dele

धरान/ढेड घण्टा पैदल हिँडेर मोरङको पाटीगाउँ–८ बाट प्रसूतिका लागि धनकुटा डाँडाबजारको प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेकी धनकुमारी लिम्बूले आएकै दिन पहिलो सन्तानको रुपमा छोरा जन्माइन् ।बुहारीको ‘नर्मल डेलिभरी’ भएकोमा तिलकुमारी पनि खुशी थिइन् । भनिन्, ‘शल्यक्रिया गर्नुपरेन । बाटोमा ल्याउँदा मात्रै सास्ती । यहाँ त राम्रो भयो । खुशी छु ।’

छोरो विदेशमा भएकाले बुहारीको हेरचाह उनैले गर्दैआएकी थिइन् । डाँडाबजारको स्वास्थ्यचौकीले नसकेर अरुतिर जानु पर्ला कि भन्ने चिन्ता उनमा थियो । तर, डाक्टर नर्सको सहयोगमा डाँडाबजारमै प्रसूति भएकोमा दङ्ग थिइन् । पछिल्लो सात वर्ष यतादेखि प्रसूतिका लागि आउने अधिकाङ्शलाई स्वास्थ्य केन्द्रले तिलकुमारीजस्तै खुशी बनाएर पठाउन थालेको छ । शल्यक्रियामार्पmत् प्रसूति गराउने बढिरहेका बेला ‘नर्मल डेलिभरी’ मा धनकुटा जिल्लाकै अब्बल स्वास्थ्य केन्द्रको रुपमा परिचित बन्दै गएको छ ।आर्थिक वर्ष २०७२÷०७३ मा कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाको प्रथम स्वास्थ्य केन्द्र बन्दै पुरस्कृत बनेको थियो ।

नौ शैøयाको स्वास्थ्य केन्द्रमा धनकुटाको डाँडाबजार, राजारानी, मौनाबुधुक, बोदे, बूढीमोरङ, खुवाफोक गाविसवासीले सेवा लिने गरेका छन् भने मोरङको सिंहदेवी, पाटीगाउँ, याङ्शिला गाविसका बिरामीहरुसमेत आइपुग्ने गरेको केन्द्रले जनाएको छ । आव २०६७÷०६८ देखि प्रसूति सेवा दिन थालेको केन्द्रले पहिलो वर्ष ४१ जनाको प्रसूति गराएको थियो । ‘नर्मल डेलिभरीमा जिल्लाको उत्कृष्ट केन्द्र नै हो ।’ केन्द्रका मेडिकल अधिकृत डा. शैलेन्द्रकुमार चौधरी भन्छन्, ‘नर्मल प्रसूति गराउने प्रतिशतको आधारमा पनि जिल्लामा यही केन्द्र पहिलो हो ।’उतिसारो बिरामीको चाप नहुने कारण पनि चिकित्सकहरुले सहज तरिकाले बिरामीको जाँच गर्न पाइरहेका छन् ।

जसको फाइदा प्रसूतिमा आउने आमाहरुले लिन पाइरहेका छन् । डा. चौधरी भन्छन्, ‘बिरामीको चाप उति नहुँदा प्रसूति गराउनेहरुलाई प्रशस्त समय दिन पाइन्छ ।’ भर्खरै आमा बनेकी लिम्बू पनि खुशी थिइन् । भनिन्, ‘डाक्टरहरुले आउनेबित्तिकैदेखि सेवा दिनुहुन्छ । खुशी लाग्छ ।’ केन्द्रमा प्रसूति गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दो छ । अझ शल्यक्रियाको व्यवस्था हुन सकेमा थप सहज हुने चिकित्सकहरु बताउँछन् । ‘शल्यक्रियाको व्यवस्था राज्यले गरिदिए थप सेवा प्रवाह गर्न सक्थ्यौं ।’ सिनियर अहेव राजेश गौतम भन्छन्, ‘रिफर गर्नुपर्ने अवस्था हुन्थेन । बिरामीलाई पनि यहीँबाट सेवा दिन सकिन्थ्यो ।’केन्द्रको लागि १३ जनाको दरबन्दी हो । तर, हाल ८ जना मात्रै छन् । पाँचजना स्टाफ नर्सको दरबन्दी हो । तर, एकजना पनि नभएको डा. चौधरी बताउँछन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दरबन्दी नपठाइदिँदा थप समस्या भएको उनीहरु बताउँछन् । त्यही दरबन्दीले २४ सै घण्टा सेवा प्रवाह गरिरहेका छन् ।

कतिपय पहाडी क्षेत्र भएकाले आउन नमान्ने गरेको सिनियर अहेव गौतमको ठम्याइ छ । केन्द्रले सबैले देखिने गरी वार्षिक प्रसूति गराएको आँकडा भित्तामा भ्mण्ड्याएको छ । आँकडा अनुसार आव २०६८÷०६९ मा ३१ जना, २०६९÷०७० मा ६४, ०७०÷०७१ मा ६९ जना, ०७१÷०७२ मा ८६ र ०७२÷०७३ मा ८७ जनाको प्रसूति गराएको देखिन्छ ।यससँगै सुरक्षित मातृत्व कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको छ । प्रसूतिमा रेफरल केशहरु धेरै नै आउने गरेको चिकित्सक चौधरी बताउँछन् । स्वास्थ्यचौकीको रुपमा २०५३ सालमा अपग्रेड भएको हो ।

अहिले एक्सरे, इसिजी, भिडियो एक्सरे जस्ता प्रविधिहरु नहुँदा एकदमै समस्या भएको अस्पताल प्रशासन बताउँछन् । ‘यस्ता प्रविधिहरु नहुँदा अनुमानको भरमा रोगको निदान गर्नुपर्ने बाध्यता छ ।’ डा. चौधरीले भने, ‘पत्थरी जस्ता रोगहरु छुट्याउन गाह्रो छ ।’ दक्ष जनशक्तिको अभावमा शल्यक्रिया गर्नु पर्ने रोगहरु रिफर गर्नु पर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । अहिले प्रसूतिको लागि हरेक महिनाको तेस्रो बुधबार अल्ट्रासाउण्ड गर्ने गरेका छन् । एकपटकमा न्यूनतम ४० देखि ६९ जनासम्म अल्ट्रासाउण्ड गर्नेहरु हुन्छन् । पाँच रोपनीमा पैmलिएको उक्त स्वास्थ्य केन्द्रमा दैनिक १० देखि ४५ जनासम्म बिरामी आउने गरेका छन् ।