के हो एमआरआई ? म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग (एमआरआई), इमेजिङ्ग (शरीरका भित्री अंगहरुको तस्वीर लिने) को आधुनिक तरिका हो । जसमा शक्तिशाली चुम्बकीय क्षेत्र, रेडियो तरंग र कम्प्युटरको सहायताले शरीरको भित्री अङ्गहरुको तस्बिर लिने गरिन्छ । एमआरआई तस्वीरमा शरीरका भित्री अङ्गहरुको विस्तृत विवरण देखिन्छ । यसले हड्डी र नरम तन्तु (सोफ्ट टिस्यु) दुइटैको तस्वीर प्रस्टसँग देखाउने गरिन्छ । एमआरआई दुखाइ रहित जाँच हो यसमा एक्स–रे को प्रयोग गरिदैन । एमआरआईमा प्रयोग हुने चुम्बकीय क्षेत्र पृथ्वीको चुम्बकीय क्षेत्र भन्दा हजारौ‌ गुणा शक्तिशाली हुन्छ । एमआरआईमा प्रयोग हुने चुम्बकीय क्षेत्रको शक्ति टेस्लामा नापिन्छ ।

एमआरआई गर्नुभन्दा पहिले जान्नुपर्ने कुरा १) रेडियोग्राफर टेक्नोलोजिस्टलाई बताउनैपर्ने कुरा   तपाईको शरीरमा धातुको टुक्रा छ कि छैन ?   तपाईलाइ एनोरिज्म क्लिप लगाएको छ कि छैन ?   तपाईं गर्भवती हुनुहुन्छ वा तपार्इंलाई गर्भवती भएको शंका लागेको छ कि छैन ?   तपाईं स्तनपान गराइरहनुभएको कि ?   तपार्इंको तौल १३५ किलोग्राम भन्दामाथि छ कि ?   तपाईंले कार्डियाक पेसमेकर वा अन्य जडित उपकरण जस्तै इन्सुलिन पम्प वा स्टिम्युलेटर लगाउनु भएको छ ?   कन्ट्रास्ट औषधिले के तपाईंलाई एलर्जी हुन्छ ?

२) यदि तपार्इंको कलेजो अथवा आमाशयको तस्वीर कंट्रास्ट औषधिले लिने गइरहेको छ भने जाँच भन्दा पहिले ४ घण्टासम्म केही पनि खानु वा पिउनु हुँदैन । युरिया, क्रिएटीनीन सहितको रिपोर्ट लिएर आउनुपर्नेछ । ३) चुम्बकलाई प्रभाव पार्न सक्ने कपालको पिन गरगहना, सिक्काहरु, नक्कली दाँत, साँचो र क्रेडिट कार्ड आदिलाई हटाइदिनुपर्छ । कृपया महंगो चीज घरमा छोडेर आउनु नै राम्रो हुन्छ । ४) तपाईंलाई अस्पतालको गाउन लगाउन भनिनेछ । ५) जाँचको दौरान कन्ट्रास्ट औषधि तपाईंको नशाको शिराभित्र लगाउनु पर्ने हुनसक्छ । ६) यदि तपार्इंलाई मेशिन अर्थात् त्यसको सानो ठाउँ देखेर डर लागे जाँचभन्दा पहिले डाक्टर अथवा रेडियोग्राफर टेक्नोलोजिष्टसँग कुरा गर्नुपर्छ । ७) तपाईं कन्ट्रास्ट औषधि बिनाको जाँच भन्दा पहिले खान पिउन सक्नुहुन्छ र औषधि पनि लिनसक्नुहुन्छ ।

जाँचको समय १) तपाईंलाई लामो ट्युब आकारको मेशिनको वीचको प्यासेन्ट टेबलमा सुत्नुपर्ने हुन्छ । २) मेसिन खुलेपछिसम्म प्यासेन्ट टेबललाई सार्नुपर्छ । जबसम्म जाँच गर्नुपर्ने शरीरको भाग बीचमा आउँदैन । ३) यदि तपाईंको टाउकोको जाँच भइरहेको छ भने तपाईंलाई हेलमेट आकारको एउटा सानो क्वाइल मेसिन लगाउन सकिन्छ । ४) जाँचको दौरान अथवा जाँच भइरहेको बेलामा अलिकति पनि नहल्लिई सुतिरहेको हुनुपर्छ । ५) पेटको जाँचको दौरान केही सेकेन्डको लागि तपाईंलाई सास रोक्नको लागि भन्न सकिन्छ । ६) तपार्इंको शरीरको चाहिएको भागको तस्वीर लिइरहेको बेलामा मेसिनबाट चर्को आवाज आउने गर्दछ, त्यसैले तपाईंलाई चर्को आवाजबाट जोगाउन इयरप्लग दिन सकिन्छ । ७) एउटा स्पीकरद्वारा तपाईं टेक्नोलोजिष्टसँग कुराकानी गर्न सक्नुहुन्छ यदि तपार्इंलाई गाह्रो भइरहेको र तपार्इंलाई मद्दतको आवश्यकता भएको खण्डमा भन्नसक्नुहुन्छ ।

जाँच पछि १) यदि तपाईंलाई जाँचको दौरान तनावमुक्त गर्ने औषधि दिइएको छ भने तपाईंलाई घर फर्किने बेलामा एकजना सहयोगीसँग घर जानु राम्रो मानिन्छ । २) यदि जाँचको दौरान तपाईलाई कन्ट्रास्ट औषधि दिइएको छ भने तपाईंले आफ्नो शरीरबाट औषधि बाहिर निकाल्नको लागि ७ देखि ८ गिलास पानी खानुपर्छ । खानुपर्ने तरल पदार्थ पानी, दूध र जुस हुनुपर्छ । क्याफिनको मात्रा कम गर्नुपर्छ जस्तै कफी, चिया र कोल्ड ड्रिक्स आदि । ३) टेक्नोलोजिस्टद्वारा निकालेको एमआरआई फिल्म चिकित्सक कहाँ पठाइन्छ र चिकित्सकद्वारा एमआरआई फिल्मको अध्ययन गरी जाँचको परिणाम विरामी कहाँ पठाइन्छ र रोगको निदान गरिन्छ ।

के हो एमआरआई कन्ट्रास्ट ? एमआरआई कन्ट्रास्ट एक रंगहिन पदार्थ हो जुन बिरामीको शरीर भित्र बगिरहेको रगतमा इन्जेक्सनद्वारा पठाइन्छ । यो कन्ट्रास्ट औषधिले शरीरभित्र कुनै दाग देखिदैन । एमआरआई मेडिकल इमेजिङ्ग प्रक्रियाको दौरान यसलाई प्रयोग गरिन्छ ताकि शरीरको भित्री भागको अत्यन्तै स्पष्ट रुपले देख्न सकियोस् । तसर्थ रोगको पत्ता लगाई निदान गर्न सजिलो हुन्छ ।