नेपालमा लागु औषध तथा रक्सी पिउने समस्या बढ्दो छ । लागु औषध सेवन गर्ने बानीलाई ड्रग एवियुज भनिन्छ । खासगरी प्लस टू र क्याम्पस पढ्ने विद्यार्थीहरु यो समस्याबाट प्रभावित देखिन्छन् ।

    कतिपय लागूपदार्थ दुव्र्यसनी यौन रोगबाट पिडित हुन्छन् र  । उनीहरु लागु औषधका लागि  जघन्य अपराधमा संलग्न हुन्छन् । करिब १० प्रतिशत दुव्र्यसनीहरु लागु औषध बेच्ने काम गर्छन् । एक तिहाई दुर्ब्यसनीहरुमा व्यक्तित्वको समस्या देखिन्छ । लागु औषध दुर्ब्यसनीलाई उपचार गर्ने केही उपचार केन्द्रले डाक्टरको सल्लाह बिना औषधि खान दिने र जटिल अवस्था भएपछि अस्पताल ल्याउने गरेको भेटिएको छ ।

    पटक–पटक लागु औषध लिने हुनाले यस्ता मानिसको दिमाग सुस्त हुने र अन्य मानसिक रोग लाग्न गई अशक्त हुन्छन् । घरपरिवारमा झुटो बोलेर पैसा माग्ने र त्यही रकम ड्रगमा खर्च गर्ने गर्छन् ।

    नेपालमा छात्रावासमा बसी पढ्ने विद्यार्थीहरुमा लागु औषध लिन सुरु गरेको प्रमाण पनि भेटिएको छ । यसमा अभिभावक र शिक्षकको चनाखो हुनुपर्ने देखिन्छ । कतिपय आमाबाबुले छोराछोरीलाई छाडा छाडिदिँदा पनि लागु औषध लिने प्रवृति भेटिएको छ । दुर्ब्यसनरोक्न समाज तथा सरकारको पनि दायित्व रहेको हुन्छ ।

नेपालमा लागु औषध दुर्ब्यसनको समस्या जटिल बनेको छ । काठमाडौं उपत्यका तथा भारतसंग सिमा जोडिएका सहरहरुमा दुर्ब्यसन बढ्दो छ । खास गरी स्कुल पढ्ने उमेर वा कलेज पढ्ने बिद्यार्थीहरुमा यो समस्या सुरु हुन्छ तर जुनसुकै उमेरमा पनि यसमा फसेको देखिएको छ ।

कसरी फस्छन् दुर्ब्यसनमा ? खराब साथीभाईको संगत आमाबाबुले छोराछोरीको वास्ता नगर्दा छोराछोरीलाई बढी नियन्त्रण गर्दा लागु पदार्थ सजिलै उपलब्ध हुँदा नयाँ कुरा अनुभव गर्न खोज्दा लागु पदार्थको खराब असर बारे थाहा नहुँदा मानसिक रोगबाट ग्रस्त हुँदा

मनोरञ्जनको साधनको रुपमा लिँदा पारिवारिक बिखण्डन हुँदा

कस्तो अवस्थामा शंका गर्ने ?

बिभिन्न बहानामा  पैसा माग्ने वा धेरै खर्च भयो भने  वा घरमा पैसा मागेमा । घरका परिवारसँग घुलमेल हुन नरुचाउने बढी रिसाउने बिभिन्न बहानामा साथिहरुसँग घरबाट बाहिर निस्कने र ढिला घर आउने छात्राबासमा बसेतापनि पढाईमा प्रगति नभए स्कुलमा कक्षामा अनुपस्थित रहने पाखुरामा सुई लगाएको घाउ पनि हुन सक्छ

के खतरा हुन्छ ? लागु औषधि सेवन गर्नाले औषधि मष्तिस्कमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुग्ने हुनाले मानसिक रोग लाग्छन् । शंका लाग्ने, डर लाग्ने, कानमा आवाज आउने, डिप्रेसन हुने आदि समस्या देखिन्छ । मानिसले दैनिक काम गर्न सक्दैन, रिसाहा बन्छ । इन्जेक्सनबाट औषधि लिँदा हेपाटाइटिस वी तथा एड्स जस्ता रोग लाग्दछन् ।