धरान/ सातौं राष्ट्रिय खेलकुदको महाकुम्भ शुक्रबार औपचारिकरुपमा शुरु भएसँगै पूर्वमा खेलाडीहरुको आउजाउ बाक्लिएको छ । आयोजकका अनुसार महाकुम्भमा २ हजार अफिसियलसहित ६ हजार खेलाडीले पूर्वलाई ढाकेका छन् ।पूर्वको झापादेखि उदयपुरसम्मको मैदानहरुमा खेलाडीहरुको आउजाउ बाक्लिएको हो ।
यो क्रम पुष १५ गतेसम्म रहने छ । केही जिल्लामा यो क्रम औपचारिक उद्घाटनपूर्व नै शुरु भइसकेका छन् । जस्तो कि सुनसरीमा महिला पूmटबल र पुरुष पूmटबलका कारण खेलाडीहरुको आउजाउ बाक्लिसकेको छ । यतिका खेलाडी तथा अफिसियलगायतका लागि आयोजकले २८ करोड रुपैयाँ खर्च गर्दैछ । सरकारले २० करोड बजेट यसअघि नै छुट्याइसकेको छ भने बाँकी ८ करोड दिने निर्णय क्याविनेटमार्पmत् भइसकेको छ । बजेट आउने क्रममै छ । यतिका बजेट पूर्वमै खर्च हुनेछ । यता आयोजक राष्ट्रिय खेलकुद परिषद्ले भने यो रकम अपुग हुने बताउँदै आइरहेको छ ।पूर्वमा ३० खेल हुँदैछन् । प्रत्येक दुई–दुई वर्षमा प्रतियोगिता गराउने लक्ष्य राज्यको भएपनि झण्डै ५ वर्षको अन्तरालमा यो प्रतियोगिता भएको हो । २०३८ सालमा यो प्रतियोगिता प्रारम्भ गरिएको थियो । यो प्रतियोगिता राष्ट्रिय गौरवसँगसमेत जोडिएको छ । यसले पूर्वको आर्थिक गतिविधिलाई ह्वात्तै बढाउने आशा राखेप सदस्य सचिव केशवकुमार विष्टले गरेका छन् । खेलकै कारण पूर्वका होटलहरु खेलाडीले भरिभराउ छन् । ‘पक्कै पनि पूर्वमा २८ करोड बजेट मात्रै सकिँदैन, खेल पर्यटनसमेत हुन्छ’, सूचना डेस्कका प्रमुख लवभक्त श्रेष्ठ भन्छन् । प्रतियोगितामा २३ सय पुरुष खेलाडी र १६ सय ६९ जना महिला खेलाडी पूर्व आइपुगेका छन् । बजेट अपुग आयोजकले ३७ करोड बजेट विनियोजन गरेमात्रै प्रतियोगिता सहज ढङ्गले सम्पन्न हुने दाबी गर्दै आएको छ । सरकारले बजेटमार्पmत् गरेको २० करोड र क्याविनेट निर्णयको ८ करोडले साताव्यापी चल्ने प्रतियोगिता सम्पन्न हुन मुश्किल हुने कर्मचारीहरु बताउँछन् । ‘सात करोड रुपैयाँ खेलाडीहरुको भत्तामा मात्रै जान्छ’, राखेपका कर्मचारी एवम् धरानका लागि बसोबास व्यवस्थापन समिति संयोजक कुमार बस्नेत बताउँछन् । उनका अनुसार खेलाडीहरुको लागि एकजना बराबर १४ सयका दरले ६ करोड ७५ लाख चानचुन भत्ता वितरण गर्नु पर्ने हुन्छ । यस्तै पाँच विकास क्षेत्रमा क्षेत्रीय छनौटको लागि १४ करोड ७५ लाख रुपैयाँ सकिएको उनी दाबी गर्छन् । ‘यो हिसाबले ३७ करोडभन्दा तलले यो कार्यक्रम सम्पन्न हुँदैन’, उनले भने, ‘सरकारसँग ३७ करोड माग गरेका छौं । अहिले दिएकोबाट ९ करोड अभैm अपुग हुने देखिन्छ ।’ खेल पोशाकमा मात्रै २ करोड खर्च भएको छ । यस्तै यातायातमा ९ करोडको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । कुन खेल कहा“ ? पूर्वमा ३० खेल खेलाइँदैछ । पाँचवटा खेल राजधानी र पोखरामा हुँदैछन् । पूर्वमा पूmटबल, भलिबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, भारत्तोलन, कराते, कवड्डी, कुस्ती, ब्याडमिन्टन, उस्सु, जुडो, बास्केटबल चेस, हेण्डबल, आइटिएफ, फुलकन्ट्याक कराते, सुटिङ, क्रिकेट, खोको, आर्चरी, साइक्लिङ, टप टेनिस, सेपाकटाक्रो, हक्की, जिम्न्याष्टिक लगायत खेलहरु हुँदैछन् । पोखरामा लनटेनिस र काठमाडौंमा फेन्सिङ, ट्रायथलन, पौडी र शारीरिक सुगठन हुँदैछ ।पूर्वको झापा, मोरङ, सुनसरी, धनकुटा, सिरहा, सप्तरी र उदयपुरमा खेल हुने तय भएको छ । झापामा महिला र पुरुष बक्सिङ, ब्याडमिन्टन, जुडो, आइटिएफ तेक्वान्डो र जिम्न्यास्टिक खेल हुनेछन् । मोरङमा टेबलटेनिस, महिला र पुरुष कबड्डी, महिला र पुरुष ह्यान्डबल, हकी, सुटिङ, सफ्ट टेनिस तथा महिला र पुरुष क्रिकेटको खेल हुनेछन् । सुनसरीमा खोखो, सेपाकटाक्रो, साइक्लिङ, महिला र पुरुष पूmटबल, एथलेटिक्स, तेक्वान्दो, महिला र पुरुष भलिबल, उसु, महिला र पुरुष बास्केटबल तथा फुलकन्ट्याक्ट तेक्वान्दो खेल हुनेछन् । सप्तरीमा भारत्तोलन, सिरहामा कुस्ती, धनकुटामा चेस र उदयपुरमा आर्चरी खेल हुने आयोजकले जनाएको छ । केमा कति स्पर्धा ? ३० खेलमा दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि खेलाडीहरुबीच स्पर्धा हुँदैछ । जस अन्तर्गत महिला र पुरुष पूmटबल १÷१ स्वर्णमा स्पर्धा हुँदैछ । यसैगरी, एथलेटिक्स ३६, पुरुष बक्सिङ १०, महिला ९, तेक्वान्दो १६, कराते १७, महिला र पुरुष भारत्तोलन १९, महिला र पुरुष भलिबल १÷१ स्वर्णपदकको लागि खेलाडीहरुबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तै, टेबलटेनिस ७, महिला–पुरुष कपर्दी १÷१, कुस्ती ८, ब्याडमिन्टन ७, उसु २३, जुडो २१, महिला र पुरुष बास्केटबल १÷१, चेस २, महिला र पुरुष ह्यान्डबल १÷१ स्वर्ण पदक रहेका छन् । आइटिएफ २७, फुलकन्ट्याक कराते १०, हकी १, पुरुष स्क्वास ३, महिला स्क्वास २, सुटिङ ८, जिम्न्यास्टिक १२, महिला र पुरुष लनटेनिस ६, सफ्टटेनिस ७, महिला र पुरुष क्रिकेट १÷१, साइक्लिङ २, आर्चरी ११, सेपाकटाक्रो ८, महिला र पुरुष खो–खो २ र फेन्सिङको ८ गरी कूल २ सय ९४ स्वर्ण पदकको लागि स्पर्धा भइरहेको छ ।