अधिकांश युवाको रोजाईमा आजभोलि मोटरसाइकल पर्ने गरेको छ। ट्राफिक जामका कारण भित्री सडकहरुको भरपुर प्रयोग गर्न सकिने र कम इन्धन खर्चमै चाँडो आवतजावत हुने भएकाले मोटरसाइकलको प्रयोग बढ्दै गएको पाइन्छ।

ठूला सवारीसाधनको तुलनामा आवत जावत गर्न सजिलो र चाँडो हुने हुँदा आफूले मोटरसाइकल चलाउने गरेको एक युवा सुजिन्द्र थापाको अनुभव छ। काठमाडौँको सडकमा लाखौँ मोटरसाइकहरु दैनिक चल्ले गरेका छन्। मोटरसाइकल चलाउने कतिपयलाई आफ्नो मोटरसाइकले माइलेज नै नदिएको अनुभव समेत हुने गर्दछ। सवारीसाधानको भीडमा कम गतिमा चलाउनुपर्ने, बेलाबेलामा हुने जामका कारण पनि मोटरसाइकलले माइलेज नदिएजस्तो लाग्ने कतिपय अटो व्यवसायीको भनाइ छ। त्यसैले युवाहरुको रोजाईमा बढी माइलेज, इन्जिन र आकर्षक देखिने मोटरसाइकल ग्राहकले रुचाउने गरेको सम्वद्ध व्यवसायी बताउँछन्। विभिन्न अटो व्यवसायीहरुका अनुसार मोटरसाइकलको माइलेज बढाउन यी ६ तरिका अपनाउन सकिन्छ। १० पहिले स्टार्ट गर्दा चोक तानेर स्टार्ट गर्ने र स्टार्ट गरेको १० देखि १५ सेकेण्ड न्युट्रलमा राख्ने। यस्तो गर्दा माइलेज बढी दिने गर्छ। २० जाम लामो समय हुने जस्तो लागेमा मोटसाइकल स्टार्टमा राख्नु हँुदैन, यसले पनि माइलेजमा फरक पार्ने गर्छ। जामको समयमा मोटरसाइकल स्टार्ट बन्द गर्ने। ३० मोटरसाइलको फुट ब्रेक दबाई राख्नु हुँदैन। यसले पनि माइलेजमा असर गरेको हुन्छ। त्यसैले चाहिने भन्दा बढी फुट ब्रेक नदिने गर्दा माइलेज बढी दिने गर्छ। ४० गेयरको प्रयोग गर्दा धेरै गेयरबाट घटाउँदा स्टेपवाईज डाउन गर्ने यसो गर्दापनि मोटरसाइकले माइलेज बढि दिने गर्छ। ५० मोटरसाइकल चलाउँदा क्लच दबाई राख्नु हुँदैन यसले गर्दा माइलेजमा कमी हुन्छ। ६० मोटरसाइकल चलाउँदा गति समान गर्ने यसो गर्दा पनि माइलेज बढी दिने गर्छ।