पूर्वी नेपालको सुन्दर नगरी धरानलाई समृद्धितर्प अगाडि बढाउने मूल उद्देश्यका साथ आवधिक योजनाको मूल मर्मलाई आत्मसात् गर्दै ‘नया“ धरान’ निर्माणको अभियानमा जुट्नु हामी सबैको कर्तव्य हो । धरान उपमहानगरपालिकाको हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम (बजेट) निर्माण गर्दा दीर्घकालीन योजनाका साथ अगाडि बढ्नुपर्छ । तसर्थ धरान उमनपाको २०७४÷०७५ को बजेट एवम् नीति तथा कार्यक्रम बनाउने गृहकार्य भइरहेको सन्दर्भमा निम्न प्रस्तावमा आधारित रहेर भोलिको नया“ धरान निर्माणको आधार तयार गर्नुपर्दछ ।धरानले आवधिक योजना तय गरिसकेको छ । सोअनुसार धरान नगरपालिकाको लक्ष्य ‘शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर’ रहेको छ । यो लक्ष्यलाई पूरा गर्न धरान उमनपाले यो आवको नीति तथा कार्यक्रममा नै तपसिलका विषयमा निर्णय गर्नु जरुरी छ ।
धरानका दीर्घकालीन भौतिक पूर्वाधार निर्माणबारे ः
धरानका दीर्घकालीन योजनाहरू सम्पन्न गर्ने लक्ष्यका साथ यसै आवबाट निम्नअनुसार दीर्घकालीन योजनाहरू अघि बढाउनुपर्छ ।
१) धरानमा सञ्चालन भइरहेको खानेपानी आयोजनाबारे — हाल निर्माण भइरहेको धरान खानेपानी आयोजनालाई निर्धारित मितिमा सम्पन्न गर्न तपसिलअनुसार कार्यहरु यसै परिषद्बाट गर्नु आवश्यक छ ।
क) धरान खानेपानी बोर्डलाई संस्थानको सम्पत्ति प्राप्ति ः धरानको खानेपानी आयोजनाको ५६ प्रतिशत कार्य सम्पन्न भइसकेको अवस्थामा बाँकी काम समयमै सम्पन्न गर्न अपरिहार्य हुँदा बोर्डमातहतमा संस्थानलाई ल्याउने कार्य जतिसक्दो चाँडो गर्नुपर्छ । साथै आयोजनाको लागि म्याचिङ फण्डको समेत व्यवस्थापन गर्न आवश्यक तयारी गर्नुपर्छ । मन्त्रालयबाट रुख काट्न अनुमति आइनसकेकोले योजना लम्बिने सम्भावना हुँदा चाँडो गर्न पहल गर्नु आवश्यक छ । यसका लागि नगरपालिकाले सङ्कल्प प्रस्ताव पारित गर्नुपर्छ । विगतमा सङ्घर्ष समितिसँग भएका सहमतिअनुसार बोर्ड संरचना र भ्याट छुटबारे तत्काल मन्त्रालयमा पहल गर्नुपर्छ ।
ख) धरान एयरपोर्ट — धरान विमानस्थलको योजना २०६९ सालमा स्वीकृत भई हाल डेढ करोड बजेटसमेत विनियोजन भइसकेकोले नगरपालिकाबाट नेपाल नागरिक प्राधिकरणलाई सात बिघा जग्गा तत्काल उपलब्ध गराउने निर्णय गर्नुपर्छ । बाँकी निजी जग्गा र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्ने निर्णयसमेत यसै परिषद्बाट गर्नुपर्छ ।
ग) विजयपुर क्षेत्र विकास गुरुयोजना — धरानको ऐतिहासिक परिचयको रुपमा रहेको धार्मिक एवम् पर्यटकीय विजयपुर क्षेत्रको विकासका लागि आवश्यक नीति र योजना निर्माण गरी कार्यान्वयनका लागि विजयपुर विकास निर्माण समिति गठन गर्नुपर्छ । यसै समितिमार्पmत् आवश्यक बजेट विनियोजन गरिनुपर्छ ।
घ) विजयपुर दरबार संरक्षण एवम् विकास समिति — दरबार क्षेत्रको संरक्षण एवम् यस क्षेत्रलाई पुरातात्विक क्षेत्रको रुपमा दर्ता गरी ऐतिहासिक एवम् प्राकृतिक उद्यानको रुपमा विकास गरेर धरानको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो समिति गठन गर्नुपर्छ र आवश्यक बजेट पनि विनियोजन गर्नुपर्छ । ऐतिहासिक वनसहित दरबार क्षेत्र पुरातत्व विभागमा दर्ता, दरबारको पुनर्निर्माण तथा ऐतिहासिक संरचनाको संरक्षण र घेराबारा गर्नुपर्छ । विजयपुर क्षेत्रमा रुद्राक्षरोपण गर्नुका साथै हरित क्षेत्र बनाउनुपर्छ ।
ङ) विजयपुर बजार व्यवस्थापन — विजयपुर बजारलाई सुन्दर रुपमा व्यवस्थापन गर्नुपर्दछ । यसका लागि मौलिक परम्परागत घर बनाउनेलाई उमनपाले सहुलियत दिनुपर्छ । पिण्डेश्वर मन्दिर व्यवस्थापन, बूढासुब्बा मन्दिर व्यवस्थापन, दन्तकाली मन्दिरलगायत मन्दिरको संरक्षण तथा व्यवस्थापन गर्नुपर्छ । विजयपुर चोकमा धरान शहीद स्मारक निर्माण गनुपर्छ । यससँगै पार्किङ स्थलको व्यवस्थापन पनि गर्नुपर्छ ।
२) धरान–८, तीनकुनेमा सुन्दर बस्ती जग्गा विकास आयोजना अगाडि बढाएर जग्गा विकास आयोजना विगतमा विवादका कारण रोकिएकोले सो आयोजनाको समस्या तत्काल समाधान गर्नुपर्छ । यसका लागि यसै परिषद्ले धरान उमनपालगायत कर्मचारीसँग सम्बन्धित जग्गाहरू नपाले नै अधिग्रहण गरी लिनुपर्छ । सो परियोजनामा पीडितहरूको पहिचान गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । साथै सो परियोजनामा बेच्न छुट्याइएको जग्गा दीर्घकालीन प्रयोजनका लागि नपाले नै राख्नुपर्छ ।
(क) बसपार्क — धरान पहाडी क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको हु“दा विगतको कार्यदलले गरेको सिफारिससमेत ध्यान दिँदै धरान–८ को सुन्दर बस्ती विकास आयोजनाको समस्या समाधान गरी सो आयोजनाको बहुआयामिक क्षेत्रमा बसपार्कको निर्माण गर्नुपर्छ ।
(ख) बस स्ट्याण्ड — यातायात सेवालाई सरल र सुलभ बनाउन धरान—१३ जिरोप्वाइट, भानुचोक र तीनकुनेमा बस स्ट्याण्ड निर्माण गर्नुपर्छ ।
(ग) यस्तै धरान–१७ को सप्तरङ्गी पार्क तल्लो क्षेत्रमा बृहत् पार्क तथा पानमारा र विष्णुपादुकामा थप बसपार्क निर्माण गर्नुपर्छ ।
३) बाढी तथा भूक्षय नियन्त्रण गुरुयोजना – धरानको पूर्वमा रहेको सेउती, पश्चिममा रहेको सर्दू र मध्यभागमा रहेका दुई खहरेहरूको दीर्घकालीन संरक्षण एवम् व्यवस्थापनका लागि निम्नअनुसार समितिमार्पmत् एकीकृत योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ ।
(क) सर्दू तटबन्धन तथा सडक निर्माण योजना, (ख) सेउती तटबन्धन तथा सडक निर्माण योजना, (ग) पश्चिम खहरे नियन्त्रण एवम् पूmटपाथ सडक निर्माण योजना, (घ) पूर्व खहरे नियन्त्रण एवम् पूmटपाथ सडक निर्माण योजना । यसका लागि आवश्यक रकम विनियोजन गरी दीर्घकालीन रुपमा योजना निर्माण गरी अगाडि बढाउनुपर्छ ।
४) चक्रपथ (रिङरोड) निर्माण गुरुयोजना — धरानको यातायात व्यवस्थापनका लागि रिङरोड निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनसपर्छ । रिङरोडका लागि निम्नअनुसार क्षेत्र निर्धारण गर्नुपर्छ । तीनकुनेबाट पश्चिम धरान–१७ उदय हुँदै प्रस्तावित बसपार्क सर्दू किनार भएर १३ नं. फुस्रेपूर्व शिवधारा हुँदै सेउती किनार खोरिया बस्तीबाट पश्चिम तीनकुने ।
माथिका कार्यहरु गर्नसमेत समितिहरु निर्माण गरी आवश्यक बजेट विनियोजन गर्नुपर्छ । बाहिरी चक्रपथसमेतलाई ध्यानमा राखी पानमारा ठिङ्गाबारी, मनुवाटार, निसाने, पत्रङबारी, वसन्तटार, शिवधारा, सारङ्गाडाँडा, फुस्रे, तामाखाम, विष्णुपादुका हुँदै वराहक्षेत्र जोड्नुपर्छ ।
५) धरान जोड्ने सडक तथा पुल (लिङ्क रोड) — धरानको समग्र विकासका लागि यस क्षेत्र वरपरका गाउँहरूसँग जोड्ने बाटो तथा पुल आवश्यक हुन्छन् । यसका लगि निम्न योजनालाई कार्यान्वयन गर्न विशेष पहल गर्नुपर्छ । धरान–चतरा मार्गको सर्दू खोलामा पुल निर्माण, विष्णुपादुका मार्गको सर्दू खालामा पुल निर्माण, बगरकोट–पा“चकन्या मार्गको सेउती खोलामा पुल, निराजन–देवीगाउँ मार्गमा सेउती पुल, श्यामचोक–देउरालीमा सेउती पुल, आडा लाइनको सेउती खोलामा पुल, खोरिया बस्तीको सेउती खोलामा पुल, महादेव चोकबाट दक्षिण सेउती खोलामा पुल, धरान–बक्लौरी सडक, धरान–भरौल सडक, धरान–महेन्द्रनगर मार्ग, फुस्रे–तामाखाम–विष्णुपादुका शहीद मार्ग, धरान–केराबारी कालोपत्रे, धरान–चतरा कालोपत्रे, पा“चकन्या–कन्यापोखरी सडक, शिवधारा–शिवजटा–दानाबारी सडक, मङ्गलबारे–विष्णुपादुका सडक तथा कालोपत्रे निर्माणका लागि प्राथमिकताका साथ पहल गर्नुपर्छ । केन्द्रीय बजेटका लागि समेत सिफारिस गर्नुपर्छ ।
५) सप्तरङ्गी पार्क गुरुयोजना — सप्तरङ्गी पार्कलाई सार्वजनिक साझेदारी कार्यक्रमका आधारमा सञ्चालन गर्नुपर्छ । सप्तरङ्गी मूल स्मारक निर्माण पूरा गर्नुपछृ । पार्क क्षेत्रका अन्य बा“की जग्गा घेराबारा तथा शहीद स्मारक निर्माण
पूरा गर्नुपर्छ ।
६) शहर व्यवस्थापन (सिटी प्लानिङ) — धरानको भौगोलिक बनोट भिरालो प्रकृतिको छ । त्यसैअनुसार ड्रेन (ढल) व्यवस्थापनको गुरुयोजना निर्माण गर्नुपर्छ । ढल तथा सडकहरूको दीर्घकालीन गुरुयोजनासहित मापदण्ड तयार गरी लागू गर्नुपर्दछ । यसका साथै सडक, ढल, विद्युत्लगायत तार भूमिगत बनाउनुपर्दछ । यसका लागि एक समिति गठन गरी आवश्यक प्रक्रिया बढाउनुपर्छ ।
७) बजार व्यवस्थापन — बजारलाई सुन्दर तथा व्यवस्थित बनाउन सडक पेटी पूmटपाथ व्यवस्थापन गर्नुपर्छ । यसका साथै आवागमन बढी हुने विभिन्न क्षेत्र तथा चोकहरुमा आकाशे पुल निर्माण तथा विभिन्न चोकहरुको व्यवस्थापन गर्नुपर्छ । सार्वजनिक शौचालय र घुम्ती शौचालयको पनि व्यवस्थापन गर्नुपर्छ । कृषि तथा तरकारी बजारको प्रभावकारी व्यवस्थापन गर्नुका साथै विभिन्न क्षेत्रमा विस्तार गर्नुपर्छ ।
८) सार्वजनिक जग्गा संरक्षण गुरुयोजना — धरानको सम्पूर्ण सार्वजनिक ऐलानी जग्गाको पहिचान तथा संरक्षण गर्ने कार्यका लगि एक समिति गठन गरी यसै आवबाट काम शुरु गर्नुपर्छ । यस्ता सार्वजनिक जग्गाहरूमा सामुदायिक हरियाली पार्क निर्माण तथा तिनलाई आयमूलक काममा प्रयोग गर्नुपर्छ । सडकमा परेको जग्गाको लगतकट्टा अहिलेसम्म नगरिएकोले यसका लागि शीघ्र लगतकट्टा गर्न पहल गर्नुपर्छ ।
९) वातावरण संरक्षण तथा फोहोर व्यस्थापन गुरुयोजना — ‘पूmलबारीको शहर’ भन्ने धरानको पहिचानलाई थप सशक्त बनाउँदै जानुपर्छ । हरियाली कायम राख्न रुख रोप्ने अभियानका साथै सर्दू, सेउती र खहरेहरूमा वृक्षारोपण गनुपर्छ । नगरस्तरीय वातावरण समन्वय समितिको भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्छ । भूक्षय नियन्त्रण र सामुदायिक सरसफाइ कार्यक्रम सञ्चालन गरी घरघरमा फोहोर व्यवस्थापन गर्न प्रेरित गर्नुपर्छ । ल्याण्डफिल साइट र फोहोर हाल्ने झोला व्यवस्थापन गरी वडाहरुमा समेत फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्नुपर्छ । आवश्यक जनशक्ति तथा औजार उपकरणको व्यवस्थापन पनि गर्नुपर्छ ।
१०) सुकम्वासी — धरानमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्ने घरहरूको पहिचान तथा तथ्याङ्क तयार गरी विशेष घर नम्बर उपलब्ध गराई सोही आधारमा धुरीकरको दायरामा ल्याएर उमनपाले नगरवासीलाई दिनुपर्छ । जोखिमयुक्त क्षेत्र तथा सार्वजनिक क्षेत्रका बस्ती व्यवस्थापन तथा संरक्षण गर्नुपर्छ । सुकुम्वासी क्षेत्रमा आवश्यकता तथा प्राथमिकताका आधारमा बाटो र पाइपलाइन व्यवस्थापन गर्नुपर्छ ।
अन्त्यमा मन, वचन र कर्मले नया“ धरान निर्माणको अभियानमा बढौँ । सहमति, सहकार्य र सहभागितालाई हाम्रो मूल मन्त्र बनाऔँ । हजार माइलको यात्रा एक पाइलाबाट शुरु गर्नु छ तर पाइला आजैबाट शुरु गर्नु छ । सोचौँ र अगाडि बढौँ, नया“ समृद्ध धरान निर्माण अभियानमा जुटौँ ।
(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धरान नगर संयोजक हुन् ।)