इटहरी /एक अग्ला कदका ब्यक्ति हातमा छडी बोकेर बिद्यालयको नियमित डे्रस जस्तै देखिने पुरानो निलो सर्ट कालो पाईन्ट लगाएर ३५ जना जति वालवालीकाका अगाडि पछाडि घुमिरहेको देखिन्छन् । उनले लगाएको निलोसर्ट खुइलिएर होला रङग उडेर सेतो हुन लागेको छ,कालो पाइन्ट मैलो भएर फुस्रो भएको छ । भुइमा ओच्छयाइएको गुन्द्रीमा बसेका वालवालीकालाई ति ब्यक्तिले आफुतिर ध्यानर तारेनर सिकाउन थाल्छन्
कपुरी ‘क’..खरायो ‘ख’.......ए फर एप्पल,बि फर बल........ करिब एक धुरको क्षेत्रफलमा साघुरो ठाउँमा वालवालीकालाई भेला पारेर २२ बर्ष देखि पढाउदै आएका ६० बर्षीया चन्द्र भण्डारी बिहानको सात बजेबानै त्यहाँ भेटिन्छन् । छेवै बाट मानिसहरुको आवात जावात बाक्लै हुन्छ । गाडीको हर्नको आवाजले बेला बेला माहोल अशान्त बनाउछ । तर पनि वालवालीकाको क्रम भंगता भने हुदैन पढाइमा एकाघ्रता कायमै रहन्छ । इटहरीको ट्याङ्गा्रा खोला किनारमा पिपलको रुख मुनि बिगत २२ बर्ष देखि हरेक बिहान दृष्य देखिदै आएको छ ।
कोही आए, मुसुक्क हासेर मात्र बोल्ने उनको बानी छ । कसैले बोल्न खाज्यो भने उनले सोधीहाल्छन् ‘ के नानी हरु छन ?’ स्तम्भकारले आफ्नो परिचय दिएपछि उनले भने ‘के गर्ने हजुर अहिले बर्खा छ पानी आएर कहिले काहित पढाउनै पाइन्दैन, यहाँ एउटा सानो छाप्रोे थियो नगरपालीकाले बाटो सफा गर्ने भनेर यि केटाकेटीको भबिश्य फोहोर बनायो । त्यसमा चाही बहुत पिडा महसुस हुन्छ ,कहिलेकाही पानी पर्या बेला त रुन मन लाग्छ । ’भाबुक हुदै भण्डारि सुनाउछन् ।
शिक्षा लाई समाज परीवर्तन र बिकासको मेरुदण्डको रुपमा हेर्ने गरीन्छ । हिजो कुटी बाट सुरु भएको शैक्षीक इतीहास अहिले अधुनीक बिश्वबिद्यालयमा रुपान्तरण भइसकेको छ । गाउँका बिद्यार्थी सहरका स्कुल तथा क्याम्पसमा, सहरका बिद्यार्थी महंगा बोर्डीङ्ग तथा कलेज छनैट गरेर मात्र पढ्ने अनी सहरका गन्ने मान्ने हरुका छोराछोरी बिदेशमा पढाउनै पर्ने बाध्यकारी संस्कारको बिकास तिव्र गतिमा बढिरहेको छ । तर पनि इतिहासको बचाउ भनौ या बाध्यता अझै पनी रुख मुनी पढाइ चलिरहेकै छ । इटहरी उपमहानगरपालीकाको कार्यलय बाट केही पुर्व पट्टिको ट्याङ्गा्र खोला को किनारमा बिगत २२ बर्ष दखी निशुल्क रुपमा दैनिक कोचिङ्ग कक्षा संचालन गरिरहेका छन् ६० बर्षिय शिक्षासेवीले ।
उनी थप्छन् ‘ आज धनिका छोरा छोरीले मात्र राम्रोसँग पढ्न पाएका छन् । यहाँ धनिका छोराछोरी भन्दापनि ट्यालेन्ट बिद्यार्थीहरु छन् तर उनीहरु सडकमा छन् उनीहरु सँग पढ्ने पैसा छैन,त्यहि भएर मैले पढाउन थालेको हुँ । ‘पहिलैबाट म यो बाटो हिड्ने गर्थे, साना साना नानीहरु धूलोमा खेलिरहेको देख्दा आफैलाइ असहज महसूस भयो,यी नानीहरुका लागि केहि त गर्नु पर्छ भनेर मैल्े पढाउन थालेको हुँ,यसरी पठाउदा मलाई आनन्द लाग्छ,समाजलाई केहि दिए जस्तो लाग्छ ।
कसैलाइपनि नराम्रो कमजोर हुने रहर हुदैन ,राम्रो हुने कसरत सबैले गर्छन तर पनि आ–आफ्नो बाध्यताका कारण राम्रो ठाउँ नपाएकाहरुको लागि सहायकको भुमिका निर्वाह गर्न सकीन्छ भनेर मैले यो कार्य सुरु गरेको हुँ’यो मेरो निजी कर्म र बिचार हो उनले भने ।उनका अनुसार उनीसँग पढ्न आउने ३२ जना बिद्यार्थीले एडमिसन गरेका छन् तर पढ्न चै ३५ जना आइरहेका छन् । ‘अबिभावक आफै पढाइदिनु प¥यो भन्दै आउछन ,ठाँउको अभावका कारण भने जसरी बिद्यार्थी लाइ सिकाउन सक्या छैन’ उनले उपमहानगरपालीका सँग गुनासो पोख्दै भने ‘ मैले धेरै बर्ष देखि पढाउने ठाउको ब्यबस्था गरिदिनु प¥यो तर पनि पार लागेन । भण्डारी आफैले पनी औपचारीक शिक्षाका रुपमा उच्चशिक्षा हासील गरेका छैनन । तर उनमा आफ्नो दक्षता र क्षमताले भ्याए सम्मको काम गर्नु पर्छ भन्ने भावना छ ।आफुले जानेको कुरा अरुलाई सिकाउदा भलो नै हुन्छ,कुभलो हुदैन भण्डारी सुनाउछन् ।
उनको एउटै चिन्ता छ ‘ अहिले त्यही ट्याङ्गा्र खोलाको किनारमा म्याट ओछ्याएर पढाउदै आएको छु, ति सब गरिबका छोरा छोरी हुन् तिनीहरु लाइ त्यतिकै छाडियो भने मलाई पाप त लाग्छ नै समाजमा नकरात्मक असरपनि पर्छ ।’धेरै वालवालीकाहरु खाली समयमा नकरात्मक सोच्छन् र त्यहि बाटोमा लाग्ने गर्छन कम्तिमा मैले दिनको दुइ घण्टा समय दिएँ भने त्यो समस्या आउन सक्दैन उनले आफुले नियमित पठाउनुको कारण बताए । उनले बिगत सम्झदै भने ‘ पहिला म त्यहीको एउटा छाप्रोमा पढाउथेँ तर नगरपालीकाले अहिले छाप्रो बाट झारेर सडकमा पु¥याइ दिएको छ । म त ति समाजका ठुला ठालूको बारेमा भन्दा पनि सडकका नानीहरुको बारेमा बढी सोच्छु उनले आफ्नो मनको कुरा भने ।
गरिब परीवारमा जन्मिएका भण्डारी आर्थीक अभावकै कारण उच्च शिक्षा हासील गर्न नसकेको सुनाउछन् ।‘ म आफुले दुख भोगेको त्यसैले दुखको पिडा मलाइ राम्रो अनुभव छ भन्छन‘्दुखका साथ धनकुटाको गोकुण्डेश्वर बाट १० कक्षा पास गरेको त्यही दुख सम्झेर गरिब दुखीको लागी केही गरौ भन्ने लागेर पढाउन थालेको छु ।’ उनी देखेरपनि नदेखे जस्तो गर्नेहरुकै कारण हाम्रो समाज बिग्रिएको सुनाउछन् । हामी खात (सडक बालबालिका) बढेर हैरान पारे भन्छौ तर कसरी बढे भन्ने कुरा सोच्दैनौ उनले भने‘ सडकमा खेल्ने वालवालीका खाते छन् उनीहरुकेो उद्धार गर्नु पर्छ ।’सुरुमा आफुले पढाएका बिद्यार्थीले नचिने पनि बेला मौकामा कोही कोही आएर बोलाउदा त्यसमै खुसी लाग्ने गरेको सुनाए । मैले पढाएका बिद्याथीहरु अहिले कोहि अमेरिका कोही अष्ट्ेलिया पुगेका छन ।
उनले भने ‘ उनीहरुले पनि नेपाल आएर राम्रोकाम अबश्य गर्लान् । उनी जीबनको बारेमा अलि फरक परिभाषा दिन्छन् ।जिवन जसरी चलायो त्यसरीनै चल्छ । यसको खास आकार छैन जसरी खुसी र आनन्द प्राप्त हुन्छ त्यही गर्ने हो मान्छेले । मलाइ केटाकेटी संग आनन्द लाग्छ त्यही गर्छु । उनको एउटा इच्छा छ ‘ वालवालीका पठाउन पानी नचुहिने एउटा छाप्रो कसैले बनाइदिए ठुलो धर्म हुने थियो ।