‘छैनन् आ“खा, तर हामीलाई अन्धा नभन, देशको लागि केही गर्ने छौं धन्धा नमान ।’ २०३७ सालतिरको विद्यार्थी आन्दोलनका बेला कवि मञ्जुलले लेखेको ‘सङ्कल्प सांस्कृतिक परिवार’को गीति सङ्ग्रहमा सङ्कलित ‘छैनन् आँखा तर हाम्लाई अन्धा नभन, देशका लागि केही गर्छौं धन्धा नमान’ बोलको गीत प्रत्येक कार्यक्रममा गाइरहन्छन् धरान–१५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका दृष्टिविहीन छात्रछात्राले । देशको लागि केही गर्ने प्रतिबद्घता व्यक्त गर्ने यी दृष्टिविहिन तथा न्यून दृष्टि भएका बालबालिकाहरु पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका छात्र–छात्रा हुन् । बुधबार विद्यालयको ४० औं वार्षिकोत्सवमा प्रमुख अतिथि बनेर आएका क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका निर्देशक केशवप्रसाद दाहाल साथै अतिथि एवं पाहुनाहरुलाई आफूहरु देशको लागि केही गर्छाैं भन्दै गीतमाफत् नै अठोट व्यक्त गरे । उनीहरुको यो अठोट गीतमा मात्रै सीमित भने छैन । दृष्टिविहीन भएपनि यी बालबालिकाहरुमा थुप्रै क्षमता र प्रतिभाहरु छन् । गगन आले प्रतिभावान छात्र हुन् । उनले यो दुनियाँ देख्न पाएका छैनन् । बुबा मणिराम आलेमगर र आमा चन्द्रकला आले मगरका छोरा हुन् उनी । चैनपुर–१, संखुवासभा घर भएका उनका बाबु भारतीय सेनामा कार्यरत् छन् । बालकक्षादेखि नै यस विद्यालयमा अध्ययनरत् उनी गीत गाउन खप्पिस छन् । हाल कक्षा–६ मा अध्ययनरत उनी १३ वर्षका छन् । सानैदेखि गीत गाउन थालेका उनलाई हाल कार्यक्रममा गीत गाइदिन भन्दै निम्तो आउने गरेको छ । केही महिनाअघि लायन्स क्लब अफ धरानले कार्यक्रममा गीत गाउन निम्तो गरेको थियो । उनको स्वरमा जादु रहेको र स्वरको तारिफ गर्दै कार्यक्रममा उपस्थित पाहुना, क्लबलगायतले करिब २७ हजार ५ सय रुपैयाँ प्रदान गरेका थिए । सो रकमले विद्यालयले ‘गगन आलेमगर सङ्गीत कोष’ स्थापना गरिदिएको छ । यस्तै, सुनिता भुजेल, कक्षा–४ मा पढ्छिन् । उनी नृत्यमा खप्पिस छिन् । मनिका निरौला, कक्षा–९ कविता लेख्न र भन्न खप्पिस छिन् । यी त दृष्टिविहीन बालबालिकाहरुले देखाएका केही उदाहरण मात्रै । अधिकांश विद्यार्थी प्रतिभा देखाउन खप्पिस छन् । हरेकले आफूमा भएको प्रतिभालाई प्रस्तुत गरेर मख्ख पार्छन् । कसैले बाँसुरी बजाउँछन्, कसैले मादल, कसैले तबला, कसैले हारमोनियम त कसैले ड्रमसेट बजाउँछन् । उनीहरुको कला, प्रतिभा देखेर सहभागीहरु चकित पर्छन् । रमेश प्रसाई यही विद्यालयमा अध्ययन सकेका छात्र हुन् । उनी कविता लेख्न, सुनाउन खप्पिस छन् । अहिले उनी एफएममा कार्यक्रम चलाउँछन् र अध्ययनमा लागिरहेकै छन् । जो उत्कृष्ट बनिन् ‘तिमीले बाटो फे¥यौ अरे’ अनलाइन कभर सङ्स प्रतियोगिताको विजेता सुजता लिम्बू बनेकी छन् । यससँगै उनले नगद १० हजार र एउटा गीत रेकर्डिङको अवसर प्राप्त गरिसकेकी छिन् । गीतकार तथा मोडल दर्पण राईको शब्द र टंक बुढाथोकीको संगीत रहेको ‘तिमीले बाटो फे¥यौ अरे’ गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईको अर्जिनल स्वर रहेको छ । यस चर्चित गीतका लागि ‘कभर सङ्स प्रतियोगिता’ घोषणा गरिएको थियो । यु–ट्युबमा म्युजिक ट्रयाक राखेर गरिएको यस ‘कभर सङ्स प्रतियोगिता’ मा एक हजारभन्दा बढीले सहभागी जनाएका थिए । शारीरिकरुपमा दृष्टिविहीन सुजता उत्कृष्ट ठहरिएकी थिइन् । ‘तिमीले बाटो फे¥यौ अरे’ गीत पुरुष र महिलाको स्वरमा छ । त्यसैले प्रतियोगितामा पनि पुरुष–महिलाले सहभागिता जनाएका थिए । बेग्ला–बेग्लै लक्ष्य बोकेर पढिरहेका दृष्टिविहीन विद्यार्थीहरू पढाइका साथै अरू क्रियाकलापमा पनि उत्तिकै सक्रिय र लगनशील छन् । विद्यालयमा आउने पाहुनालाई स्वागत गर्न होस् या विद्यालयका सांस्कृतिक कार्यक्रममा होस् उनीहरू आप्mनो प्रतिभा देखाउँछन् । अध्ययन सँगसँगै दृष्टिविहीन बालबालिकाहरू गीत, गजल, कविता, नाटक लेखनका साथै वतृत्वकला, हाजिरी–जवाफलगायतमा अब्बल रहेको विद्यालयकी प्रधानाध्यापक केशरी थापाले बताउँछिन् । शिक्षासँगै कला, गीत–सङ्गीतमा दृष्टिविहीनले गर्न नसक्ने केही नभएको बताउँदै उनले भनिन्, ‘तर उनीहरुको लागि खाँचो छ प्रेरणा र हौसलाको ।’ कस्तो हो यो विद्यालय ? ज्ञानचक्षु विद्यालय दृष्टिविहीनहरूकै लागि स्थापना गरिएको पूर्वको एक मात्र विशेष विद्यालय हो । दृष्टिविहीनकै लागि भनेर स्थापना गरिए पनि अहिले विद्यालयमा न्यूनदृष्टि भएका विद्यार्थीलाई विशेष स्रोत कक्षा र दृष्टिविहीनलगायत अन्य बहुअपाङ्गता भएका विद्यार्थीका लागि पनि छुट्टै कार्यक्रम सञ्चालन भइरहेको छ । धरान–१५ मा २०३४ मा स्थापित भएको विद्यालयमा अहिले ८७ जना दृष्टिविहीन विद्यार्थी छन् । दृष्टिविहीनसहित बहुअपाङ्गता भएका बालबालिकासमेत छन् । २०५५ सालसम्म प्रावि रहेको विद्यालय २०६८ देखि कक्षा ९ र २०६९ देखि कक्षा १० सम्मको पढाइ हुन थालेको छ । २०६९ देखि नै दृष्टिविहीनलगायत अन्य बहुअपाङ्गता भएका विद्यार्थीका लागि पनि छुट्टै कक्षाको व्यवस्थापन गरिएको छ । पहिलोपटक २०६९ सालको एसएलसी परीक्षामा सहभागी १० जना दृष्टिविहीनमध्ये ९ जना प्रथम र एक जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । यस्तै, हालसम्मको अभिलेखअनुसार १ सय ४५ जना विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन् । प्रधानाध्यापक थापाका अनुसार धेरैजसो हालसम्म १८ जना शिक्षण पेशामा, नेपाल सरकारको प्रशासनिक, विभिन्न कार्यालयहरुमा कार्यरत् छन् । उनीहरु समाजको उदाहणीय बनेका छन् ।