krusडिसेम्बर महिना लाग्नेबित्तिकै नेपालमा मात्र होइन, विश्व नै खीष्टमसमय हुन्छ । पछिल्लो समय नेपालका ठूलाठूला शहरदेखि कुनाकन्दराका गाउ“गाउ“मा समेत यो उत्सव मनाउने प्रचलन बढ्दो देखिन्छ । के इसाई के गैरइसाई, धेरैजसोले ख्रीष्टमसलाई क्रमशः आप्mनोपन अर्थात् नेपालीपनमा ढाल्दै धुमधामका साथ मनाउन थालेका छन् । विभिन्न शैक्षिक संस्था, क्लब, जमात्, समूह, समाज तथा विभिन्न समुदाय, होटल, पार्टी प्यालेस, बजार र विभन्न सार्वजनिक स्थान ख्रीष्टमसको रौनकले भरिभराउ र सजिसजाउ हुने गरेका छन् यद्यपि यसको वास्तविक सत्यता सबै मानिसलाई थाहा नहुन सक्छ । यसर्थ यस विषयमा यहा“ केही चर्चा गर्नु उचित होला ।

डिसेम्बर २५ अर्थात् पुस १० गते विश्वका लगभग सबै देशमा मनाइने इसाईहरुको महान् पर्व ख्रीष्टमस येशू ख्रीष्टको जन्मस“गै मनाउने गरिएको एक विशेष ऐतिहासिक पर्व हो । यस पर्वलाई विश्वले उत्सवको रुपमा मनाइरहेको २०१६ वर्ष भइसकेको छ । सम्पूर्ण ब्रह्माण्डको अति सुन्दर सृष्टिस“गै मानिसको पाप र पतनपछि पापी मानवलाई पापबाट मुक्त गराउन ईश्वर स्वयं नै मानव रुप धारण गरी येशूका नाममा आए जसको अर्थ पापबाट स्वतन्त्र गराउने उद्धारक (मसीह) हुन्छ । उनै येशूलाई ईश्वरले मानव मुक्तिका लागि वलिदान गर्ने जिम्मेवारी दिएर पठाएका कारण ख्रीष्ट अभिषेक भनिएका हुन् । कन्या केटीको गर्भबाट जन्म लिई मानवको बीचमा आएका हुनाले ख्रीष्टमस भनिएको हो । बाइबलीय दृष्टिकोणबाट हेर्दा यसको महत्व अति उच्च छ, जो सबै मानव जातिका लागि अपरिहार्य जस्तै छ । ख्रीष्टमस र यसको महत्व यसको महत्व विश्वव्यापी रुपमा र खासगरी पवित्र धर्मशास्त्र बाइबलमा चर्चा गरिएअनुसार ज्यादै ठूलो महत्व छ । सृष्टिकर्ता परमेश्वर र मानवबीचको बिग्रिएको सम्बन्धलाई पुनःस्थापित गर्ने ईश्वरीय योजनाअनुरुप ईश्वर स्वयं आजभन्दा २०१६ वर्ष पहिले येशू ख्रीष्ट बनेर आए । स्वर्गबाट ईश्वर स्वयं नै मानव बनेर आउनु र मानव मुक्तिका लागि क्रमशः क्रुसमा बलि हुनु अनि ईश्वरकै योजनामा येशू ख्रीष्ट मृत्युबाट ब्यू“तेर पुनः स्वर्ग जानुले विशेष महत्व राख्दछ । नेपालमा कहिलेदेखि मनाउन थालियो ? पृथ्वीनारायण शाहका पालामा क्यापुचियन धर्मगुरुहरूले नेपाल खाल्डोमा आएर येशूका बारेमा र मानव मुक्तिका बारेमा बताएपश्चात् करीब ५० जना नेवारहरूले येशू ख्रीष्टमा विश्वास गरेर सङ्गति गर्दैगर्दा तत्कालीन सरकारले तीमध्ये केही व्यक्तिलाई देशनिकाला गरी भारतको बेतनिया पु¥यायो । त्यसपछि भारतको दार्जिलिङ्, कोलकाता, आसाम र विहारका कतिपय भागमा रहेका नेपालीभाषीहरुले येशूमा विश्वास गरेपछि वि.सं.२००७ साल र २०१३÷१०१४ सालदेखि नेपालमा इसाईहरु बढेस“गै ख्रीष्टमस मनाउन थालियो । २०६२÷०६३ को दोस्रो जनआन्दोन र १० वर्षे माओवादी जनयुद्धपछिको गणतान्त्रिक मुलुक नेपालले नया“ का“चुली फेरेर यहा“सम्म आइपुग्दा जनताले परिवर्तनको खासै अनुभूति गर्न पाएनन्, बरु झनै विकृति र विसङ्गति मौलाएर जनताका प्रतिनिधिले लेखेको संविधान र प्राप्त उपलब्धिसमेत गुम्ने खतरा बढ्दै गएको हामी सबैको सामु घामभैmँ छर्लङ्ग भएको छ ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीकरण जस्ता जनताले प्राप्त गरेका हक, अधिकार, समान अस्तित्व सर्वस्वीकार्य हु“दाहु“दै पनि संविधान कार्यान्वयनका निमित्त राजनीतिक दल र तिनका नेताहरूले खेलेका भूमिकाले गर्दा सङ्क्रमणकालीन अवस्था लम्बिनु अवश्य पनि राम्रो सङ्केत होइन । यद्यपि विश्वसामु आपूmलाई गणतान्त्रिक नेपालको चिनारीमा प्रष्ट रुपमा उभ्याउनका लागि हालसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न संविधान कार्यान्वयनभन्दा अर्को विकल्प अवश्य छैन । धर्मनिरपेक्षतासम्बन्धी अन्योल  कसैले दुधालु भैँसी किनेर ल्याउ“छ भने भैँसीस“ग सिङ पनि आउ“छ, पुच्छर पनि आउ“छ, सिङ र पुच्छरविनाको भैँसी अवश्य पनि भैँसी नहोला । त्यसरी नै गणतान्त्रिक मुलुक नेपालको स्वरुप पनि धर्मनिरपेक्षताविनाको वा एकल धर्मसापेक्ष नेपाल त्यो गणतान्त्रिकमूलक सुहाउँदो अवश्य नहोला ।धर्मनिरपेक्षता भन्ने शब्द र यसको बनावट युरोपियन मुलुकबाट शुरु भएको पृष्ठभूमिलाई हेर्दा पोपले इसाईकरण गरेको हु“दा धर्म र राज्यलाई अलग गरिनुपर्छ भन्ने मान्यताका साथ उठाइएका आवाजलाई सेक्युलरिजम भनियो अर्थात् दुई तरवारको सिद्धान्तलाई उचित ढङ्गले परिभाषित गरियो ।

पछिबाट युरोपका अधिकांश देशहरु धर्मनिरपेक्ष भएर आजसम्म पनि धर्म र राज्य अलग अवस्थामा रहेको छ, त्यसरी नै नेपालमा पनि २५० वर्षभन्दा बढी एकल धर्मसापेक्ष राष्ट्रको रुपमा शासनसत्ता र धर्मलाई एकै ठाउ“मा राखेर राज्य सञ्चालन गरेका कारण जनतामा जनचेतना भएस“गै राजनीतिक दलबाट उठाइएको धर्मनिरपेक्षताको एजेण्डालाई नेपालका इसाईहरुले पनि समर्थन गर्दै आएको अवश्य हो । यद्यपि नेपाली इसाईहरुका लागि धर्मनिरपेक्षता नै विशेष एजेण्डा भने होइन । इसाईहरुले विश्व इतिहासलाई र नेपालकै सन्दर्भमा पनि सात दशकभित्र उनीहरुले झेलेका विविध दुःखकष्ट र विभेदलाई चिर्दै आज नेपालभित्र र बाहिर गई करीब ४० लाख नेपालीभाषी इसाईहरुको एउटै उद्देश्य भनेको येशू ख्रीष्टबाट आपूmले पाएको शान्ति मुक्ति र परमेश्वरस“गको मिलाप नै प्रमुख कुरा हो । बहानामा होस् वा राजनीतिक भ¥याङका रुपमा धर्मनिरपेक्षता भन्नेबित्तिकै इसाई धर्मावलम्बीलाई हेरिन्छ, दुधालु भैँसी मन प¥यो तर सिङ र पुच्छर चाहि“ मन परेन भन्नु उचित नहोला ।

धर्मनिरपेक्षता इसाई धर्मावलम्बीको एजेण्डा नभएर यो त एकल धर्मको आडमा गरेको शासन भत्काउन ल्याइएको एउटा औजार मात्र हो ।एकल धर्मले लामो समयसम्म राज्य सञ्चालन गरेको नेपालको राजनीतिक अवस्थालाई चिर्न राजनीतिक दलबाट धर्मनिरपेक्षताको एजेण्डा ल्याइएको हो । इसाई धर्मसँगमात्र सम्बन्धित नभएर सम्पूर्ण अल्पसङ्ख्यक जातजाति, भाषा, धर्म र संस्कृतिका समुदायको मर्मलाई सम्बोधन गर्दा राजनीतिक वातावरण सहज हुने उद्देश्यले ल्याइएको उक्त एजेण्डाअनुरुप नेपालको संविधान २०७२ जारी हु“दा भने ‘धर्मनिरपेक्षता’ भन्ने शब्द राखिए पनि त्यसको व्याख्या र व्यवहार सरासर एकल धर्मकै पृष्ठपोषण हुने गरी ल्याइएको छ । त्यसैमा टेकेर बन्दै गरेको कानूनले नेपाली इसाई मात्र नभएर सम्पूर्ण अल्पसङ्ख्यक धर्मावलम्बीहरूको भावना र अधिकारलाई कुण्ठित गर्ने गरी राज्यले विभेदकारी नीति अवलम्बन गर्नेतर्पm उन्मुख भएबाट नै के प्रष्ट हुन्छ भने राज्यको नीति धर्मनिरपेक्षभन्दा पनि यसलाई ठीक विपरीत ढङ्गमा प्रयोग गरी इसाई धर्मावलम्बीलाई निस्तेज गर्ने नीति देखिन्छ । उदाहरणका लागि, धर्म परिवर्तनको आरोप, प्रचारमा रोक, चर्चहरुलाई राज्यले दिनुपर्ने सुविधाको सट्टा अनावश्यक चासो, ख्रीष्टमसको विदा कटौती (सीमित) जस्ता कुराहरुले इसाईहरुलाई हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ । धर्मनिरपेक्षता भन्नेबित्तिकै इसाईको मात्रै भन्ने बुझाइले गर्दा गणतान्त्रिक मुलुक नेपालका चारवटा आधार स्तम्भमध्येको धर्मनिरपेक्षतालाई गलत व्याख्या गर्दै नेपालको वर्तमान राज्यव्यवस्थालाई नै चुनौती दिइरहेको स्पष्ट हुन्छ ।धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्ष राष्ट्र वा धर्मसम्बन्धी राज्य मौन । यी दुई विकल्पमध्ये एउटा विकल्पलाई राज्यले अख्तियार गर्न सकेको भए वास्तविक गणतान्त्रिक मुलुक नेपाल राज्य र धर्मको हकमा स्पष्ट हुने थियो र जनता अलमलमा पर्ने थिएनन् । सबैको समान हकअधिकार सुनिश्चित हुने थियो ।अन्त्यमा ख्रीष्टमसको पावन अवसरमा देशमा शान्ति, अमनचयन तथा धार्मिक सहिष्णुतासहित देश शान्ति र मेलमिलापसहित समृद्धितर्प अघि बढ्न सकोस् ।