gourabनेपाल बहुभाषिक र बहुजातीय देश हो । चार जात र छत्तीस वर्णको साझा पूmलबारी भनिने देशमा धेरै जातजाति र भाषाभाषीका फरक संस्कृति छन् । धरान पर्यटकीय सम्भावना बोकेको शहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार तथा पहाड र तराईको सङ्गम स्थल, भौगोलिक स्थिति, हावापानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरूका साथै यसवरपर रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थल तथा वस्तुहरूले यसको पर्यटकीय सम्भावनाहरूलाई देखाउँछन् ।

धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरू, बाह्रै मास चिसो हावापानी पाइने भेडेटार तथा बेलायतका युवराज चाल्र्स चढेको डाँडा चाल्र्स प्वाइन्ट (भेडेटार भ्यू टावर) तथा धरानमा विकसित हुँदै गरेका विभिन्न पार्कहरूले धरानलाई पर्यटकीय केन्द्रको रूपमा विकास हुन सहयोग पु¥याएका छन् । धरानवरपर रहेका धार्मिक महत्वका स्थानहरू र त्यहाँ लाग्ने मेला वराहक्षेत्र, विष्णुपादुका, रामधुनी, पञ्चायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पु¥याएका छन् । त्यस्तै कोशीटप्पु वन्यजन्तु आरक्षले पनि धरानको पर्यटकीय विकासमा सहयोग पु¥याएको छ ।धरानका विभिन्न जाति, जनजातिहरूका सांस्कृतिक र परम्परागत रहनसहन तथा रीतिरिवाजले पनि पर्यटकीय महत्वलाई सहयोग पु¥याएका छन् । राई जातिको साकेला नाच (उँधौली उँभौली पूजा), लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ जातिको शेलो, गुरुङ जातिको रोदीघर तथा क्षेत्रीबाहुन जातिको बालननाच तथा सङ्गिनी आदिका लागि पनि धरान महत्वपूर्ण थलोको रुपमा रहेको छ ।

सबैलाई आफ्नो संस्कृति प्यारो पनि हुन्छ । धरानमा पनि सबै जातजातिको बसोवास रहेको छ । यीमध्ये धरानमा नेवारहरुको बाहुल्यता छ । अभैm पनि नेवारकै बाहुल्यता रहेको यस उपमहानगरमा आप्mनो संस्कृति जोगाउनका साथै भौतिक पूर्वाधार, मठमन्दिर, अन्य सङ्घसंस्थालगायत सामाजिक, सांस्कृतिक पक्षमा महत्वपूर्ण भूमिका र योगदान रहेको छ । यस समुदायले विशेषतः भौतिक पूर्वाधार निर्माणमा खेलेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ । धरानको उद्गम थलो विजयपुरलाई मान्दा हुन्छ । त्यहाँका मूलवासीका रुपमा तीनवटा समुदाय विशेष रुपमा आउँछन्– नेवार, खनाल र मगर समुदाय । पूर्वी पहाडमा बस्ने, नेपाल र भारतका विभिन्न स्थानमा व्यापार–व्यवसाय गर्ने सिलसिलामा पहाड–मधेश आउजाउ गर्दा रात बसाइका लागि पहाडको फेदी भएको कारणले नेवार समुदायले विजयपुरलाई उपयुक्त वासस्थानको रुपमा पहिचान गरी विजयपुरमा स्थायी रुपमा बसोवास गर्न थाल्यो । त्यसैगरी खनाल जातिलाई लालमोहर लगाएर दन्तकाली मन्दिरको पुजारीको रुपमा पठाइएकाले तथा मगर समुदाय बूढासुब्बाको पुजारीका रुपमा विजयपुरका स्थायी बासिन्दाका रुपमा चिनिन्छन् जब भारतमा अङ्ग्रेज शासकहरुले रेलमार्गको विकास तीव्र रुपमा गर्न थाले, उनीहरुलाई रेलको लिकका बीचमा ओछ्याउने काठको ठूलो मात्रामा आवश्यकता महसुस हुन थाल्यो ।

त्यसैका लागि उनीहरुको आँखा घना जङ्गलमा प¥यो । यही बेला सुब्बा रत्नप्रसाद राणा तथा अङ्ग्रेज दुवैसँग राम्रो सम्बन्ध भएको कारणले भारतमा काठ आपूर्ति गर्ने ठेक्का आप्mनो हातमा पार्न सफल भए । सरकारबाट स्वीकृति लिई धरानको जङ्गल फँडानी गरेर बस्ती बसाउने प्रक्रिया उनले शुरु गरे । त्यसैका लागि तत्कालीन धरान नगरपालिकाले धरानको स्वर्ण महोत्सव मनाउँदा धरान बसाएको भनी सुब्बा रत्नप्रसादकी कान्छी छोरी नारायणदेवी पलिखेलाई सम्मानपत्र दिएको थियो । त्यस्तै, सुब्बा रत्नप्रसादले आप्mनो निजी जग्गा दिएर हालको रत्नरोड तथा देशीलाइनको बाटो खोले । उनै सुब्बा रत्नप्रसादका जेठा छोरा कालीप्रसाद श्रेष्ठले महेन्द्र बहुमुखी क्याम्पसलाई ५ बिघा जग्गा प्रदान गरी क्याम्पस स्थापनामा सहयोग गरेका थिए । त्यस्तै, सुब्बा रत्नप्रसादका माइला छोरा भागवतप्रसाद श्रेष्ठको इच्छाबमोजिम बुहारी साधनादेवी श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र करोडौँको धर्मशाला निर्माण गरिएको छ । उनले नै रत्नरोडबाट गीता मन्दिरतर्पm जाने भागवत मार्ग खोलेका थिए ।

सुब्बा रत्नप्रसादका कान्छा छोरा गोपालप्रसाद कायस्थकी बुहारी सरला कायस्थले पति गोपाल कायस्थको स्मृतिमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाइ पुरस्कार दिन एक करोडको अक्षयकोष स्थापना गरिन् । उनले धरान उच्च अगाडिबाट पुरानो बजार जाने गोपाल मार्ग खोलेकी हुन् । साथै रत्नप्रसादकी नातिनी रम्भादेवी श्रेष्ठले आप्mना पति वसन्त कर्माचार्यको स्मृतिमा करोडौँको धर्मशाला निर्माण गरिन् । सिद्धि नेवा परिषद्को जग सिद्धमान पलिखेले छोराहरूको अंशबण्डा गर्दा नै राखेका थिए । सिद्धि नेवा परिषद् रहेको जग्गा उनले सामाजिक सेवाको क्षेत्रमा लगाउने शर्तमा दिएका थिए । पछि उनका नातिहरु महेन्द्रमोहन पलिखे तथा श्रीकृष्ण पलिखेको सक्रियतामा आप्mना भाइहरुलाई समेत सहभागी गराई धरानको मुटुमा रहेका करोडौँको जग्गा सिद्धि नेवा परिषद्लाई हस्तान्तरण गरियो । तिनै सिद्धिमान पलिखेका जेठा छोरा हरिमान पलिखेले हाल बहुउद्देश्यीय भवनसमेत रहेको जग्गा हाटबजर लगाउनका लागि अमर सेवा समाजलाई दिएका थिए । त्यस्तै, मोहनकुमारी पलिखेले सिंहहेवी मन्दिर निर्माणका लागि जग्गा प्रदान गरेकी थिइन् । त्यस्तै, हालको धरान–१२ स्थित पब्लिक हाईस्कुलको चौरी त्यसकै छेउमा घर भएका गौरीमान श्रेष्ठले प्रदान गरेका हुन् । धरानको अर्को पुरानो समुदाय नेवारभित्रकै लाखे समुदाय हो ।

यसै समुदायका कृष्णमान लाखेले ल्याबोरेटरी मावि निर्माणका लागि जग्गा प्रदान गरे । त्यस्तै, धरानको मुटु मानिने भानुचोकमा समुदायमा धार्मिक भावना जागृत होस् भनी लक्ष्मीनारायण मन्दिरको स्थापना गरे । त्यस्तै, दन्तकाली नजिक रहेको शिव मन्दिर पनि कृष्णमानले नै विजयपुरवासीको सहयोगमा निर्माण गरेका थिए । त्यस्तै, कृष्णमानका पिता जुजुवर सिंहले तीनधारे निर्माण गरेका थिए । जसलाई उनका पनाति वेणुगोविन्द लाखेले जीर्णोद्धार गरे । त्यस्तै, पुतलीलाइनमा सिंहवाहिनी मन्दिरसमेत बनाएका थिए । पुरानो बजारको बस्ती बसेपछि सिंहदेवी चोकदेखि भौडीसम्म ढुङ्गा बिछ्याउने काम कैलाशमान श्रेष्ठले गरेका थिए । यी त केही उदाहरण मात्रै हुन् । यसरी धरानको पूर्वाधार, धार्मिक, सामाजिक विकासमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको छ भन्न सकिन्छ ।