bisnuधरान/पितापुर्खाको परम्परालाई यथावत राख्न मोरङ अमडुवा–५ का धनबहादुर कार्की धरानको पिण्डेश्वर मन्दिरमा तीर्थश्राद्ध गर्न आइपुगे । बिहानै आइपुगेका उनी करीब १० बजेसम्ममा श्राद्ध सकेर फिर्न लागेका थिए ।हरेक वर्ष पौषे औंशीमा पितृहरुको सम्झनामा तीर्थश्राद्ध गर्ने चलन पुरानै हो । बराह पुराणको एक सय ४० अध्यायमा भगवान विष्णु र उनकी प्रिया लक्ष्मीले नेपालको विष्णुपादुका क्षेत्रमा आएर पितृश्राद्ध गरेको उल्लेख छ ।

त्यही कालखण्डदेखि नै पितृहरुको मोक्ष प्राप्तिको लागि तीर्थश्राद्ध गरिने चलन रहेको कार्की बताउँछन् । ‘उहिलेदेखि गरिँदै आएको चलनलाई निरन्तरता दिएको हो’, उनले भने । ब्लाष्टकर्मी पुग्दा उनले श्राद्धकर्म लगभग सकेका थिए । ‘पितृले मोक्ष पाउँछन् भन्ने विश्वास भएर आएको हुँ’, उनले थपे ।पितृ उद्धारका लागि तीर्थश्राद्ध गर्न धरान–२६ को विष्णुपादुका प्रख्यात छ । यहाँ तीर्थश्राद्ध गरेमा गया, काशीसमेत जानु पर्दैन भन्ने विश्वास रहीआएको पण्डित पुरुषोत्तम नेपालले बताए । त्यही अनुसार विष्णुपादुका आउने भक्तालुहरुको चाप हरेक वर्ष बढ्दै गएको छ । चारधाम मध्येको सुनसरीको बराहक्षेत्रस्थित कोकाकौशिकी सङ्गमस्थलमा समेत पितृश्राद्ध गर्ने प्रचलन बढ्दै गएको छ । फुर्सद निकालेर तीर्थयात्रामा हिँडेका मानिसहरु विष्णुपादुकासहित कोका–कौशिकी र पिण्डेश्वर मन्दिरमा पनि पुग्ने गरेका छन् । पिण्डेश्वर परिसरमै श्राद्ध गरेको अवस्थामा भेटिएका मोरङ विराटनगर–४ कञ्चनबारीका मुरारीप्रसाद गजुरेल पितापुर्खाले गरेको कर्मलाई छोरानातिहरुले अनुसरण गरिरहेको बताउँछन् ।

बराहद्वारा स्वागत गेट सौजन्य पाँचकन्या/ धरान–५ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले धरानस्थित विष्णुपादुका मन्दिर परिसरमा स्वागत गेट सौजन्य गरेको छ । गत साल पनि श्रद्धालु भक्तजन र पर्यटक महानुभावहरुलाई स्वागत गर्ने उद्देश्यले यस्तै गेट निर्माण गरेको शाखा प्रमुख मानबहादुर दियाली (विश्वकर्मा) ले जानकारी दिए । यस्तै, प्रालिले विजयपुर एफएमका लागि धार्मिक कार्यक्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रायोजन गरिएको उनले बताए । ‘धार्मिक कार्यक्रम हुँदा पर्यटक भित्रिन्छन् यसले धरानको पर्यटनको विकासमा सहयोग पुग्ने भयो’, उनले भने, ‘विशेषतः धरानलाई नै सपोर्ट होस् भनेर यस्ता कार्यक्रम गर्दै आएका छौं ।’

उनी यसअघि विष्णुपादुका र बराहक्षेत्रको कोका–कौशिकी सङ्गमस्थल पुगिसकेका छन् । ‘यो तेस्रोपटक हो, अर्को वर्षदेखि घरमै गरिन्छ’, उनले सुनाए, ‘सक्दाखेरि काशी, गयासमेत जानू भनेर भन्छन् । तर, हामी त्यता जान सकिँदैन, यतै गर्ने हो ।’ उनले आपूmलाई कस्तो अनुकुल पर्छ त्यहीअनुसार नेपालकै धामहरु गएको बताउँछन् । परम्परागत मान्यतालाई स्थापित गराइराख्न पनि कतिपयले पितृश्राद्धलाई विशेष रुपमा लिने गरेका छन् ।पितृ श्राद्ध गरेमा स्वर्गको वास हुन्छ भन्ने विश्वास रहिआएकाले समेत यस्तो कर्म गर्ने प्रचलन रहेको खोटाङ दिक्तेलका नरबहादुर बस्नेतले बताए । ‘पितृहरुको आत्माले चिरशान्ति पाओस् भनेर तीर्थश्राद्ध गरिन्छ । सबैले गर्दा हामीले पनि किन नगर्ने भन्ने हो’, उनले सुनाए, ‘बाउबाजेले गरिल्याएको चलनलाई छाड्नु राम्रो होइन ।’

तीर्थश्राद्ध गर्नेहरुले आपूmसँगै पुरोहितलाई पनि ल्याउने गरेका छन् । पौषे औंशीमा तीर्थश्राद्धकै कारण विष्णुपादुका, पिण्डेश्वर मन्दिरर बराहक्षेत्रको कोकामा लाम लाग्ने गरेको छ । बिहानै नगएमा स्थान अभावसमेत हुने गरेको छ । विष्णुपादुकामा पौषेऔंशीका दिन मेला नै लाग्ने गरेको छ । यहाँ लाखौंको कारोबार हुने गरेको छ । श्राद्धका लागि भारतको सिक्किम, दार्जिलिङ, गान्टोक, लिगुडीदेखि नेपालका पूर्वी भागका श्रद्धालुहरु धरान क्षेत्रमा आइपुग्ने गरेका छन् । टाढा–टाढादेखि तीर्थश्राद्धका लागि सानाठूला गाडी रिजर्भ गरी आउनेको भीडभाडका कारण विष्णुपादुका क्षेत्रमा ट्राफिक व्यवस्थापनसमेत अव्यवस्थित बन्ने गरेको छ । मन्दिर परिसर क्षेत्रमा श्राद्ध गर्नेहरुको भीड थामिनसक्नु हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष दुई दिन औंशी भेटेकोले दुवै दिन घुइँचो लागेको थियो । यता धरानको पिण्डेश्वर मन्दिरमा पनि बिहीबार झण्डै ४÷५ सयले श्राद्ध गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ