आगामी फागुन १४ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने गरी त्रिविले निर्वाचन तालिका र निर्देशिका सार्वजनिक गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन पञ्चायती शासकहरूलाई घुँडा टेकाएर प्राप्त भएको नेपालको विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । स्ववियुको भूमिका र यसको गरिमा नेपालको विद्यार्थी आन्दोलनभित्र मात्र नभई समग्र लोकतान्त्रिक, देशभक्तिपूर्ण र राष्ट्रवादी आन्दोलनहरूको इतिहासमा समेत सम्मानपूर्ण उचाइमा रहेको छ । नेपाली विद्यार्थीहरूको हकहित र अधिकारका लागि शैक्षिक आन्दोलनको अगुवाइ गर्दै निरङ्कुशताका विरुद्ध लोकतन्त्रका लागि, हिंसात्मक राजनीतिका विरुद्ध शान्तिपूर्ण समावेशी राजनीतिका लागि, राजतन्त्रका विरुद्ध गणतन्त्रका लागि, भेदभाव, असमानता, अन्याय र अत्याचारका विरुद्ध न्याय, समानता र सामाजिक सुरक्षाका लागि स्वतन्त्र विद्यार्थी युनियनको भूमिकाले ऐतिहासिक महŒव बोकेको छ । सत्ताको ज्यादती र जनविरोधी हर्कतहरूका विरुद्ध जनपक्षीय भावनाको अगुवाइका लागि अनवरत पहरेदारी, खबरदारी, होशियारी र वकालत गर्दै आन्दोलनको अग्रिम मोर्चामा सतिसाल झै  उभिएको स्वतन्त्र विद्यार्थी युनियन यति लामो समयदेखि निर्वाचनमार्पmत् अद्यावधिक हुन नसक्दा आफ्नो जीवनकालकै सबैभन्दा बढी कठिन मोडमा उभिएको छ । विद्यार्थी आन्दोलनको बलबाट २०२० साल भदौ २० गते त्रिविमा पहिलोपटक स्थापित स्ववियु प्रत्येक दुई–दुई वर्षमा निर्वाचनमार्तफ अद्यावधिक हुनुपर्ने नीतिगत व्यवस्था रहेको भए तापनि पछिल्लोपटक २०६५ चैत ६ पश्चात देशभरका क्याम्पसहरूमा निर्वाचन हुन सकिरहेको छैन । २०६५ पछि नियमितरूपमा स्ववियुको निर्वाचन हुन नसकेका कारण तथा २०७० भदौ ८ गते स्ववियुका पदाधिकारीहरूलाई आफ्नो पदीय हैसियतमा कुनै पनि काम नगर्न नगराउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण समेत क्याम्पसहरूमा विद्यार्थीहरूका समस्या, गुनासो र हकहितका मुद्दाहरूमा स्ववियुको भूमिका र पहलकदमी शून्य भएको छ । यसैकारण नेपालको विद्यार्थी आन्दोलन क्षयीकरण हुँदै क्रमशः कमजोर र प्रभावहीन बन्दै गइरहेको छ । गत पुस २० गते सम्पन्न त्रिवि सिनेटले मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेर हदको व्यवस्था गर्दै आउँदो फागुन १४ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने गरी त्रिविले निर्वाचन तालिका र निर्देशिका समेत सार्वजनिक गरिसकेको छ । यति लामो अवधिसम्म हुन नसकिरहेको स्ववियुको निर्वाचन गराउने त्रिविको उद्घोषले नेपाली विद्यार्थी आन्दोलनभित्र सकारात्मक कम्पन सिर्जना गरेको छ । सत्यलाई नछोपी भन्नु पर्दा विगतमा पनि त्रिविले पटक–पटक निर्वाचनको मिति घोषणा नगरेको होइन, तर निर्वाचन नै हुने मिति कहिल्यै जुरेन । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन धकेलिँदै–धकेलिँदै यहाँसम्म आइपुग्यो । मूलतः निर्वाचनको परिणाम आफ्नो पक्षमा आउँदैन र कमजोर सङ्गठन भइन्छ भन्ने त्रस्त मनोविज्ञानकै कारण कहिले विधिलाई तेस्र्याएर त कहिले उमेर हदलाई उचालेर विद्यार्थी सङ्गठनहरूकै अग्रसरतामा निर्वाचन तालिका सार्वजनिक भएर पनि स्ववियु निर्वाचन भाँडिदै आए । मात्रामा धेरै–थोरै होला, तर यसमा सबै विद्यार्थी सङ्गठनहरू उत्तिकै दोषी छन् । अरूलाई दोषी देखाएर आपूm मात्र पानीमाथिको ओभानो बन्नुको कुनै अर्थ छैन । निर्वाचनको सम्बन्धमा विद्यार्थी सङ्गठनहरूबीचको अन्तर्विरोधका कारण स्ववियुलाई मास्न निर्वाचन टार्दै–टार्दै भागिरहने विश्वविद्यालयका कर्तव्यविमुख पदाधिकारीहरूका दिमागमा रहेको षड्यन्त्रलाई सुविधा प्राप्त भई नै रह्यो । निर्वाचनमा को सहभागी हुन्छ वा हुँदैन, निर्वाचनलाई कसले विरोध गर्छ वा समर्थन गर्छ, त्यसको तौलका आधारमा विद्यार्थी सङ्गठनहरूको मुख सुँघेर निर्वाचन गर्ने वा नगर्ने विश्वविद्यालयको प्रतिगामी नीतिकै कारण यस्तो विकराल अवस्था सिर्जना भयोे । यसपटक स्ववियुको निर्वाचन हुन्छ भन्ने विश्वास बढ्दै गइरहेको छ  । तर विडम्बना † २०७३ फागुन १४ का लागि त्रिविले निर्वाचनको मिति, विधि र तालिका घोषणा गर्नासाथ विगतमा भैmँ यसपटक पनि उमेर हदको बहस र विरोधको चक्रब्युहमा स्ववियुलाई फँसाएरनिर्वाचन नै हुँदैन कि भन्ने भ्रमहरू सिर्जना गर्न खोजिएको छ । तर यसपटक हामी विद्यार्थी सङ्गठनहरू आफ्नाबारेमा कम सोचेरै भए पनि विद्यार्थी आन्दोलनको उपलब्धि स्ववियुलाई बचाउन निर्वाचनप्रति दृढ सङ्कल्पित हुनैपर्दछ । घरमा दनदनी आगो बलिरहेको बेला मूलकोठामा को सुत्ने भन्ने प्रश्न गौण हुन्छ । मुख्य कुरा त बलिरहेको आगो निभाउनु हुन्छ भन्ने कुरा बुभ्mनु जरुरी छ । २०६९ असार २३ गते बसेको त्रिवि सिनेटले स्ववियुमा उमेरबारेमा एउटा गलत नियम पास ग¥यो जसबमोजिम यस वर्ष हुने निर्वाचनमा उमेर हद लागू नहुने तर २०७२ बैशाख १ पछिका स्ववियु निर्वाचनहरूमा उम्मेदवार बन्न २८ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस निर्णयमा त्यति बेलाका मुख्य विद्यार्थी सङ्गठनका नेताहरूको समेत संलग्नता रह्यो । त्रिविले नियम त बनायो तर २०६९ को अन्तिमसम्ममा समेत स्ववियु निर्वाचन सम्पन्न गराएन रनिर्वाचन नहुनुमा विद्यार्थी सङ्गठनहरूबीचको विवादको कारण देखायो । यति बेला त्रिविले २०६९ असारमा पास गरेको २०७२ बैशाखपछि २८ वर्ष उमेर हद हुने नियमलाई नै आधार मानेर आगामी फागुन १४ मा स्ववियु निर्वाचनको घोषणा गरेको छ । हुन त सैद्धान्तिक र राजनीतिक हिसावले भन्ने हो भने उमेर हद लगाएर २८ वर्षभन्दा माथिकाले स्ववियुको मोर्चाको नेतृत्व गर्न पाउँदैन भन्नु अन्त्यन्तै लज्जास्पद नै छ । विद्यार्थीहरूबीचको क्रियाशीलता, लोकप्रियता र प्रभावकारिताका आधारमा निर्वाचित भई विद्यार्थी आन्दोलनमा योगदान गर्छु भन्दा कसैलाई पनि २८ वर्षे उमेर छडी देखाएर रोक्नु न्यायसङ्गत भने होइन । नियमित ढङ्गले निर्वाचन हुने हो भने उमेर हद कुनै अर्थमा पनि जरुरी छैन । उदारणका लागि हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसमा म स्वयं २०६२ र २०६५ को निर्वाचनमा क्रमश २२ र २५ वर्षको उमेरमै दुईपटक सभापति निर्वाचित भएँ । उमेर हदलाई नराखी नहुने हो भने पनि नियमित निर्वाचन हुन नसकेका कारण यसपटक खुल्ला राखी आगामी निर्वाचनहरूदेखि उमेर हद लगाएको भए निर्वाचनको वातावरण सहज बनाउन बढी सान्दर्भिक हुने थियो । तर विश्वविद्यालयका पदाधिकारीहरू स्ववियुलाई यस्तै–यस्तै विवादको दलदलमा फँसाएर कहिल्यै उठ्न नसक्ने पार्न खोजिरहेका छन् । ऊ आप्mनो योजनामा सफल नैे छ । स्ववियुलाई नै समाप्त पार्ने कुत्सित चालबमोजिम उमेर हदका बारे रचिएको षड्यन्त्रलाई बुभ्mन नसक्ने हाम्रो अग्रज नेतृत्वहरूको अल्पदृष्टिकै कारण स्ववियु मुच्र्छित अवस्थामा पुगेको हो । यति बेला हामी यस्तो बिन्दुमा उभिएका छौँ कि कुनै पनि विषयलाई उछालेर निर्वाचनको वातावरण बिगा¥यौँ भने हिजो पनि त्यस्तै निहुँमा नभएको निर्वाचन अहिले चाहिँ हुन्छ भन्न सकिन्न । यसपटक पनि निर्वाचन हुन सकेन भने विद्यार्थी सङ्गठनहरूका वर्तमान नेतृत्वहरू स्ववियुको मलामी हुनुपर्ने दुःखद् अवस्था आउनेछ । विद्यार्थी आन्दोलनमाथि कालो बादल लाग्ने छ । सत्ता अराजकता विरुद्धको प्रतिप्रक्षीय विद्यार्थी आन्दोलनको धार भुत्ते हुनेछ । यसले सिङ्गो विद्यार्थी आन्दोलन लगभग मृत प्रायः हुनसक्ने सम्भावना र अब पनि शैक्षिक संस्थाहरूमा विद्यार्थी सङ्गठनहरूको आवश्यकता छ त भन्ने बहसको प्रारम्भ हुनसक्ने खतरा छ । किनभने विद्यार्थी आन्दोलनको शक्ति, प्रभावशालीता र प्रभावकारिताको प्रमुख आधार भनेकै स्ववियु हो । शैक्षिक माफियाहरू चाँहि यस्तै भइदिए हुन्थ्यो भनेर धूप–अक्षता भाकेर बसिरहेका छन् । त्यसैले यस परिस्थितिप्रति सचेत र जिम्मेवार हुँदै विद्यार्थी सङ्गठनहरू आपूm हारेरैभए पनि स्ववियुलाई चाहिँ जिताउन निर्वाचनमार्पmत् अद्यावधिक गराउने र आगामी दिनहरूमा यसभित्र रहेका कमी–कमजोरीहरूलाई निर्वाचित संस्थाकै अगुवाइमा सच्याउँदै जाने कुरा नै अहिलेका लागि बढी परिपक्व र बुद्धिमानी हुनेछ । विद्यार्थीहरूको हकहितका सन्दर्भमा क्रियाशील हुने कुरा त मामुली नै भयो तर अधिकारका लागि सिङ्गो देशलाई जागरुक गराई क्रान्तिको मोर्चाको अगुवाई गर्दै जनविरोधी व्यवस्थालाई धुलो चटाउने कार्यभार सम्पन्न गर्ने ताकत भएको स्ववियु आपैmँमा शिथिल हुँदै जानु विद्यार्थी आन्दोलनका लागि मात्र होइन, सिङ्गो लोकतान्त्रिक मूल्य, मान्यता, पद्धति र संस्कारका लागि समेत गम्भीर चिन्ता र सरोकारको विषय हो । त्यसैले स्ववियुलाई यस अवस्थाबाट मुक्त गराउँदै निर्वाचनमार्पmत् अद्यावधिक गराई विद्यार्थी आन्दोलनलाई गतिशील बनाउनु नै विद्यार्थी सङ्गठनहरूको यति बेलाको प्रमुख कार्यभार हो । यो अग्निपरीक्षामा विद्यार्थी सङ्गठनहरूले आपूmलाई उत्तीर्ण गराएरै छाड्न सक्नुपर्दछ । तब मात्र वर्तमानका यी विद्यार्थी सङ्गठनहरूप्रति भविष्यको विश्वास रहन्छ ।

(लेखक अनेरास्वबियुका केन्द्रीय उपाध्यक्ष हुन् ।)