ramdhuni

धरान/उदासी सम्प्रदायको पवित्र तीर्थस्थल रामधुनी मन्दिर पूर्व–पश्चिम लोकमार्गबाट सबैभन्दा नजिकमा पर्ने सुनसरीको धार्मिक तीर्थस्थल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।उदासीको यो स्थल मुस्लिमहरुको मक्कामदिनाभैmँ पवित्र मानिन्छ तर उदासी सम्प्रदायको बाहुल्यता नहुँदा यो पवित्र भूमि ओझेलमा परेको छ ।

त्रेतायुगमा भगवान् रामचन्द्र १४ वर्ष वनवास आउँदा एक रात उदासी भेषमा यही पवित्र भूमिमा आएर धुनी तापेको धार्मिक विश्वास छ । भगवान् रामचन्द्रले तापेको धुनीलाई सिद्धबाबा वनखण्डी महाराजले माटोमा पुरिएर रहेको अवस्थामा चेतन गराएपछि धुनी हालसम्म बलिरहेको धार्मिक विश्वास रहेको रामधुनी बाबा वनखण्डी मन्दिर व्यवस्थापन समितिका सचिव राम कोइराला बताउँछन् ।कोइरालाका अनुसार वनखण्डीलाई नत्थासाहेब गुरुले भगवान् रामले बालेको धुनीलाई चेतन गराएर बस्न अह्राएपछि वनखण्डीले धुनीलाई चेतन गराएपछि धुनी पुनःजीवित भएको विश्वास गरिन्छ । यो भूमिमा उदासी सम्प्रदायका मानिसहरु जुनसुकै बेला पनि ध्यान र तपस्या गर्न आउने गरेका छन् । विशेष गरेर रामनवमी, बालाचतुर्दशी, एकादशी र वराहक्षेत्रमा लाग्ने कात्तिके पूर्णिमा मेलाको समयमा त्यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । साढे ३ सय वर्षदेखि धुनी बलिरहेको धार्मिक विश्वास रहिआएको छ भने उदासीको कथोपकथनमा पृथ्वीनारायण शाहसमेत वनखण्डीका अर्तीउपदेश लिन त्यस क्षेत्रमा आएको उल्लेख छ ।

२० बिघा क्षेत्रफलमा पैmलिएको रामधुनी मन्दिर क्षेत्र लोकमार्गमा पर्ने झुम्काबाट ७ किलोमिटर उत्तर–पश्चिम चारकोशे झाडीमा पर्छ । लोकमार्गबाट यति नजिकमा पर्ने यो सुनसरीको एक मात्र धार्मिक तीर्थस्थल हो । वनखण्डीका प्रवर्तक श्रीचन्द्र महाराजसमेत त्यहाँ पुगेको इतिहास छ । उदासीको कथामा उनीसँगै पृथ्वीनारायण शाहले अर्तीउपदेश लिने गरेको बताइन्छ । वनखण्डीको समाधिस्थल भने सप्तरीको मैनाकडेरी गाविसको भेडियामठमा छ । वनखण्डीले प्रारम्भ गरेको रामधुनीमा कुनै मूर्तिको पूजा नभई धुनीको दर्शन हुने गरेको छ । यही महत्वलाई बुझेर दर्शनका लागि भक्ताजनहरु भारतका मुम्बई, दिल्ली, कोलकत्तालगायत क्षेत्रबाट आउने गरेको ४८ वर्षदेखिका मुख्य पुजारी काशिदास उदासीले बताए । उनी २०२५ सालदेखि पुजारीका रुपमा छन् । बिहान ५ बजे र साँझ साढे ७ बजे दुईपटक धुनीको पूजा हुन्छ । त्यस बेला मात्रै मन्दिरका ढोकाहरु खुल्छन् ।

अन्य समयमा भने बन्द रहन्छन् । धुनीको दर्शन गर्दा पहेँलो रङका पूmलहरु मात्रै चढाइन्छन् भने धुनीबाट निस्किएको खरानीको टीका यहाँको मुख्य प्रसाद हो ।भगवान् राम वनवास आउँदा यो क्षेत्र उत्तराखण्ड मोरङझाडीको रुपमा प्रचलित रहेको पुजारी उदासी बताउँछन् । उनका अनुसार नेपालमा त्यस बेला २४ हजार कोश जङ्गल थियो । रामचन्द्र भगवान्ले त्यहाँ एक रात तपस्या गरेको उनले सुनाए । उदासीले यो उदासी सम्प्रदायको पवित्र भूमि भएको बताए । पछिल्लो समय मन्दिर व्यवस्थापनका लागि स्थानीय लागिपरेका छन् । अहिले मन्दिर परिसरमै ओशो आश्रमसमेत छ । रामधुनीकै नाममा नगरपालिका बनेको छ । रामधुनी भासि–१० नम्बर वार्डमा पर्ने रामधुनी मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा परेको सचिव कोइराला बताउँछन् ।‘यहाँ कुनै मूर्तिको पूजा हुँदैन, स्पेशल भनेको धुनी दर्शन हो । मान्छेले त्यो महत्वचाहिँ बुझेका छैनन् ।

त्यसैले पनि ओझेलमा परेको छ’, उनी थप्छन्, ‘एकै किसिमको काठ एकनासले बलिरहेको संसारमा कहीँ पनि छैन ।’ रामधुनीकै नाममा एफएमसमेत खुलेको छ तर पनि यसको महत्वलाई बुझाउन गतिलो प्रयास नभएको स्थानीय बताउँछन् । मुख्य मन्दिरबाहेक अन्य मन्दिरको अवस्था जीर्ण छ । पोखरीसमेत जीर्ण छ । जङ्गलको बीचमा तपस्या गर्ने साधुसन्त महन्तहरुको क्षेत्रलाई सबैले सहयोग गर्नुपर्ने स्थानीय बताउँछन् । मन्दिर व्यवस्थापन समिति रामधुनीमा छुट्टै वनभोज क्षेत्रको विकास गर्ने तयारीमा लागेको छ ।