[caption id="attachment_19630" align="alignleft" width="600"]krisna तस्विरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]

धरान/जीवनको एउटा पाटोलाई ‘स्वयम्सेवा’ मा खर्चिने इलामका कृष्ण साह सीपविहीन युवायुवतीको ढुकढुकी बनिरहेका छन् ।उनको स्पष्ट विचार छ ‘व्यक्तिगत फाइदाका लागि केही नगर्ने’ । यस्तै फरासिलो विचारका कारण उनी सफलताको शिखरतर्पm अघि बढिरहेका छन् । सामाजिक काम गर्दागर्दै १५ वर्ष गैरसरकारी संस्थाहरुमा बिताएका साह सामाजिक अभियन्ताका परिचायक बनेका छन् । गैरसरकारी संस्थाहरुको १५ वर्षे अनुभवलाई सँगालेर उनी हाल सीपविहीन युवायुवतीलाई सीप सिकाउँदै आर्थिक क्रान्तिका सम्वाहक बनिरहेका छन् । ‘सीपले मान्छेलाई शक्तिशाली बनाउँछ’, उनी भन्छन्, ‘त्यसपछि उसमा आँट पलाउँछ ।’

सन् २००८ देखि पाथीभरा हिमालय पोलिटेक्निक इन्स्टिच्युटमार्पmत् उनले बेरोजगार युवायुवतीलाई खोजेर निःशुल्क तालिम प्रदान गर्ने गरेका छन् । उनी यस इन्स्च्यिुटमार्पmत् निर्माण र होटल व्यवसायसम्बन्धी तालिम प्रदान गर्छन् जसमार्पmत् ११ हजारभन्दा बढीलाई तालिम प्रदान गरिसकेको उनी बताउँछन् । तीन वर्षयता इन्स्च्यिुटसँगै कलेज पनि चलाउन थालेका छन् । गैरसरकारी संस्थामा लामो समय बिताएपछि साहको मनमा आएछ– व्यावसायिक भएर आप्mनै हिसाबले बाँच्ने । तर कसरी ? स्वयम्सेवी विचार भएकाले सामाजिक दायित्वको व्यवसाय गरौँ भन्ने लागेर इन्स्च्यिुट दर्ता गरेको उनी बताउँछन् ।शैक्षिक बेरोजगारलाई पनि सीप सिकाओस् र पढ्दै नपढेका वा पढेर पनि बेरोजगार बनिरहेका युवालाई पनि सीपमूलक बनाओस् भन्ने उनको लक्ष्य छ । उनले कक्षा ५ मा पढ्दाताका नै सीप सिक्न थालिसकेका थिए । निरक्षर बुबाआमाले ‘पढेर मात्रै केही हुँदैन, केही सीपमूलक कार्यमा छोरालाई लगाउनुपर्छ’ भन्ने सोचेर हुनसक्छ, उनलाई घडी बनाउने सीप सिकाइदिए । कक्षा ८ पढ्दासम्म उनले यो सीप सिके तर त्यस बेला उनको बालसुलभ मनमा घडीवाल भनेपछि ‘सामान चोर्ने, कमसल सामान लगाइदिने’ जस्ता लाञ्छना लाग्ने गरेको परेपछि उनले त्यो पेशालाई निरन्तरता दिन चाहेनन् । भन्छन्, ‘घडीवाल भनेपछि घडीका सामान चोर्ने, कमसल सामान लगाइदिने भन्ने तरिकाले बुभ्mने गरेको पाएँ । त्यसैले छाडिदिएँ ।’ त्यसपछि उनको मनमा फोटोग्राफीको भूत चढ्यो । यो पेशा सम्मानित पनि लाग्थ्यो उनलाई ।एसएलसी दिँदासम्म सिके पनि । त्यहीबीचमा गाउँका युवा तथा समाजका अगुवाहरुले सुनगाभा क्लब खोले । त्यही क्लबका लागि मारुनी नाच देखाउँदै पैसा सङ्कलनसमेत गरे । त्यहीँबाट उनको सामाजिक यात्राको थालनीसमेत भयो । त्यही सामाजिक कामले उनलाई पहिलोपटक २०४७ सालमा गैरसरकारी संस्था लुथरन विश्व सेवाले मासिक ४५ सय रुपैयाँ तलबमा काम दियो ।

त्यसमा उनको दायित्व शरणार्थी व्यवस्थापनमा राहत वितरण गर्ने थियो । त्यो जागिर ६ दिनभन्दा बढी नखाएको उनी स्मरण गर्छन् । भन्छन्, ‘आपूm सामाजिक विकासको काम गर्न रुचाउने, त्यता राहत वितरणको काम मात्रै थियो ।’ त्यो छाडेपछि साउथ एशिया पार्टनरसीप नेपाल नामक संस्थाले सुनगाभा क्लबलाई कार्यक्रम दियो । यो कार्यक्रम तीन वर्ष चलाए । ‘सामाजिक अभियन्ताका रुपमा स्थापित हुन त्यसले पनि भूमिका खेल्यो ।’ उनी सम्झन्छन् ।त्यसै बेला हो– देशभरका ११५ वटा संस्थामध्ये उनी सामुदायिक विकास कार्यकर्तामा उत्कृष्ट ठहरिए । त्यसले उनलाई गैरसरकारी संस्थाहरुमा खुट्टा हाल्न थप मद्दत ग¥यो । नेदरल्यान्ड विकास नियोग (एसएनबी) ले उनलाई नियुक्त ग¥यो । उनी ताप्लेजुङको ओलाङचुङगोलाका लागि खटिए । विकट ठाउँ, त्यै पनि हिम्मत हारेनन् । आप्mनो काममा दत्तचित्त भएरै लागे ।ओलाङचुङगोलामा खटिएका बेला साह कयौँ रात भोकै सुते । बत्ती नभएर कयौँ रात अँध्यारोमै बिताए, ओढ्ने नभएर मान्द्रोले समेत काम चलाए । त्यै पनि हिम्मत हारेनन् । त्यस बेला झण्डै जीवन त्याग्नुपर्ने स्थिति आइलाग्यो । भन्छन्, ‘लेलेपबाट बिहानै ओलाचुङगोलाको लागि हिँडेको । हिँड्ने क्रममा अरिङ्गालको गोलाले टोक्यो । अनकन्टार ठाउँमा अरिङ्गालको टोकाइका कारण मैले सोचेँ, आजै अन्तिम दिन रहेछ ।’त्यस बेला अरिङ्गालको टोकाइ कम हुन्छ भनेर पहिलोपटक उनले जाँड खाए । अनुहारभरि जाँड लगाए । दुई दिनपछि बल्ल उनी केही तङ्ग्रिए ।

चार वर्ष सो काम गरेपछि उनी युनिसेफमा गए । त्यसैताका २०५५ सालमा विराटनगरमा उनको मागी बिहे भयो । युनिसेफमा काम गर्दागर्दै सुनगाभा क्लबलाई सम्हाल्नुपर्ने स्थिति आएको उनी बताउँछन् । संस्थाको अस्तित्व नै सङ्कटमा पर्ने भएपछि उनले छँदाखाँदाको जागिर छाडेर अध्यक्ष भई दुई कार्यकाल संस्था चलाए । ‘मातृसंस्था नै विलीन हुने अवस्था सिर्जना भयो । त्यसपछि व्यक्तिगतभन्दा पनि संस्था सर्वोपरी हो भन्ने लागेर युनिसेफको जागिर छाडेँ ।’ उनी विगत सम्झन्छन् । त्यसबीचमा उनले समय व्यवस्थापनसम्बन्धी अभियान चलाए । विद्यालय सुधार योजना चलाए । अहिले त्यही विद्यालय सुधार योजना सरकारले समेत लागू गरेकोमा उनी खुसी हुन्छन् । उनले पर्यटन प्रवद्र्धनमा समेत हात हाले । त्यसै बेला हो– इलामको श्रीअन्तुमा पहिलोपटक ७० जना आन्तरिक पर्यटक पु¥याएर सूर्योदयको रसास्वादन गराएको ।त्यसै बेलादेखि श्रीअन्तुमा पर्यटकहरु पुग्न थालेको उनी स्मरण गर्छन् । अहिले उनी त्यसका मानार्थ सदस्यसमेत छन् । २०६० मा पहिलोपटक इलाम महोत्सवको परिकल्पना गरेर उनले महोत्सव सञ्चालन गरे । क्लबमार्पmत् दृष्टिविहीनको होस्टेल सञ्चालन गरेका छन् जसमा १४ जना अहिले पनि बस्ने गरेका छन् । क्लबका सदस्यहरुले गर्ने सहयोगबाट होस्टेल सञ्चालन हुने गरेको छ । गैरसरकारी संस्थाहरुको संस्थागत विकासमा समेत उनको देन छ । राष्ट्रिय गैरसरकारी महासङ्घ बनाउन उनको पनि योगदान छ । त्यसैताका उनी स्वीस विकास सहयोगअन्तर्गत रोजगारीका लागि तालिम परियोजनाका पूर्वाञ्चल संयोजक भएर धरान आइपुगे । सन् २००५ मा थालेको त्यस जागिरकै क्रममा धरान आइपुगेका उनी अहिले धरानका स्थायी बासिन्दाभैmँ बनिसकेका छन् । स्वीसमा तीन वर्ष जागिर खाएपछि नै हो उनलाई ‘जागिर मात्रै खाएर हुँदैन, आप्mना लागि केही गर्नुपर्छ’ भन्ने सोच आएकै कारणले पाथीभरा इन्स्टिच्युट दर्ता गरेर बेरोजगारहरुलाई सीप सिकाउन थालेको ।

‘प्रोजेक्ट पनि फेजआउट हुन लागेपछि व्यवसायको सोच आयो ।’ उनी भन्छन् । यो इन्स्टिच्युट दर्ता गर्नुको प्रेरणाको अर्को स्रोत मलेसिया पनि हो । स्वीसकै कार्यक्रममा मलेसियामा एकमहिने बसाइका क्रममा उनले त्यहाँ नेपालीहरु सीपविहीन पुगेर अनेक दुःख पाएको देखेपछि नै इन्स्टिच्युटको अवधारणा पलाएको उनी बताउँछन् ।‘सीप दिनुपर्ने रहेछ भन्ने ज्ञान त्यहीँबाट आयो’, उनी भन्छन्, ‘वैयक्तित मार्ग अवरोध गर्ने सीप नै रहेछ भन्ने लागेर त्यो सोच पलायो ।’ कलेज र इन्स्टिच्युटबाट जोगिएको समय उनी पर्यटनमै खर्चिन्छन् । पूर्वका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा खटिने साहले पर्यटनको अवधारणा र पहिचानमा समेत योगदान दिने गरेका छन् । इन्स्टिच्युटबाट वार्षिक ८ सयदेखि १५ सय जनशक्ति उत्पादन गर्छन् भने कलेजबाट १२० जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिरहेका छन् । अहिले उनको दैनिकी पर्यटन र कलेज बनेको छ ।