regmiधरान / २०६७ माघ ६ गते सार्वजनिक कार्यक्रममा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका सुनसरीको भरौल–१ का देवीप्रसाद रेग्मी अहिले गुमनाम छन् । झापड हान्नु अघिसम्म सामान्य जीवनयापन गर्ने रेग्मी अहिले उही लयमा फर्किएका छन् । त्यसअघि र अहिले उनी एउटै कुरामा मात्रै फरक भएका रहेछन् । एमाले अध्यक्ष खनाललाई थप्पड हान्नुपूर्व उनी कृषक थिए भने अहिले सानो चियापसल खोलेर व्यावसायिक बन्ने प्रयत्नमा लागेका रहेछन् । उनलाई भेट्न पुग्दा उनी टिभीको रिमोट हातमा लिएर समाचार हेर्न व्यस्त थिए । खरानी रङ्गको टिसर्ट र खरानी रङ्गकै हाफपाइन्टमा भेटिएका उनले पुग्नेबित्तिकै हामी अर्थात् म र भरौलका सहकर्मी दुर्गा बस्नेतलाई नमस्कार फर्काए । शक्तिशाली पार्टीका अध्यक्ष खनाललाई थप्पड हान्दा रेग्मीका विषयमा अनेक अड्कलबाजीहरु गरिए । कतिपयले मानसिक रोगी भने कतिपयले तत्कालीन एमाओवादीका कार्यकर्ता । तर खासमा उनी सर्वसाधारण थिए । त्यस बेला उनी एमालेका सक्रिय कार्यकर्ता नभएर सहयोगीका रुपमा थिए र अहिले पनि छन् । भन्छन्, ‘त्यो बेला म एमालेको सक्रिय कार्यकर्ता थिएँ भन्दिनँ तर एमालेको सहयोगीका रुपमा भने थिएँ । धेरैले धेरै तरिकाले मेरो विषयमा चर्चा परिचर्चा गरे ।’ उनी न मानसिक रोगी थिए, न त एमाओवादीका कार्यकर्ता नै । उनी आम मानिस थिए तर उनमा झण्डै एक वर्ष अघिदेखि नेताहरुप्रति आक्रोश थियो । त्यही आक्रोश खनालमाथि परेको मात्रै हो । खनालका ठाउँमा अन्य पार्टीका नेता पनि पर्न सक्ने उनी बताउँछन् । ‘त्यो त सञ्जोग मात्रै परेको हो । जुनसुकै नेता भए पनि ठूला नेतालाई चड्कन हान्छु भन्ने थियो ।’ उनी भन्छन् । चड्कन हान्नेबारे उनले आमालाई समेत बताएका थिए रे तर आमाले ‘हान्लास् चड्कन’ सम्म भनेको उनी बताउँछन् । नभन्दै आमाले यसो भनेको ६ महिनापछि नै रेग्मी खनाललाई थप्पड हानेर पाँच दिन हिरासतमै बसे । पाँच दिनपछि जिल्ला अदालतबाट एक रुपैयाँ धरौटीमा उनलाई छाडियो । खनालले नै माफी दिएपछि आपूm छुटेको उनी सुनाउँछन् । भन्छन्, ‘म त हिरासतमा थिएँ । अध्यक्षज्यूले नै माफी गरिदिन भन्नुभयो रे । एक रुपैयामा छुटेँ ।’ तर उनलाई त्यस बेला देशविदेशबाट सहयोग गर्नेको ताँती नै लाग्यो । जापान र अमेरिकाबाट ६७ हजार नेपाली रुपैयाँ हात लागेको उनी बताउँछन् । ‘मप्रति सहानुभूति राखेर जापान, अमेरिकाबाट सहयोग आयो । त्यो सहयोगको म ऋणी छु’, रेग्मी भन्छन्, ‘नेपालीहरुले देखाएको मप्रतिको सहानुभूतिको ऋण यही जन्ममा तिर्नुपरोस् ।’ राजनीतिमा उनी अहिले पनि उत्तिकै चासो राख्दा रहेछन् । लोकमानसिंह कार्की प्रकरणमा उनको गहिरो चासो देखियो । भने, ‘हिजो लोकमानलाई राख्दा यिनै राजनीतिक दलहरुले स्वीकारे । अहिले के भनेर हटाउन खोजेका छन् ? गल्ती उनको मात्रै हैन, नेताको पनि उत्तिकै छ । कारवाहीको भागिदार सबै हुनुपर्छ, जसजसले त्यो बेला स्वीकारे ।’ तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि भएको प्रधानमन्त्रीको १७ पल्टको चुनावसम्म कोही प्रधानमन्त्री नचुनिएपछि उनमा आक्रोश पलाएको रहेछ । ‘नेताहरुले जनतालाई बन्धक बनाउने ?’ भन्ने धारणा उनमा पलाएको रहेछ । त्यही आक्रोशलाई रेग्मीले एक वर्षभन्दा बढी समयसम्म पालेर राखेका रहेछन् । खनाललाई झापड हानेको दिन उनी स्वस्थानी व्रतकथाका लागि फलपूmल किन्न र बिजुलीको बिल तिर्न भनेर उनी इटहरीसम्म गएका रहेछन् । त्यहीँ पुगेपछि उनले ¥याली देखेछन् । त्यहाँ बुभ्mदा एमाले अध्यक्ष आउने थाहा पाएपछि उनले मनमनै योजना बनाएछन् । ‘त्यस अघिसम्म कुनै योजना थिएन । नेतालाई चड्कन हान्छु भन्ने थियो तर यही नेतालाई हान्छु भन्ने थिएन । घरको कामका लागि साइकलमा इटहरी पुगेको थिएँ’, उनी भन्छन्, ‘जब त्यहाँ ¥याली देखेँ, बुभ्mदा कार्यक्रम छ भनियो अनि मात्रै मनमनै योजना बनाएँ ।’ त्यस दिन बिजुलीको बिल तिर्नसमेत लाइन लाग्नु नपरेको उनी बताउँछन् । ‘सधैँ लाइन लाग्नु पथ्र्यो, त्यस दिन त फटाफट भयो’, उनी भन्छन्, ‘त्यसपछि साइकल डो¥याउँदै ¥यालीमा मिसिएँ ।’ जब पार्टी प्रवेशको क्रम शुरु भयो, त्यसपछि उनी प्रवेशको लाइनमा नलागी अर्कै लाइनबाट मञ्चमा पुगे । अध्यक्षले टीका लगाइदिन मात्रै के खोजेका थिए, आपूmले थप्पड हानिहालेको उनी बताउँछन् । त्यसपछि पार्टीका कार्यकर्ता र प्रहरीले पक्रेर आपूmलाई लगेको रेग्मी बताउँछन् । उनले सोचेका रहेछन्, आखिर म एउटालाई मारे भने पनि देश नै खाली हुने होइन, भरौल नै खाली हुने होइन । कम्तीमा नेता त सुध्रेलान् नि । भन्छन्, ‘म एउटा मरेर केही हुँदैन भन्ने आँटै गरेर चड्कन हान्ने योजना बनाएको थिएँ ।’ तर त्यसो भएन, उनी रातारात सेलिब्रेटी बने । पत्रकार, नेता, कार्यकर्ता, देशविदेशबाट मान्छेहरु भेट्न आइपुग्थे । देशविदेशबाट उनलाई स्याबासी दिनेहरुको तारन्तार फोन आउँथ्यो । तीन महिनासम्म त उनी खाली नै बसेनन् । ‘त्यो देख्दा खुसी पनि लाग्थ्यो । मैले ठूलो भूल गरेको छु भन्ने मैले कहिल्यै पश्चताप गरिनँ र अहिले पनि छैन ।’ उनी भन्छन् । त्यस घटनापछि उनलाई सामान्य जीवनमा फर्किन झण्डै एक वर्ष लाग्यो रे । ‘तीन महिना त घरगाउँलेलाई नै समय दिन भ्याइनँ’, उनी थप्छन्, ‘स्याबासी दिन मान्छे आका आइ गरे ।’ अहिले उनी सामान्य जीवनमा फर्किएका छन् । तीन वर्षयता कालाबञ्जार पुग्ने बाटोको डिलमै रेग्मीले चियापसल खोलेका छन् । त्यसैबाट पतिपत्नीलाई पुग्दो कमाउँछन् । अहिले पनि कतिपय मानिस ‘झापड हान्ने रेग्मीको घर’ खोज्दै आउँदा उनी खुसी हुन्छन् । उनले झापड हानेको १५ दिनपछि खनाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यस बेला खनालले आपूmलाई स्याबासीसमेत दिएको सुनिएको उनी बताउँछन् । त्यो झापड अध्यक्ष खनालको लागि अमृत नै बनेछ भन्ने लाग्छ उनलाई ।debi regmi1