श्रीलङ्का टापु/हावाको बहाव बढ्नासाथ ढलिहाल्ला जस्तो देखिने काठको एउटा घर । खिया लागिसकेको टिनको छाना । घरको खाँबाखुट्टी पनि हात्तीले मर्काइदिएको छ । घरभित्र एउटा कोठा छ । कोठाभित्र मिलाएर राखिएको थोरै औषधि छ, छेउमा एउटा पुरानो बेञ्चमा बिरामी सुत्ने बेड बनाइएको छ ।यो पूर्वी नेपालको सुगम र सम्पन्न मानिने सुनसरी जिल्लाको प्रकाशपुर गाविस ४ र ५ तथा महेन्द्रनगर गाविसको ५ नम्बर वडामा पर्ने श्रीलङ्का टापुमा रहेको स्वास्थ्य केन्द्रको अवस्था हो ।
भवनको भित्रपट्टी कोठामा बस्न त्यहाँका कर्मचारीलाई पनि डर लाग्छ, त्यही भएर उनीहरु बाहिरपट्टि गुन्द्री ओछ्याएर बस्ने गरेका छन् । स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई बस्नका लागि राम्रो बस्ने ठाउँ त छैन नै, बिरामी जाँच्ने चिकित्सकले काठको पुरानो टुलमा बसेर जाँच्नु पर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र थापा भन्छन्, ‘हामीले त जसोतसो बिरामीको उपचार गरिरहेकै छौं, झण्डै पाँच हजार जनसङ्ख्या रहेको गाउँको स्वास्थ्य केन्द्र आपैंm बिरामी छ, यसको उपचार कसले गर्ने होला ।’उनका अनुसार त्यो भवनमा २०७० सालसम्म उपस्वास्थ्य चौकी चलेको थियो । त्यहाँ कार्यरत कर्मचारीले तलब पाउँदै आएका थिए ।
तर २०७० सालदेखि जिल्ला विकास समितिले तलब दिन नसक्ने बताएपछि उपस्वास्थ्य चौकी बन्द भयो । त्यसपछि त्यहाँका बासिन्दाले धेरै समस्या भोग्नु प¥यो । सामान्य बिरामी हुँदापनि निकै खर्च गरेर स्वास्थ्य केन्द्रसम्म जानु पर्ने बाध्यता थियो । त्यसबेला नै थोत्रो भइसकेको त्यो घरको विकल्पमा छेवैमा नयाँ घर (स्वास्थ्य केन्द्र) बनाउन थालिएको थियो । त्यसको बजेटपनि निर्माण सम्पन्न नभइ जिल्ला विकास समितिले दिन छाड्यो ।अहिले त्यो भवन पनि अलपत्र परेको स्वास्थ्य केन्द्रका अहेब थापा सुनाउँछन् । त्यसबेला पनि आपैंm त्यहाँको अहेब भएका कारण आपूmले उपस्वास्थ्य चौकी सञ्चालन गर्न माग गरेपनि कसैले सुनुवाई नगरेको उनको भनाइ छ । अहिले स्वास्थ्य केन्द्र सञ्चालन काठको घर छेवैमा रहेको निर्माणाधिन स्वास्थ्य केन्द्र देखाउँदै उनले भने, ‘यसलाई निर्माण सम्पन्न गर्न पाए ढुक्कसँग बिरामी जाँच्न पाइन्थ्यो, हात्तीले पनि भत्काउने थिएन ।’असोज १ गते जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको पहलमा सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य केन्द्र शुरु गरेको दिन सम्झिँदै स्वास्थ्य केन्द्रकी अनमी इन्दु गौतम भन्छिन्, ‘यहाँभित्र फोहोर बाहेक केही थिएन, आपैंmले सफा गरेर औषधि राख्नेसम्म बनाएका छौंं ।’ महिलाहरुको स्वास्थ्य जाँच गर्नुपर्ने भयो भने गोप्य कोठा छैन, छोरा मान्छेलाई अलि पर पठाएर महिलाहरुको जाँच गर्नु पर्छ । गौतमले भनिन्, ‘यहाँ सबैभन्दा बिरामी स्वास्थ्य केन्द्र छ, यसको उपचार (निर्माण) गर्नु हामीलाई ठूलो चुनौती छ ।’ स्थानीय युवा सन्तोष चन्द्रवंशी भन्छन्, ‘अहिले हामीलाई सामान्य रोगको उपचारका लागि दिन नै बिताएर हिँड्नु पर्ने अवस्था छैन, यहाँका बासिन्दाले निकै सुखको अनुभूति गरेका छन् ।’अहिले स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको घर हात्तीले तीन पटक भत्काइसकेको छ । जसोतसो मर्मत गरेर सञ्चालन भइरहेको बताउँदै चन्द्रवंशीले जाँच गराउन भित्र जान नै डराउनु पर्ने अवस्था रहेको बताए । स्वास्थ्य चौकीको अर्को भवन जिल्ला विकास समितिले अलपत्र पारिदिएको छ । जिविसका योजना प्रमुख भोजराज सुवेदीले बन्दै गरेको भवनको बजेट आपूmहरुले नरोकेको बताए ।
जिल्ला परिषद्बाट पारित भएको बजेट आपूmहरुले दिने बताउँदै उनले परिषद्मै उक्त विषय नआएको हुनसक्ने बताए । जिल्ला परिषद् हुनुभन्दा अगाडि इलाकास्तरीय योजना छनौट हुने र इलाका स्तरबाट आएका योजनालाई बजेट विनियोजन गरिने जनाउँदै उनले त्यो स्वास्थ्य केन्द्रको भवनका लागि इलाका स्तरबाटै योजना नआएको बताए ।उता श्रीलङ्का टापुका स्थानीयवासी तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बद्रिकुमार राईले अहिलेसम्म आपूmहरुलाई कसैले पनि यस्तो विषयमा खबर नगरेको जानकारी दिए । यस्ता योजनाहरुको बारेमा कसैले जानकारी नगराउने हुँदा कसरी योजना पेश गर्नू भन्दै राईले गुनासो गरे । स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार स्वास्थ्य केन्द्र स्थापना भएको मिति असोज १ गतेदेखि कात्तिक १० गतेसम्ममा १ सय ७४ जना महिला र १ सय ११ जना पुरुष गरी २ सय ८५ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको निःशुल्क औषधि दिइएको छ । कर्मचारीको पीडा अहिले शुरु भएको स्वास्थ्य केन्द्रमा एक अहेब र एक अनमी छन् । उनीहरुले पनि सरकारले तोकेको स्केलमा तलब पाएका छैनन् । यति विकटमा हात्तीको डरले राति राम्रोसँग सुत्नपनि नसकिने अहेव थापाले दुखेसो सुनाए । विकटमा आएर काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने कुनै सुविधा नदिइएको भन्दै उनले दिइएको सुविधापनि सुगमको भन्दा दुर्गमको कम रहेको बताए । सरकारले दिएको निःशुल्क औषधि आपैंm बोकेर ल्याउने गरेको बताउँदै उनले बिरामीलाई पर्याप्त औषधि नभएकै कारण पाँच दिनको औषधि दिनु पर्नेमा तीन दिनको मात्र दिएर पठाउने गरेको जनाए ।