आएको हो । यस दिन नेपाल सम्वत्को पहिलो दिन मात्र पर्ने भएकाले यसलाई नेवारहरुको मात्र सम्वत् भन्न मिल्दैन ।’प्रखर वक्ता तथा बुद्धिजीवी आनन्द आचार्य भन्नुहुन्छ, ‘इतिहासकार सिल्वा लेबीका अनुसार राज्यमा महत्वपूर्ण घटना भएपछि नयाँ सम्वत् शुरु हुन्छ । तिब्बतले नेपालमा आक्रमण गरेपछि नेपालको नयाँ किसिमले उदय भयो, त्यसैको उपलक्ष्यमा नेपाल सम्वत् शुरु भएको हुनुपर्छ तर यो सम्वत् हामी सबै जातजातिको हो ।’नेवा देयः दबूका सुनसरी जिल्ला अध्यक्ष सरला कायस्थ भन्नुहुन्छ, ‘नेपाल सम्वत् लागू गराउनका लागि नेवा देयः दबूका तर्फबाट पहल भइरहेको छ ।’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार, नेवारहरुभित्र भएका विभिन्न १३ वटा लिपिमध्ये ८ वटा लिपि अभैm पनि प्रचलित छन् । आप्mनै देशको नाम ‘नेपाल’ बाट नेपाल सम्वत् भएकाले यसलाई मान्नुपर्छ, मनाउनुपर्छ भनेर मात्र नेवारहरुले मनाएका हुन् ।’नेवा देयः दबूका केन्द्रीय सदस्य पूर्णकृष्ण श्रेष्ठ भन्नुहुन्छ, ‘सरकारी कार्यालयमा यसको प्रयोग नभएकाले यसले व्यापकता पाउन सकेन ।’भाषाविद् टङ्कप्रसाद न्यौपाने भन्नुहुन्छ, ‘एकैचोटि नेपाल सम्वत् प्रयोगमा ल्याउन सम्भव नहोला तर यसलाई विक्रम संवत् सँगसँगै उत्तिकै मान्यता दिएर प्रयोग गरे सबैले आत्मसात् गर्नेमा म विश्वस्त छु ।’ धरान उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत रमेश शाहको विचारमा, नेपाल सम्वत् हामी सबैको सम्वत् हो । ‘देश सङ्घीयतामा गएको छ, सबैले पहल गरेर सहयोग मिले नेपाल सम्वत् पनि लागू हुन सक्दछ ।’ उहाँ भन्नुहुन्छ । अन्त्यमा नेपाल सम्वत् नेवारहरुको मात्र भए यसले कसरी राष्ट्रिय सम्वत्को मान्यता पायो ? नेपाल सम्वत् राष्ट्रिय सम्वत् र शंखधर साख्वाः विभूति घोषित भएपछि हामी सबैको सम्वत् र विभूति भएन र ? सम्वत् र विभूति सबैका साझा सम्पत्ति हुन् । (लेखक झीगु समाज कार्यसमितिका सक्रिय सदस्य हुन् ।)