दिमागलाई चुस्त दुरुस्त राख्नका लागि पनि नियमित मानसिक व्यायामको आवश्यकता पर्दछ तर प्रविधिको प्रयोगले हामीलाई सजिलैसँग गणना गर्ने, शव्द खोज्ने तथा प्रयोग गर्ने, तथ्य तथा आँकडाहरुलाई सुरक्षित राख्ने प्रवृत्तितर्फ धकेलिरहेको छ । यसका कारण दिमागको काम कम भएको छ । फलतः स्मरण क्षमताको क्षयिकरण हुँदैछ, जसलाई कुनैपनि मानेमा सही भन्न सकिँदैन ।

उमेर पाको बनेसँगै स्मरण क्षमता कमजोर हुनु सामान्य कुरा हो । तर युवा तथा कम उमेरकै मानिसहरुको समेत स्मरण क्षमता कमजोर हुनु अहिले चिकित्सा विज्ञानमा चुनौतिको विषय तथा चिन्ताको कारण बनिरहेको छ । प्रविधिमा अत्यधिक निर्भरताका कारण मानिसहरुको स्मरण क्षमता तिव्र रुपमा क्षयिकरण भैरहेको बताइन्छ । वास्तवमा आजकल कुनैपनि तथ्य, अंक तथा शब्दहरुलाई सम्झने कोसिस हामीले गर्दैनौँ । यसलाई आफ्नो इलेक्ट्रोनिक ग्याजेटमा रेकर्ड गरिदिने बानी परेको छ । यसरी मानिसहरुले आफ्नो दिमागलाई आराम दिइरहेका छन् र अल्छी बनाइदिएका छन् । नतिजा के भएको छ भने कुनै महत्वपूर्ण कुरा सम्झनु पर्यो भनेपनि दिमागले आफ्नो अल्छीपना छाड्दैन । प्रविधिमाथिको अत्यधिक निर्भरताले अन्य समस्याहरु पनि निम्ताइरहेको छ । जस्तै( · मोबाइल तथा स्मार्टफोनको प्रयोग गर्दा घण्टौँसम्म गर्धन झुकाएर स्कृनमा घोत्लिरहँदा युवाहरुमा काँध तथा गर्धन दुख्ने समस्या बढिरहेको छ । · च्याटिंग तथा नेट सफिंग गर्दै ग्याजेटको स्कृनमा औँला धसिरहने युवाहरुमा औँला झमझमाउने, संवेदना हराउने, निदाउने जस्ता समस्या देखिएका छन् । मोबाइलको कि प्याडको अत्यधिक प्रयोगले गम्भीर स्नायु रोग कार्पल टनल सिन्ड्रोमको खतरा रहने विज्ञहरु बताउँछन् । · अँध्यारोमा मोबाइल फोनको तिखो प्रकाश आँखाका लागि हानिकारक हुन्छ । कम्प्युटर स्कृनमा समेत लगातार आँखा गाढेर हेर्नाले आँखा सुख्खा हुने समस्या बढ्दछ । · कानमा लगातार लिड वा इयरफोन लगाउनाले बहिरोपना वा कान कम सुन्ने समस्या बढिरहेको छ । चिकित्सकहरु पनि कानमा लगातार इयरफोन नलगाउन सुझाव दिन्छन् । · इसिजी गर्ने बेलामा जसरी इलेक्ट्रो म्याग्नेटिक सिग्नलहरुले केही समयका लागि मुटुको गतिलाई नियन्त्रण गर्दछन् त्यसैगरी मोबाइलको विकिरणे समेत मुटुमा असर गर्ने बताइन्छ । मुटुका साना धमनीहरुमा यसको असर बढी हुन्छ । जापानको होक्काइडो विश्वविद्यालयमा स्कुल अफ मेडिसिनका शोधकर्ताहरुले २० देखि ३० वर्ष उमेरका डेढ सय मानिसहरुको अध्ययन गरेका थिए । त्यसक्रममा २० प्रतिशत मानिसमा स्मरण क्षमता गुम्ने समस्याको देखिएको थियो । बेलायतको नर्थम्ब्रिया विश्वविद्यालयमा गरिएको शोधले पनि यस्तै नतिजा देखाएको थियो । सबै अध्ययनको निष्कर्ष के छ भने प्रविधिका कारण दिमागी कसरत हुन पाउँदैन । वैज्ञानिकहरुका अनुसार स्मरण क्षमताको क्षयीकरणको प्रभाव आउँदो पुस्तामा समेत सर्ने देखिएको छ । त्यसैले आगामी दिनमा प्रविधिले मानिसको स्मरण क्षमतामा पार्ने नकारातमक असर झनै विकराल बन्ने वैज्ञानिकहरु बताउँछन् । ग्याजेट तथा प्रविधिमाथिको हाम्रो निर्भरता हद भन्दा धेरै भैसकेको छ । युवाहरुका विषयमा भएको अनलाइन सर्भेमा ७० प्रतिशत युवाले ग्याजेट विना आफुले जिवनको कल्पना पनि गर्न नसक्ने बताएका थिए । यान्त्रिक निर्भरताले मानिसको दिमागमा गहिरो असर पार्दछ । बैंक अकाउन्ट नम्बर, पासवर्ड, साथीभाई तथा आफन्तको जन्मदिन, फोन नम्बर, महत्वपूर्ण दिवस तथा अन्य धेरै महत्वपूर्ण जानकारीहरु हाम्रो स्मरणबाट बाहिरिसकेका छन् । हरेक सानो भन्दा सानो गणनामा समेत क्याल्कुलेटरको प्रयोगले बच्चालाई सामान्य गणितबाट समेत टाढा बनाउँदैछ । बच्चाहरुले क्याल्कुलेटर विना सामान्य जोड घटाउ पनि गर्न नसक्ने भएका छन् । दिमागलाई पनि आफै काम गर्ने बानी हटिसकेको छ । वैज्ञानिकहरुका अनुसार मानिसका भित्री तथा बाहिरी सबै अंगको कार्यप्रकृति उस्तै प्रकारको हुन्छ । जति धेरै ती अंगबाट काम लिन सकियो उति नै ती अंगहरुको क्षमता बढ्दछ । दिमागलाई चुस्त दुरुस्त बनाउनका लागि नियमित मानसिक व्यायामको आवश्यकता हुन्छ । तर प्रविधिको प्रयोगले हामीलाई सजिलैसँग गणना गर्ने, शब्द खोज्ने तथा उपयोग गर्ने र तथ्य तथा तथ्यांकलाई ग्याजेटमै सुरक्षित राख्ने र सम्झने झण्झट नगर्ने प्रवृत्तितर्फ धकेलिदिएको छ । जसका कारण मानिसहरुको स्मरण क्षमतामा गहिरो असर पारिरहेको छ ।