nअघिल्लो शनिबार बिहान पुग्दा उनी गाई स्याहार्नमा व्यस्त थिए । गोठ सरसफाइमा तल्लीन धरान–२० का २५ वर्षे जोशिला युवा वसन्त राई गाईफर्मबाटै जीवनको आनन्द खोज्ने ध्याउन्नमा देखिए । होलिस्टेन क्रस जातका दुईवटा गाईबाट फर्म थालेका उनले एक वर्ष नपुग्दै जर्सी र होलिस्टेन क्रस जातका आठवटा गाई पु¥याइसकेका छन् । यसैबाट उनको मेहनत साबित हुन्छ । अहिले उनी दैनिक २० लिटर दूध धरानका गल्लीहरुमा पु¥याउँछन् । बिहान ५ बजे उठेर उनी गाईलाई दानापानी दिन्छन्, सरसफाइ गर्छन् । दूध दुहुन्छन् अनि ट्यामीमा भरेर धरान बजार दगुर्छन् । बजारमा ३० घर जतिमा दैनिक दूधको ठेक्का छ । घरघरमै दूध पु¥याउने राई बिहान ८ बजे मात्रै धरानबाट फर्किन्छन् । घरघरमा दूध पु¥याएकै कारण उनको दूध केही महङ्गो छ । भन्छन्, ‘घरघर पु¥याउने कारण मेरो दूधको रेट प्रतिलिटर ८० रुपैयाँ छ । अरुले ७० मा पनि दिन्छन् ।’ दूध पु¥याएर फर्किएपछि उनको नित्यकर्म शुरु हुन्छ । तन, मन, धन नै उनले गाईमा लगाएका छन् । फर्मलाई बढाउने तयारीमा लागेका उनको काम गराइबाटै प्रष्ट झल्किन्छ । गमबुट, पूरा बाहुलाको लुगा र हातमा पञ्जासहित भेटिएका राई भन्छन्, ‘यो वर्ष फेरि केही गाई थप्छु ।’ उनको फर्ममा अहिले तीनवटा दूधालु गाई छन् । जातअनुसार गाईले ८ देखि १४ लिटरसम्म दूध दिन्छ । गाईफर्मबाट उनले भविष्य देखेका छन् भन्ने उनको कुरा गराइबाटै प्रष्टिन्छ । दूध बिक्री भएन भने दही, दही बिक्री भएन भने घ्यु र मोही । मोही पनि बिक्री भएन भने चीज बनाएर पनि बिक्री हुने भएकाले गाईपालन नेपालका लागि उत्तम भएको उनी बताउँछन् । बाबुले जोडिदिएको चानचुन २९ कठ्ठा जग्गा छ । अधिकांश क्षेत्रमा घाँसपात र रुखबिरुवा छन् जसले गर्दा घाँसपात सहज हुने भएकाले अन्यको भन्दा उनको फर्ममा खर्च कम छ । फर्म खोल्ने सोँच पलाएपछि गाईफर्म हेर्न उनी पूर्वको झापादेखि पश्चिमको पोखरासम्म पुगे । चितवन पुगे, मकवानपुर पुगे । काठमाडौँ पनि पुगे । त्यसपछि उनलाई गाईफर्म नै उत्तम विकल्प रहेछ भन्ने लाग्यो । ‘कृषि त गर्ने । तरकारी खेती गर्ने कि मौरीपालन गर्ने कि गाईपालन गर्ने ?’, उनले भने, ‘नेपालका लागि गाईपालन नै उत्तम लाग्यो ।’ कृषिमा आशावादी यी युवकलाई बुबाको प्रेरणाले समेत ऊर्जा दिएको छ । कुनै बेला बुबासमेत कृषिमा तल्लीन थिए तर पछिल्लो १०–१५ वर्षयता बुबा साउदी अरबमा कार्यरत् छन् । उनलाई बुबाले नेपालमै केही गर्न सकिन्छ भन्ने सुझाव दिँदै आएका छन् । उनीसँगैका युवाले विदेशमा चक्कर काटिसके तर उनी भने सानैदेखि विदेश नभई यहीँ केही गर्ने सोच पालेर बसेका थिए । ‘विदेश गएर गाईफर्ममै काम गरेँ भने नोकर हुन्छु । यहाँ मालिक भएर बसेको छु ।’ विदेश नजानुको चोटिलो जवाफ राई यसरी फर्काउँछन् । स्नातकसम्म अध्ययन गरेका उनले ५० हजार रुपैयाँमा डेढ वर्षअघि गाईफर्म शुरु गरेका थिए । अहिले लगानी ४ लाख पुगिसकेको छ । आम्दानीको हिसाबले पनि कम भन्न मिल्दैन । तीनवटा दूधालु गाईबाटै दैनिक २० लिटरका दरले मात्रै मासिक ४८ हजार रुपैयाँ हात लाग्छ । खर्च कटाएर २४ हजार कतै जाँदैन । मनैबाट गरेको कर्मका कारण सन्तुष्ट छन् उनी । अभैm बढाउँदै जाने विश्वास उनी व्यक्त गर्छन् । अहिले उनको चिन्ता बजार व्यवस्थापन मात्रै हो । उनी बारीमा तरकारी, अदुवा, केरा खेती गर्छन् । ‘मल व्यवस्थापनको लागि पनि तरकारी खेती गरिरहेको छु ।’ उनी भन्छन् । माछापालनमा पनि उनको लगाव छ । पोखरी खनेका छन् । बाख्रापालनसमेत गरेका छन् । कृषिमा उनी साँच्चै फाइदा देख्छन् । भन्छन्, ‘गर्न सक्दा कृषिमा जताततै मालामाल छ ।’ बिहान ५ बजे शुरु हसने उनको नित्यकर्म साँझको ७ बजे मात्रै सकिन्छ । गाईपालन गर्दै जाँदा अहिले उनमा प्राविधिक ज्ञानसमेत बढ्दै गएको छ । दानापानीदेखि गोठ व्यवस्थापनमा समेत ध्यान पु¥याउनुपर्ने रहेछ भन्ने ज्ञान उनले पाउँदै गएका छन् । त्यति मात्रै हैन, गाईको जातमा ध्यान पु¥याउनुपर्ने राईको अनुभव छ ।