taluपृष्ठभूमि विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा तालु खुइलिने र यसको उपचारका रुपमा फोटासहित प्रकाशित भएका विज्ञापनहरु हामीले प्रशस्तै देखेका छौं । पहिले तालु पूरै या आंशिक खुइलेको फोटो र अहिले पूरै कपाल भएको फोटो राखी तुलना गरिएका आकर्Èक विज्ञापनहरु भेटिन्छन् । यस्ता धेरै विज्ञापनदाताहरुको परिचय समेत स्पष्ट नहुनु नौलो हैन । यस्ता विज्ञापनमा कति सत्यता छ अनि कति ठगी ? राम शर्मा २२ वर्Èमै यस्तो समस्याको शिकार भइसकेका छन् । आज हामी यसै विÈयमा केही छलफल गर्दैछौं । रौं (कपाल) के हो ? मुख्य रुपमा रौंलाई ३ प्रकारमा विभाजन गर्न सकिन्छ । १. लानुगो रौं– बच्चा पाठेघरमा हु“दा हुने पातला तथा नरम रौंहरु हुन्, जुन पाठेघरमै खस्दछन् । २. भेलस रौं–शरीरका प्रायः सबै भागमा हुने नरम तथा छोटा रौंहरु हुन् । ३. टर्मिनल रौं–मुख्य रुपमा टाउको, काखी तथा जननेन्द्रीयवरिपरि हुने कडा र लामा रौंहरु हुन् । रौं बढ्ने चक्र कस्तो हुन्छ ? हाम्रो टाउकोमा करीब एक लाख रौंहरु हुन्छन् र एक सय जति दैनिक झर्छन् । एउटा रौंको आयु करीब एक हजार दिन हुन्छ, त्यसपछि यो खस्न थाल्दछ । यो सामान्य प्रक्रिया हो । योभन्दा बढी रौं झर्नु समस्या हो । यसका प्रकारहरु सिकाट्राइसियल– जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक, क्यान्सर आदिका कारण हुने गर्छन् भने नन–सिकाट्राइसियलमा सानो भागमा हुने एलोपेसिया एरेटा (खोइरे रोग), आनुवंशिक (एन्ड्रोजेनिक), ट्राइकोटिलोम्यानिया (मानसिक रोग), ढुसी सङ्क्रमण (टिनिया) र पूरा भागमा हुने एलोपेसिया युनिभरसालिस पर्दछन् । नोटः सिकाट्राइसियलमा रौंका जराहरु नष्ट हुन्छन्, जसको कारण कपाल पलाउन सक्दैन । तालु चिल्लो देखिन्छ । तर नन–सिकाट्राइसियलमा रौंका जराहरु हुनाले पुनः पलाउन सक्छ । कारण तथा उपचार १) एलोपेसिया एरेटा थाइरोइडका रोगहरु, दुबी तथा मानसिक तनावको कारणस“ग सम्बन्धित छन् । बिस्तारै खाली भएको ठाउ“मा कपाल उम्रन थाल्दछ । स्टेरोइड, सोरालिन आदि उपचारमा प्रयोग गरिन्छ । पूरै कपाल झरेमा नक्कली कपाल भएको टोपी, विग प्रभावकारी देखिन्छ । २) एन्ड्रोजेनिक एलोपेसिया जसलाई पुरुÈ प्रकारको खुइले भनिन्छ जुन वंशानुगत रुपमा आएको पाइन्छ । तथापि के बुझ्नुपर्छ भने पुरुÈ हर्मोन बढी हुनेमा यो देखिएको छ । पुरुÈमा कुनै परीÔण आवश्यक नभए पनि महिलामा भने पुरुÈ हर्मोन निकाल्ने ट्युमर छ कि छैन भनी परीÔण गर्नुपर्दछ । पुरुÈको हकमा, मिनोजिडिल (२–५ प्रतिशत) नामक औÈधिको प्रयोगले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथा नया“ कपाल पलाएको पनि पाइएको छ तर यो दीर्घकालीन भने देखिएको छैन किनकि औÈधि बन्द गर्नेबित्तिकै फेरि कपाल झर्न थाल्छ । त्यसैले प्रयोगकर्ताले जीवनभर प्रयोग गर्नुपर्ने देखिन्छ । फिनासटराइड नामक औÈधिको पनि प्रयोग देखिन्छ । विग लगाउनु तथा सर्जरी अरु विकल्प हुन सक्छन् । ३) टेलोजेन इप्mलुभियम नामक तालुखुइले समस्या मुख्यतया सङ्क्रमण (टाइफाइट, औलो, डेङ्गू) तालुको अपरेशन, चोटपटक, परीÔाको तनाव, तनावयुक्त वैवाहिक सम्बन्ध, प्रसव पीडा आदिमा देखिएका छन् । समस्याको निराकरण पहिलो उपचार हो । २–३ महिनापछि कपाल झर्न बन्द हुन्छ तर पनि पहिलेकै अवस्थामा आउ“दैन । ४) ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वात्तै बढेको पाइएको छ । कपाल सिधा पार्न गरिने प्रविधि हट कम्बिङ यसको मुख्य दोÈी हो । कपाल कोर्ने स्टाइल परिवर्तन नै उपचार हो । ५) ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या युवा अवस्थाका केटीहरुमा पाइएको छ । दुखाइ कम गर्न कपाल उखाल्ने यो एक मानसिक समस्या हो । बिरामीलाई मानसिक सहयोग आवश्यक देखिन्छ । ६) छालाका सङ्क्रमण (जस्तोः रौंका जराहरुको सङ्क्रमण, ढुसीको सङ्क्रमण, सोरियासिस तथा कुष्ठरोगमा पनि यो देखिएको छ । कारणहरुको उपचारपश्चात् स्वतः कपाल पलाएको पाइन्छ, ७) कुनै औÈधि जस्तोः केमोथेरापी, विÈ सेवनपश्चात् पनि यो समस्या देखिन्छ । कारणहरुको उपचारपश्चात् स्वतः कपाल पलाएको पाइन्छ, ८) बच्चाहरुमा कुपोÈणको कारण पनि कपाल झरेको पाइएको छ र अन्त्यमा कपाल झर्ने समस्या कुन प्रकारको हो, सर्वप्रथम बुझ्नको लागि चिकित्सककोमा जानुहोस् । चिकित्सकको सल्लाहबमोजिम औÈधि–उपचारतर्पm लाग्नुहोस् । तपाईंको निराशा उपचारपछि आशामा परिणत नहोला भन्न पनि सकिन्न ।