तरहरा / शहरमा ठूलठूला लगानीमा बगे्रल्ती खुलेका साईबर क्याफेहरु केही समययता धमाधम बन्द हुन थालेका छन् । केही समय अगाडिसम्म भ्याइनभ्याइ हुने साइबर क्याफेहरु अहिले सुनसान हुन पुगेका छन् । प्रविधिको विकाससँगै हातहातमा इमेल इन्टरनेट चल्ने मोबाइलहरु पुगेसँगै कम्प्युटर राखेर गरेको साइबर व्यवसायबाट अधिकाङ्श विस्थापित भएका छन् भने रहलपहल बन्द हुने अवस्थामा पुगेका हुन् । एक दशक अघिसम्म निम्न तथा मध्यमवर्गीय नेपालीको घरमा टेलिभिजन हुनु पनि प्रतिष्ठाको विषय हुन्थ्यो । कम्प्युटर त बिरलै देख्न पाइन्थ्यो । गाउँका महिला दिदीबहिनीहरु विदेशमा रहेका आफन्तसँग गफिन साइबर पुग्थे । तर, अहिले घरघरमै इन्टरनेट र हातमा ल्यापटप, मोबाइल भएपछि साइबर क्याफे व्यवसायीहरु विस्थापित भएका हुन् । करीब २ वर्षयता शहरका कुनाकाप्चामा खोलिएका साइबरहरु बन्द हुन पुगेको इटहरीमा लामो समयदेखि साइबर क्याफे व्यवसाय चलाएर विस्थापित भएका मोरङ केराबारीका सन्देश बान्तवाले भने । ‘मैले शुरुमा इन्टरनेट आउँदा साइबरबाट महिनाको लाख रुपैयाँभन्दा बढी समेत कमाएँ, तर अहिले प्रविधि भित्रिएसँगै विस्थापित भएको छु’, उनले थपे । नयाँ व्यवसाय गर्ने सोचमा रहेको बताउँदै उनले साइबर क्याफेहरु धमाधम बन्द भएको बताए । परिवर्तित समयसँगै अहिले इण्टरनेट सेवा सहज तथा सुलभ भइसकेको छ । सोही कारण प्रविधिको साधारण ज्ञान भएका मानिस पनि सजिलै सुविधाको उपभोग गर्दैआएका छन् । तर, यही कारण व्यवसायका रूपमा सञ्चालित साइबर क्याफेहरू भने धमाधम बन्द गर्दै सञ्चालकहरु अन्य व्यवसायको खोजीमा दौडिरहेका छन् । तरहरामै केही समय साइबर व्यवसायी सञ्चालन गरेका तरहराका सुराग श्रेष्ठ अहिले विदेसिएका छन् । उनी साइबर बन्द भएसँगै कामको खोजीमा विदेसिएका हुन् । उनले केही समय आप्mनै घरमा साइबर चलाए पनि समय परिवर्तन भएसँगै साइबर चल्न छाडेपछि विदेशको बाटो रोजेका हुन् । सुराग र सन्देश शहरमा साइबर खोल्ने र बन्द गर्ने प्रतिनिधि पात्रमात्र हुन् । उनीहरु जस्तै दर्जनौं युवा अहिले साइबर व्यवसाय बन्द गरी अन्य विकल्पको व्यवसायमा लागेका छन् । यस्तै तरहराकै साइबर व्यवसायी मदन बस्नेतले साइबर नचलेकै कारण व्यवसाय धराशायी भएको बताए । बिजुली बिल मात्र तिर्नुपर्ने अवस्था आएकोले साइबर बन्द गरेर अन्यखाले काम गर्दैआएको उनले सुनाए । ‘मोबाइलले हाम्रो व्यवसाय खाइदियो’, उनले भने, ‘पहिला जस्तो छैन, घरघरमा ल्यापटप पुग्यो, हामीले राखेको पुरानो कम्प्युटरको के काम ?’ इन्टरनेटले संसार सानो बनाएको भन्दै गाउँलेहरु समेत चलाख र बाठो भइसकेको उनको बुझाइ छ । पहिलेपहिले आफन्तसँग बोल्न आउनेहरु आप्mनै घरमा बसेर बोल्न थालेपछि व्यवसाय बन्द भएको उनले भने । इटहरीमै लामो समयदेखि साइबर व्यवसाय गर्दैआएका अर्जुन सुवेदीले पनि मोबाइल, इन्टरनेट र ल्यापटपको कारण साइबर व्यवसाय बन्द भइरहेको बताए । आपूmले पनि केही समयअघि मात्र बन्द गराएको सुनाउँदै अब साइबर व्यवसाय नचल्ने उनको तर्क छ । मोबाइलको सुलभताका कारण मानिसको हातहातमा इण्टरनेट सुविधा पुगिसकेको छ । यसैगरी, घरघरमा इन्टरनेट सेवा पु¥याउन इण्टरनेट सेवाप्रदायक कम्पनीहरू प्रतिस्पर्धा गर्न लागेका छन् । नेपालको प्रविधि क्षेत्रमा आएको यो विकासलाई सकारात्मक रूपमा लिन सकिन्छ । तथापि, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालीहरू अभैm पनि इण्टरनेट सुविधाका लागि चर्को मूल्य तिर्न बाध्य छन् ।