स्वस्थ, चुस्त, छरितो, छाँटिलो, सुदृढ एवम् आकर्षक बन्न, खेलको स्तर उठाउन, मांसपेशी पिण्डका साथै शक्ति वृद्धि गर्नका लागि शारीरिक बल खर्चेर सम्पादन गरिने विभिन्न शारीरिक क्रियाकलाप व्यायाम हो । व्यायाम थरी–थरी तरिका अपनाएर गर्ने गरिन्छ ।
हजारौं वर्षदेखि ऋषिमुनि आदिले अपनाउँदै आएको योगाभ्यास, शारीरिक भारलाई प्रतिरोधको रुपमा प्रयोग गरिने फिजिकल फिटनेस व्यायाम, कार्डियोभास्कुलर सिस्टम सुदृढ बनाउन गरिने बातापेक्ष्य (एरोकिस) व्यायाम, इण्डोरेन्स व्यायाम, ज्वाइन्ट, टेण्डोन, लिगामेण्ट र मांसपेशीको लचकता र गति पैmलाउन गरिने स्टे«चिङ तथा भारयुक्त अभ्यास (वेट टे«निङ र सिस्ट्यान्स एक्सरसाइज) आदि व्यायाम गर्ने तरिकाहरुमध्येका हुन् ।
यहाँ व्यायाम भनी वेट टे«निङ वा प्रोग्रेसिभ रेसिस्ट्यान्स एक्सरसाइजलाई भनिएको हो । एउटा योग्य प्रशिक्षकको रेखदेखमा महिलाहरुले पनि यो खाले व्यायाम गरेर भरपूर लाभ उठाउन सक्छन् । यस व्यायामका धेरै सकारात्मक पक्षहरुकै कारण आज देशामा पुरुषसरह वेट टे«निङ गर्ने महिलाहरुको सङ्ख्या बढी छ ।
महिलाहरु कोमल एवम् सुकुमारी हुन्छन् । उनीहरुका लागि वेट टे«निङ उपयुक्त हुँदैन भन्नेजस्ता रुढिवादी मानसिकताले समाज आज पनि आक्रान्त छ जसले गर्दा वेट टे«निङप्रति अधिकांश महिलाहरु नकारात्मक सोंच राख्न बाध्य हुन्छन् । यसै सन्दर्भमा सन् १९९३ तिर वाइडर रिर्च टोलीका सदस्यमध्येका बिल डेब्लिन्सले ‘मसल्स एण्ड फिटनेस’ नामक पत्रिकामा एउटा आलेख प्रकाशित गरेका थिए । यिनको आलेखको आशय यस प्रकार थियो–समाजमा महिलाहरुले पुरुषसरह वेट टे«निङ गर्न नहुने रुढिवादी मानसिकता व्याप्त छ जुन मानसिकताको मान्यताअनुसार विकसित मांसपेशी पुरुषत्वको लक्षण हो । वेट टे«निङ गर्नाले महिलाहरु या त पहिलाका ओलम्पिक सटपुट महिलाहरुभैंm भद्दा वा पुरुषजस्तो आकृतिले देखिने हुन्छन् । समाजमा व्याप्त यस्ता रुग्ण मानसिकताका कारण अधिकांश महिलाहरु यस क्षेत्रमा प्रवेश नै गर्दैनन् जसको नतिजा महिलाहरु वेट टे«निङबाट थुप्रै लाभ उठाउनबाट वञ्चित रहन्छन् ।
साँचो अर्थमा पुरुष पुरुषजस्तै र महिला महिलाजस्तै देखिने गर्दछन् । वेट टे«निङले उनीहरुमा विद्यमान् पोटेन्सियल मात्र विकसित गर्दछ । महिलालाई पुरुषजस्तो देखाउने वा पुरुषलाई महिलाभैंm देखाउने काम वेट टे«निङको होइन । यो पनि सत्य हो कि वेट टे«निङ शुरु गर्दैमा नाटकीय ढङ्गमा शरीरमा एकदमै परिवर्तन आइहाल्दैन । चाहेअनुुसारको लक्ष्यमा पुग्ने वेट टे«निङमात्र एउटा माध्यम हो । व्यायाम सम्पादनको सही तरिका, वर्षौंको नियमित टे«निङ, लगन, मेहनत, तपस्या, सहुलियत, पोषणयुक्त भोजन र यथेष्ट आराम यसका महत्वपूर्ण पक्षहरु हुन् ।
वेट टे«निङ गर्न उमेरको हदबन्दी रहँदैन भने लिङ्ग विशेषको छेकवार पनि हुँदैन । त्यस्तै महिलाहरुलाई तथा पुरुषहरुलाई भनी व्यायामका विभिन्न तरिका पनि हुँदैन तर व्यायाम गर्ने जोसुकैको शारीरिक अवस्थाअनुसार व्यायामको तीव्रता, फ्रिक्वेन्सी र भोलुम भने अवश्य नै मिलाउनुपर्ने हुन्छ । त्यसरी व्यायाम शुरु गर्नुपूर्व वार्मअप, व्यायाम सकेपछि कुल डाउन गर्नु, सही श्वास–प्रश्वास तरिका अपनाउनु, ठीक कोषमा सही तरिकाले निस्वादन गर्नु, सम्बन्धित मांसपेशीका चालप्रति ध्यान केन्द्रित गर्दै कन्सेन्ट्रिक कन्ट्रयाक्सनलाई इमान्दारीपूर्वक पालना गर्नु आदिले पनि महत्व राख्दछ ।
अर्कोतर्पm टे«नर्स वा इन्स्ट्रक्टरमा पनि ह्युमेन एनाटोमी र फिजियोलजी सम्बन्धमा सामान्यतया ज्ञान हुनु तथा विभिन्न व्यायाम उपकरणहरुको प्रयोगसहितको व्यायाममा कुन–कुन मांसपेशी र जोर्नीहरु संलग्न रहन्छन् भन्ने समेतको ज्ञान भएका सुनमा सुगन्ध भनाइ चरितार्थ हुन्छ । त्यस्ता असल प्रशिक्षकले ठूला–साना मांसपेशीय समूह, रिकभरी पिरियड, एक्टोमर्क, इण्डोमर्क र मेसोमर्क विशेषको शरीरसमेतलाई ध्यानमा राखी व्यायाम चार्ट तयार गरी टे«निङ गराउँदछ । त्यस किसिमका व्यायाम गुणात्मक हुन्छन् । ती सबै तथ्यहरुलाई ध्यान दिएर महिलाहरुले पनि पुरुषसरह नै वेट ट्रेनिङ गर्न सक्तछन् ।