dhanखेलको मेरुदण्ड त्यसका खेलाडी हुन्छन् । खेलको सबै आकर्षण खेलाडीमा टिकेको हुन्छ । राम्रो प्रदर्शनबाट राम्रो खेलाडीको पहिचान बनाएर उनीहरुरूले धेरै कुरा प्राप्त गर्न सक्छन् । विद्यालय, महाविद्यालय, विश्वविद्यालय वा संस्थागत स्तरबाट आफ्नो करिअर शुरु गरेर क्षेत्रीय तथा राष्ट्रिय स्तरको टीममा छनोट हुने प्रयास गर्नुपर्छ । पूर्वी नेपालमा शुरु भएको सातौँ राष्ट्रिय खेलकुदले पूर्व खेलकुदमय बनेको छ यतिबेला । पूर्वका मुख्य शहरहरु अहिले खेलाडीमय बनेका छन् । प्रत्येक आमाबुबाको चाहना हुन्छ, छोराछोरी डाक्टर, इञ्जिनियर, चार्टर्ड एकाउन्टेन्ट बनून् तर कुनै पनि आमाबुबा आप्mना छोराछोरी खेलाडी बनेको हेर्न चाहँदैनन् । यद्यपि आज समय फेरिएको छ । खेलप्रति आमजनमानसमा अभिरुचि र त्यसको स्वीकार्यता बढेको छ । युवाहरू खेलको क्षेत्रमा पनि आफ्नो भविष्य बनाउने कुरामा जागरूक छन् । सरकार तथा खेलकुद मन्त्रालयदेखि राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूले अहिले खेलकुदको विकासमा ठूलो रकम खर्च गर्न थालेका छन् । खेल क्षेत्रमा भइरहेको उल्लेखनीय प्रगतिले देशमा नयाँ आयाम थपिरहेको छ । आम मानिसको खानपान, जीवनशैली, रहनसहनमा ठूलो परिवर्तन आएको छ । आज प्रविधिले त झन् छलाङ मारिसकेको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक, शारीरिक रूपमा स्वस्थ रहनु झन् बढी आवश्यक छ । हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवामा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । राम्रो प्रतिभा, क्षमता हुँदाहुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेका हुन्छन् । खेलकुदप्रति आम युवाको आकर्षण बढाउँदै लैजानुपर्ने आवश्यकता बढेर गएको छ । गाउँबाटै खेलकुदका गतिविधिलाई अगाडि बढाउँदै जानुपर्छ । खेलकुदलाई तल गाउँ, टोलसम्म पुयाउने लक्ष्य हुनुपर्छ । विभिन्न ठाउँमा छरिएर रहेका खेलकुदका प्रतिभालाई प्रस्फुटन गराई अवसर प्रदान गराउने अग्रजको रूपमा स्थापित गराउन जरूरी छ । नेपालमा खेलकुदको लामो इतिहास हुँदाहुँदै पनि राज्यको अहिलेसम्मको खेलकुदप्रतिको उदासीनताका कारणले नै खेलकुदको विकास हुन सकिरहेको छैन । युवा तथा खेलकुद मन्त्रालय भए पनि यो मन्त्रालयले आपूmमातहत खेलकुद परिषद्मा आफ्ना मानिसहरू कसरी नियुक्ति गर्ने भन्ने राजनीतिक दलको होडबाजीकै कारणले समग्र खेल क्षेत्र र खेलमा प्रतिभा भएका युवामा निराशा उत्पन्न हुने अवस्था सिर्जना गर्ने राज्य नै खेलकुदको बाधक बनिरहेको छ । राज्यबाट बन्ने सही नीतिविना र नीति, अनुशासन पालन गर्नुपर्नेहरू सबै जिम्मेवार नबनुञ्जेल समग्र खेल क्षेत्रको विकास हुन सक्दैन । राज्यमा बस्नेहरू गम्भीर बनून् । कर्मचारीको दशै“ खेलाडीका लागिभन्दा पनि कर्मचारीहरुका लागि भने सातौँ राष्ट्रिय खेलकुद दशैँजस्तै भएको छ । राज्यको ढुकुटीबाट करोडौँ रुपैयाँ खर्चेर तामझामका साथ उद्घाटन गरिएको सातौँ राष्ट्रिय खेलकुद बाहिर देखिएजस्तो भने छैन । कर्मचारीहरूको मनपरीतन्त्रमा खेल शुरु भइरहेको छ । सातौँ खेल्नुअघि क्षेत्रीय छनोटहरु भए तर छनोटमा जिल्लाबाट प्रतिष्पर्धाको आधारमा भने पक्कै कोही आएका छैनन् । आफन्त र छिमेकीलाई लिएर आउने प्रयासबाहेक केही भएन । खेल क्षेत्रमा खट्ने खेलाडीको भन्दा पनि कर्मचारीहरुका लागि भने सातौँ खेलकुद दोस्रो दशैँको रुपमा आयो । खेलाडी छनोट प्रक्रियादेखि नै कर्मचारीहरुको रजाइँ चल्यो तर खेलाडीको दक्षता अभिवृद्धिमा कसैले ध्यान दिएनन् । कर्मचारीहरूलाई भत्ता पोस्नबाहेक खेलाडीको खासै प्रगति नहोला । अव्यवस्थित रुपमा शुरु भएको यो सातौँ राष्ट्रिय खेलकुदबाट खेलाडीको विकास गर्नेभन्दा पनि कर्मचारी पोस्ने काम धेरै भएको छ । कर्मचारीहरूले विभिन्न बहानामा गोजी भर्ने काम गरेका छन् । सरकारले दिएको दिनको १४ सय भत्ता पनि खेलाडीले नपाउलान् भन्ने डर छ । विभिन्न बहानामा फुर्मासी रुपमा खर्च गरिए पनि खेलाडीहरूलाई भने पुरस्कार दिनसम्म कन्जुस्याइँ गरिएको छ ।

khel अव्यवस्थित मैदान शुक्रबार विराटनगरमा तामझामका साथ प्रतियोगिताको उद्घाटन भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सातौँ राष्टिय खेलकुद महोत्सवले खेलाडीहरूमा उत्साह थपेको पक्का हो । खेल क्षेत्रमा लामो समयदेखि लागेकाहरूका लागि पनि यसले एउटा नयाँ आयाम थपेको छ । तर अधिकांश खेलमैदान भने अव्यवस्थित छन् । कुनै टोले प्रतियोगिता आयोजना गरे जसरी नै प्रतियोगिता भइरहेका छन् । करोडौँको लगानीमा भइरहेका भौतिक संरचनाहरूको निर्माण कार्य सम्पन्न भइसकेको छैन । सरकारी बेवास्ताकै कारण निमार्ण कार्य ढिलो हुँदा अधिकांश निमार्ण कार्य अपूरै छन् । दुई वर्षअघि नै पूर्वाञ्चलमा साताँै राष्ट्रिय खेलकुदको आयोजना गर्नुपर्ने थियो तर मैदानको व्यवस्थापनसँगै संविधानसभाको निर्वाचन तथा राखेपका तत्कालीन सदस्य सचिव युवराज लामा र खेलकुदमन्त्री पुरुषोत्तम पौडलको जुहारीका कारण प्रतियोगिता समयमा हुन सकेन । अहिले प्रतियोगिता भइरहेको छ, यसमै चित्त बुझाउनुको विकल्प छैन । प्रतियोगिताको उद्घाटन विराटनगरको शहीद रङ्गशालामा भयो भने समापन धरानस्थित अखिल नेपाल पूmटबल सङ्घको खेलमैदानमा हुने छ । खेल पत्रकारको अभाव खेलको बढ्दो लोकप्रियताले खेल पत्रकारितालाई प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा एउटा छुट्टै पहिचान दिएको छ तर पूर्वमा भने अहिले पनि खेल पत्रकारहरुको उत्पादन खासै भएको छैन । धरान र अन्य क्षेत्रका केही पत्रकारबाहेक खेल क्षेत्रमा राम्ररी कलम चलाउन सक्ने पत्रकार पूर्वमा छैनन् भन्दा अन्यथा नहोला । यो क्षेत्रमा दक्ष पत्रकार अभावकै कारण ठूला मिडियाले काठमाडौँबाट खेल पत्रकार आएका छन् । पत्रकार पठाएरै महत्व दिनु, पूmटबल, टेनिस, एथलेटिक्स, भलिबल आदिलाई पत्रिका, रेडियो तथा टेलिभिजनमा जुन ठूलो कभरेज मिलेको छ, त्यसबाट खेल पत्रकारिताको व्यापकतालाई सजिलै बुझ्न सकिन्छ । मोफसलमा बस्ने पत्रकारहरू कुनै एउटा बिटमा पोख्त हुन सक्दैनन् । धेरै विषयका समाचार एकैजनाले लेख्नुपर्ने बाध्यताका कारण उनीहरू कुनै एउटा विषयमा दक्ष हुन सकेका छैनन् । यस्तो अवस्थालाई दृष्टिगत गर्दै पत्रकार महासङ्घले खेल क्षेत्रमा दक्ष पत्रकारहरू उत्पादन गर्नु आवश्यक देखिन्छ । पूर्वमा भइरहेको प्रतियोगितामा काठमाडौँबाट पत्रकार ल्याउनुपर्ने अवस्था कसको कारणले आयो ? यस विषयमा गम्भीर नभई रोजीरोटी खोसियो भन्दै पत्रकार सम्मेलनमा उफ्रिनेले केही सोच्ने हो कि ? खेलकुदका समाचार राम्ररी लेख्न नसक्ने भएकै कारणले काठमाडौँबाट पत्रकार आएका हुन् भन्ने बुझीबुझी बुझ पचाउनुभन्दा दक्षता अभिवृद्धिमा लाग्नु अपेक्षित छ । तसर्थ पत्रकार महासङ्घले खेल क्षेत्रका समाचार लेख्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।