पथरी/ नेपालीहरुको महान चाँड बडादशै र तिहार सवै नेपालीहरुले खुशीसाथ मनाए । गाउँमा सवैको घर दैलोमा दशै आयो, आ–आफ्नो घरमा दशैको रातो टिका निधारमा लगाए, नयाँ लुगा लगाएर आफन्तकोमा जाने र टिका लगाउने क्रम जारी नै थियो । त्यस पछि तिहार पनि आयो काग,कुकुर,गाई गोरु र भाई सवैको पुजा गरेर सवैले देउसी भैलो पनि खेले रमाइलो गरे, तर एउटा सिंगो मुसहर बस्तीमा न त दशै नै आयो न त तिहार ! मोरङको बयरवन–६ स्थीत क्याम्पा घाटको मुसहर बस्तीमा दशै र तिहारले छोएन । नछुनुको एउटै कारण थियो गरिवी । मुसहर बस्तीमा चामल, मासु जस्ता खानेको विभिन्न परिकार नभएपछि यस बर्षको दशै–तिहार खल्लो भयो ।
त्यस पछि गाउँको अन्य जातीको सवैको दशै अघि नै रङ्ग्याउने, पोतने काम भए पनि उनिहरुमा त्यो थिएना । घर–घरमा झिलिमिलि, बत्त्तीको झिलिमिलि, हुदा मुसहर गाउँ अध्येरो थियो । विहान हाजिरा(खेतला) कसैकोमा जान पाएन भने त्यस बस्तीमा कसैको चुल्होमा आगो नै बल्दैन । विहान हाजिरा(खेतला) गएर ल्याएर बेलुकाको छाक टार्ने काम विगत देखिनै हुदै आएको छ । गाउँलेहरुले दशैमा फुलपातीको दिन सधै घर नजिकैको मैदानमा राँगा काट्छन ।
सवैले भाग लगाएर घर–घरमा लान्छन् । हामी हेरिरहन्छौ के गर्नु हामी सँग पैसा हुदैन विजय मुसहरले बताए । उनले भने– ‘एक हजार देखि २ हजार सम्म मासुको भाग हुन्छ । यत्रो पैसा हुदैन हामी सँग दशैमा पनि घरमा चामल,मासु विहिन बस्नु पर्छ बच्चाबच्ची रुन्छन् ।’ दशैमा सवैले नयाँ लुगा किन्ने र लगाउने चलन छ । तर गरिविका कारण त्यस ठाउँको मुसहरले बालबालीका देखि बुढापाका सवैले बषौ देखि मैला,च्यातिएको, टालेको एकै लुगा लगाउँदै आएको छ । अलिक युवायुवतीहरुले पुरानै भएपनि सफा लगाउने गरेका छन् । विहान बेलुकी खानेकुराको टुङ्गो हुदैन । लगाउने लुगा र ओड्ने र ओछ्याउने कपडा किन्ने पैसा हुदैन उनिहरु सँग । हामी जातैले मुसहर तिहारमा देउसी–भैलो खेल्न जादा पनि खेद्ने र कराउने अनि अर्कै दृटिकोणे हेर्ने भएकोले हामी कोही पनि जादैनै तिहारमा स्थानीय कम्फु ऋषिदेव बताउँछन् । मुसहर बस्तीको ५१ बर्षीय डोमा मुसहरको ७ जनाको परिवार छ ।
उसको नत घर नै छ, नत सुत्ने ठाउँ छ । टाउँको लुकाउने सानो परालको घर पनि गत बर्ष आगलागी भयो । घर जलेर खरानी भए पछि दुइ बर्ष विति सक्दा पनि पैसा नभएको कारणले अहिले सम्म बनाउन पाएको छैन, अहिले सपरिवार छोरीको घरमा दुःख सुख बस्दै आएको छ,विलौना गर्दै डोमा दुःख पोख्छ । डोमाको मात्र होइन बस्तीमा सवैको घर जिर्ण छ । उनिहरुको आयश्रोत केहि पनि छैन । गाँउमा कसैले काम गर्न खेतला बोलायो भने मात्र बेलुका चुलोमा आँगो बल्छ नभए उनिहरुको चुलोमा आगो बल्दैना । खानेकुरा घरमा नभएपछि कहिले काही माछा मारेर र घुगी टिपेर बेचेर चामल किनेर छाक टार्ने काम गर्दै आएको छ । मुर्सर बस्तीमा ९ घर परिवारको ३५ जनाको संख्यामा सदस्य रहेका छन् । जस्मा बालबालीका संख्या बढी रहेको छ । केहि समयमा कोही मुसहरहरु अन्तै बसाई गएका छन् ।पूर्वपश्चिम राजमार्ग कानेपोखरी चौक देखि ७ किलो मिटर दक्षिण कानेपोखरी–दोेहमना सडक बयरवन बजारबाट पूर्व गएपछि क्याम्पा घाट आउँछ । पहिला घाट हो, दुई दशक अघि डाँस खोलाले धार परिवर्तन गरे पछि उति बेला देखि नै मुर्सरहरु त्यस खोलाको बगरमा बसोबास गर्दै आएका छन् ।
देउसी–भैलोको रकमले मुसहर बस्तीलाई भोज
आर्थिक कारणले दशै र तिहार मान्न नपाए मुसहरहरुलाई स्थानीय युवाहरुले खानपिन(भोज)को आयोजना गरी शुक्रबार सामुहिक भोजन गराएका छन् । एकताका सन्देश जाउँस सवैले चाँड मान्नु पर्छ एक दिन भएपनि मुहार हसिलो होस भनेर हामी नारायण चौक र खोरिया बासीले यस्तो आयोजना गरेको स्थानीय अशोक राईले बताए ।
स्थानीय युवाहरुले देउसी–भैलो खेलेको रकमले उनिहरुलाई इच्छा अनुसारको खाना परिकार खुवाएको स्थानीय चित्र बहादुर राईले बताए । मुसहर बस्तीका ९ घरका ३५ जनालाई सामुहिक खानपिनको व्यवस्था गराएको हो । बुढा पाका देखि लिएर मसिना बालबालीकाहरुले आफ्ना संस्कृती देखि लिएर नेपाली गितहरुमा नाचगान गरी मनोरञ्जन पनि लिएका थिए । भोजमा खानाको विभिन्न परिकार सहित र बुढा पाकालाई रक्सीको चुस्कीले पनि भोजमा स्वागत गरेका थिए ।
भोजनको प्राविधिक सहयोग मातृमूमि समाज सेवा क्लबले गरेको थियो । रमेश दाहाल,देवेन्द्र विष्ट,देवेन्द्र लिम्बू,सुनिल लिम्बू, युवराज खनाल,सुजन खनाल,बाबुराम चौधरी,विनोद लिम्बू,विकास लिम्बू,भादुलाल चौधरी,विपिन राई,आशिष राई,अविशेक राई,प्रेम श्रेष्ठ, लक्षुमण राई,रोहित कार्की,रमेश पौडेल लगाएतको देउसी–भैलोको टोलीले उठेको १५ हजार ५ सय रकम मध्ये ८ हजार रकम मुसहरको भोजमा खर्च गरेको र बाँकी रकम नारायण चौक देखि बयरवन बजार जोड्ने बाटो मर्मत गर्ने स्थानीय उदिप लिम्बूले बताए । मुसहर बस्तीलाई व्यवस्थीत गरेर उनिहरुको जीवन स्तर उकास्नु पर्ने कार्यक्रमहरु ल्याउनु पर्ने स्थानीय देवेन्द्र लिम्बूले बताए ।
भोजन कार्यक्रममा मुसहर जाती मात्र होइन त्यहाँ अन्य जातीले पनि सामुहिक भोजन गरेका थिए । क्षेत्री,बाहुन,राई,लिम्बू लगाएत उपस्थीत भएर उनिहरुसँग सामुहिक खाना खाएको हो । अन्य जातीले उनिहरुलाई खानपिन,बसाई,बोलाई,नाता–गोता सवै विषयमा दुःख र सुख साटसाट गर्दै गएको पर्वको शुभकामना आदन प्रदान गरेका थिए ।