police1भद्रपुर/मेची नदी भद्रपुरमा मनाइने छठ पर्वलाई मध्यनजर गरी प्रहरीले शान्ति सुरक्षा कडा पार्ने भएको छ । सिमावर्ती क्षेत्र भएकाले भारतीय सुरक्षाकर्मीसंगको सहकार्यमा सुरक्षा व्यवस्था कडा बनाइने जिल्लाका सुरक्षा निकायले जनाएको छ । भद्रपुरको मेची नदीमा इन्सपेक्टरको नेतृत्वमा ९६ जना प्रहरी परिचालित गरिने प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । परिचालित प्रहरीमा सादा पोसाक, महिला प्रहरी लगायतले सुरक्षा दिने एसपी क्षेत्रीको भनाई छ ।

मेलामा कुनैपनि अवान्छित गतिविधी हुन नदिन आयोजक समिति र प्रहरीविच समझदारी भएको उनले बताए । अन्य नदी तथा पुजा स्थलमा मातहतका प्रहरीले व्यवस्था मिलाउने उनले जनाए । छठ पर्वका दिन ट्राफिक प्रहरी, नेपाल प्रहरी आवश्यकता अनुसार परिचालन गरिने वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर राजन कुमार न्यौपानेले बताए । व्रतालु परिवारका सवारीसाधन बाहेक अन्य सवारीसाधनलाई छोटी भन्सार गेटमा रोक लगाउने, बारुदजन्य पटका निषेध, केटी जिस्काउने तथा जाडरक्सी खाई होहल्ला गर्नेलाई पक्राउ गरी कार्वाही गरिने, सादा पोशाकमा प्रहरी परिचालन गर्नुका साथै पाँच स्थानमा प्रहरी विट राखेर सुरक्षा प्रदान गरिने उनले बताए । शसस्त्र प्रहरीको इन्सपेक्टरको नेतृत्वमा भद्रपुमा १ सय २० जना पचिालित गरिने शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भद्रपुरका एसपी आनन्द नेम्वाङ्ले बताए । आइतवार मध्यान्ह देखि सोमवार १० बजेसम्म प्रहरी गस्ति निरन्तर हुने उनको भनाई छ । भारतीय प्रहरीसग पनि समन्वयको कुरा भईसकेकोले सुचना आदनप्रदान हुने उनले बताए ।

भारतीय प्रहरीले उनिहरुको क्षेत्रमा पोष्ट राखेर सुरक्षा दिने तयारी भएको उनले जनाए । पुजा हुने सवै क्षेत्रमा आवश्यक्ता हेरेर प्रहरी परिचालन गरिने उनले बताए ।मेची नदीमा पूजास्थल (घाट) व्यवस्थापन देखि लिएर सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती जडान, शौचालय, निशुल्क पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा क्याम्प बनाउने लगायत कार्य अन्तिम चरणमा पुगेको मैथील समाजका अध्यक्ष बलदेव साहले बताए । भद्रपुर ५ देखि भद्रपुर ७ स्थित देवीबस्ती सम्मको २ किलोमिटर लामवद्ध नदीका दुवै किनारमा ५ हजार बढी पुजा स्थल (घाट) निर्माण भइरहेको उनको भनाई छ । सो दिन मेची नदीमा विजुलीबत्ती, केराको बाटो, रंगविरङ्गी रिवन, विभिन्न किसिमका फुलले पूजा स्थल सजावट गरी नदीलाई नयाँ बेहुली झै सिङ्गारिने उनले बताए । व्रतालु परिवार तथा भक्तजनहरुको सेवासुविधाका लागि भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा नदीको धार व्यवस्थापन देखि लिएर अस्थायी बासे पुल निर्माण कार्य धमाधम भइरहेको छ ।

नदीको एकतर्फी किनारमा पुजा स्थल नपुग्ने भएकोले त्यसलाई मध्यनजर गरी अस्थायी बासे पुल बनाउनु परेको आयोजक समितिका संयोजक रमेशचन्द्र झाले बताए । ६० मिटर लामो र ९ मिटर चौढाईमा बन्ने बासे पुलको लागत ७५ हजार रहेको छ भने भद्रपुरको छठ पर्व मनाउन अनुमानित ४ लाख खर्च हुने संयोजक झाले बताए । नेपालको दोस्रो स्थान ओगटन सफल भद्रपुरमा नेपालको मात्र नभएर छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान लगायत अन्य देशहरुबाट व्रतालु तथा भक्तजनको उल्लेखिनिय सहभागिता हुने गरेको छ । नदीमा मधेशी समुदायसहित नेपाली, मुस्लिम, मारबाडी, बंगाली, राजवंशी लगायतले पनि छठ पर्व मनाउदै आएका छन् ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा ‘नहाई खाय’, दोश्रो दिनलाई ‘खर्ना’ भनिन्छ, तेश्रो दिनलाई ‘सँझिया अर्घ्य’ छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई ‘विहनीया अर्घ्य’ पारण भनिन्छ ।