धनकुटा/धनकुटा जिल्लाको सान्ने गाविसको वडा नं.३ मा रहेको ऐतिहासिक तिनथुने गुफा (उ) मा माघे संक्रान्तीको अवसर पारेर पअिलो पटक स्थानियले मकर मेला लगाउने भएका छन् ।विभिन्न प्रकृति र आकार प्रकारका देवी देवताको जस्तो स्वरुप मुर्तिहरु प्रतक्षरुपमा देख्न सकिन ऐहिासिक गुफामा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले यो वर्षको माघे संक्रान्तिमा मकर मेला लगाउने तयारीमा स्थानियवासी जुटेको सान्ने–२ का तामाङ पुजारी दिलवहादुर तामाङले ब्लाष्टलाई वताएका छन् ।

उनले पटक÷पटक आफु राती सुतेको समयमा गुफामा गएर वत्ति वालेर पुजा गर्दै गरेको सपना देखेपछि आफुले हरेक मंगलवार विहान गुफमा गएर धुपवात्ति गर्ने गरेको वताए । आफुले हरेक मंगलवार गुफामा गएर पुजाआजा गर्न थाले पछि स्थानिय छरछिमेकीले पनि चासो राख्न थालेको र किन पुजा गर्न थालेको भनेर सोध्न थाले पछि यथार्थ कुरा उनीहरुलाई वताए पछि स्थानियवासी पनि गुफा हेर्नको लागी अग्रसर भएको वताए । पुजारी दिलवहादुरले तामाङ भाषामा गुफालाई “उ” भन्ने गरेको र माघे संक्रान्तीको अवसरमा यसपटक तिनथुने गुफामा उमेला अथवा पवित्र जलले मकर नुहाउने माघे संक्रान्ति मेला लगाउने तयारीमा स्थानिय जुटेको वताएका छन् । पुजारी तामाङले गुफा भित्रको चट्टान पत्थरवाट नियमित रुपमा वर्षौ देखी हिउँद वर्षै तातोपानी आउने गरेको, गुफा भित्र नाग देवता, भगवान वुद्धको जस्तो रुप देखिने स्वरुप, गाईको तिन थुन, गुफा भित्रवाट पानी वग्ने खोला रहेको, खोलामा ढुङ्गाको पुल लगाएको, पुलपारि तिन वटा दियो वलिरहेको जस्तो देखिने र त्यस तर्फ मान्छे फर्किएर उभिएको जस्तो आकारहरु देखिने गरेको वताएका छन् ।

तामाङले गुफाको लम्वाई ३० मिटर रहेको र चौडाई गुफाको मुखमा ३ देखी ४ मिटर जति भए पनि मुख्य विभिन्न आकृतिका स्वरुपहरु हेर्न छिर्ने स्थानमा भने एक जना मात्र मान्छे छिर्न सकिने वताएका छन् । उनले गुफाको मुखवाट छिरेर केही मिटर पर गए पछि मात्र विभिन्न आकृतिका देवी देवताको स्वरुप देखिने वताए । स्थानिय ९२ वर्षिया वौद्धधर्मका गुरु लामा कृष्णवहादुर वम्जन तामाङले गुफा कसरी वन्यो होला भन्ने ब्लाष्टको जिज्ञासामा उनले भने “पृथ्वीको श्रृष्टिकालमा नै यो गुफा वनेको हुन सक्ने र सोही वेलामा विभिन्न प्रकृतिका अकार प्रकारका स्वरुपहरु देखिएको हुन सक्ने वताए । ” उनले आफु सान्नेमा जन्मेको ९२ वर्ष भयो थाहा पाउने वा हिड्न सक्ने भए देखी अहिलेसम्म गुफा जिउँका तिउँ रहेको वताए । उनले गुफा भित्र रहेको गाईको चार थुन देखिने चटानवाट दुध आउने गरेको र दुध आएको देखेर सान्नेका ओख्रेली तामाङहरुले खिर पकाएर खाने गर्थे भन्ने किंम्दन्ति रहेको वताए । खिर पकाएर खाने क्रममा एक दिन भने पकाएको खिर उभ्रिएको र उभ्रिएको खिर घरमा लगेर अन्य परिवारलाई खुवाएर भोली पल्ट आउँदा गाईको चारै वटा थुनवाट पानी आएको थियो भन्ने वृद्ध वौद्ध लामा गुरु वम्जनको भनाई छ ।

दुध आउने गाईको थुनवाट पानी आउन थाले पछि एउटा थुन खिर खान पल्केको तामाङहरुले फुटाई दिए पछि तिनथुने उ गुफा भनेर ओख्रेली तामाङहरुले भन्ने गरेको भन्ने किंम्दन्ति रहिआएको लामाले वताएका छन् । त्यसैगरी अर्का स्थानिय समुदायका अगुवा जंगवहादुर तामाङका अनुसार साविक सान्ने–८ र हाल सान्ने–३ मा ग्याम्जन वम्जन थरको तामाङ झाँक्री (बोन्बो) रहेको र उनी तिनथुने गुफावट छिरेर धनकुटा जिल्लाको साविक भिरगाउ गाविस वडा नं.३ किन्ताङ्गमा रहेको मधुगंगा गुफामा निस्किएको भन्ने किंम्दन्ती वताएका छन् ।पाख्रीवास वजार देखी ७ किलो मिटर दुरीमा रहेको तिनथुने गुफावाट निस्किने पवित्र जलले नहाउनको लागी आवश्याक व्यावस्था मिलाउने, गुफाको अवलोकन गर्न जानेवाटो व्यावस्थित् वनाउने र गुफा भन्दा १ किलो मिटर वर खेतमा एक दिने मक्कर मेला लगाउने तयारी भैरहेको स्थानिय युवा गजेन्द्र तामाङले वताएका छन् ।