हिमाली हावा उडेर आउँछ, छोएर भाग्दछ स–सानो मेरो झुपडी पनि स्वर्ग झै लाग्दछ ..... स्थानीय निकायको सेवामा कार्यरत इटहरीका श्रष्टा गायत्री लम्सालको यो सिर्जनामा स्वर भरिदाँ विहीबार साँझ इटहरीको पेरिस होटलमा दर्शक दिर्घालाई उनका अरु शब्दको माग बढ्यो । देश भक्ती गीतबाट थालिएको उनका रचनाले भोजपुर सम्झायो ।

माया पिरतीका गाथामा पनि उनका शब्द अब्बल रहे । वरिष्ट गीतकार दिनेश अधिकारीको उपश्थितीमा कवि एवम् गीतकार गायत्री लस्सालको परिचय इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई विर्सायो । जीवन रहनुनै सबै भन्दा ठूलो उपलब्धी मान्ने श्रष्टा पेशाले स्थानीय निकायका कर्मचारी हुन् । उनी इटहरी उप–महानगरपालिकाका कार्यरत छन् ।

शहरका रुपा विकसित भएको इटहरीमा बस्छन् तर, उनको भावनाले इटहरी बोक्न सकेन । उनका गीतको समिक्षा गर्दै सँगै हुर्किएका अग्रज अर्का श्रष्टा कष्णविनोद लम्सालले भने ‘उसलाई इटहरीले मन छुन सकेन, भोजपुरका बेसी, सालघारी अनि दोवाटोमै उ (गायत्री) रम्न चाहन्छ ।’ कृष्ण विनोदले भने जस्तै वरिष्ट गीतकार अधिकारीले पनि गायत्री लम्सालको शब्दमा मौलिकता पाएको भन्दै सफलताको कडी भएको औल्याए । ‘मौलिक शक्दको अत्यन्तै ठूलो ज्ञान छ ।’ उनले भने ‘मौलिक शब्द खेलाउँदै गीतलाई केन्द्रमा राखेर लेखिएको गीत जीवन्त हुन्छ, लम्सालमा त्यो प्रतिभा छ ।’ लम्सालले रचना गरेको गीतमा वरिष्ठ संगितकार अम्मर गुरुङले संगित भरी सकेका छन् । वरिष्ठ गीतकार अधिकारीले जीवन्त गीतको लागि लम्साल अब्बल रहेको भन्दै निरन्तरतााको कामना गरे ।

लम्सालको कविता संग्रह पनि प्रकाशन छ । ‘गीतलाई शब्दले फरक पार्ने भन्दै लम्सालका सिर्जना खोतल्दै प्रा.डा. टंक न्यौपानले थपे ‘गाला रातै.... पनि गीत हो । तराईमा आँधी चले पहाडले छेक्नु पर्छ.... पनि गीतनै हो । तर, यी दुईमा दुवै जीवन्त नरहन सक्छन् ।’ दोस्रो गीतले देश बोलेको भन्दै त्यही गीतनै शक्तीशाली हुने बताए । लम्साललाई आफूले पहिल्यै चिनेको भए पनि उनका रचनाले फरक परिचय बनाएको भन्दै प्रा.डा. न्यौपानेले लम्साललाई थप सिर्जनामा हौस्याए । हावासँग उडूँ भन्छु, पहाड आइ छेक्छु भन्छ लुक्दै लुक्दै आउँ भन्छु, आकाशले देख्छु भन्छ.... लम्सालले यो गीतमा पनि जति प्रकृतिसँग पौठेजोरी खेल्न रुचाए । त्यो भन्दा बढी तिम्रो घरमा औंशी खस्दा, सापटीमा जुन लग्यौ भेटुँ भन्थे त्रिवेणीमा, किनार छुँदैछुँदै बग्यौ......गाउँ वेसीमै रम्ने रहर देखाए । गाउँ वेसीकै माया पिरतीमा रम्ने यो भावना जस्तै उनले कार्यक्रममा झण्डै दुई दर्जन गीत पस्किए । केही गाए,केही सुनाए । तर, अँह । दर्शक दिर्घा अघाएनन् । कस्तो माया लायौ कुन्नी नदुखेको ठाउँ छैन... गायिका झुमा लिम्बूले गाउने तयारी यो गीतमा जति माया पिरतीमा रमेका छन् । नेपाली लोक भाकामा पनि ए.. नि साइला आउ है खर्कैमा..... वोलको गीत लिला राईले स्वर हाल्दा लोक भाकामा पनि लम्सालको राम्रो उपश्थिती छ । नबोलेरै तिमी गयौं दोबाटोमा भेट्दा पनि किन यति कठोर भयौं मैले मरि मेट्दा पनि... कसैसँग माया अल्झीदा पो सिर्जना भएको हो कि भन्ने भान परेछ साहित्यकार मनु मञ्जीललाई । जिउँदो मान्छे फरक हुन्छ । अलि अलि नमिलेको मान्छे मलाई मन पर्छ । ‘म लम्साललाई त्यही दर्जा दिन्छु ।’ उनी राती ११ बजे सडकमा नाचीरहेका पनि भेछिन्छन्, राती सडकमा की भूत नाँच्छ, कि गायत्री नाच्छ भन्दै मञ्जिलले लम्साललाई साहित्यको खोजीमा पागल पन भएको औल्याए ।

‘केही नमिलेकै अवस्थामा सिर्जनाको रचना हुन्छ’ उनले थपे ‘सफल श्रष्टामा हुनु पर्ने गुण गायत्रीमा छ ।’ घरबारै विर्सने गरी सहित्यमा नभिज्न आग्रह गर्दै प्रा.डा. बद्री विशाल पोख्रेलले लम्सालका सिर्जनमा टिप्पणी गर्दै आफू पनि बेला बेला त्यसरी साहित्यको रसमा भिज्ने गरेको भन्दै सजग बनाए । जेपी मिडिया प्रालिले सुप्रसिद्ध गीतका र तथा कवि दिनेश अधिकारीको उपश्थितीमा गायत्री लम्सालको गायन प्रतिभाको चाँजो मिलाएको थियो ।

प्रालिका अध्यक्ष प्रेम वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा इटहरीका साहित्यकार तथा साहित्यसँग रम्ने दर्जनौलाई तीन घण्टा बढी समय वितेको पत्तै भएन । लम्सालका गीतमा संगितकार वलराम समाल, गणेश रिजाल, ऋतुराज खनाललगायतले साथ दिएका थिए ।