इटहरी/ भैसीमा रेविजको संक्रमण भएको समयमै थाहा नहुँदा मोरङको सुन्दरदुलारी ११ चरिगुवाका स्थानीयवासी आतङ्कित भएका छन् । स्थानीय इन्द्र विष्टको घरमा पालेको दुहुनो भैसी एक साता देखि विरामी थियो ।

उपचारकै क्रममा मंगलबार साँझ भैसी मरे पछि रेविज संक्रमण सर्ने डरले स्थानीय आतङ्कीत भएका हुन् । मंगलबारमात्रै भैसीलाई रेविज भएको पशु चिकित्सकले अनुमान गरे पछि भैसी स्याहार र औषधी खुवाउन जुटेका गाउँले त्रसिद भएका हुन् । स्थानीय फुयल एग्रोभेट एण्ड पोल्ट्री सप्लायर्सका सन्तोष फूयलले विरामी भैसीको उपचार गराउँदै आएका थिए ।

भैसी निको नहुने र याली काडी रहने समस्या बढे पछि पशु चिकित्सक विष्णु घिमिरेलाई देखाउँदा भैसीलाई रेविज भएको बताएको इन्द्र विष्टले बताए । उनले रेविजको लक्ष्यण भएको भनिएको भैसी केही समयमै मरे पछि स्थानीय थप त्रसिद भएका हुन् ।यता, गछियामा रहेको स्वास्थ्य चौकीका कर्मचारी आन्दोलनमा लागेका कारण स्थानीयले उचित परामर्श समेत पाउन सकेका छैनन् । स्वास्थ्य चौकीका प्रमुख सहित केही कर्मचारी मन्त्रालयमा धर्ना भन्दै काठमाडौं पुुगेका छन् भने अन्य कर्मचारी पनि आन्दोलनमै रहेका छन् ।

‘ खै मलाई केही थाहा छैन, म त मन्त्रालयमा आन्दोलनमा छु ।’ ब्लाष्टसँग मोवाइल सम्पर्कमा कुरा गर्दै स्वास्थ्य चौकी प्रमुख मनोज पाठकले भने ‘रेविजनै भए पनि हामीसँग औषधी हुँदैन ।’ स्थानीयवासी भने उचित परामर्श समेत नपाउँदै प्रति गोटा ५ सय ६० रुपैयाँमा एन्टी रेविज सूइ लगाउन बाध्य भएका छन् ।इन्द्र विष्टको घरमा पालेको भैसीलाई औषधी खुवाउन र स्याहार गर्न छिमेकी पदम विक, सीताराम दाहाल, भेषराज दाहाल, गंगाबहादुर दाहाल, नृपध्वज कटुवाल, राजेश दाहाल, राजकृष्ण श्रेष्ठ, देवेन्द्र कार्की, दिव्यराज दाहाल, दिपक मगरलगायतको परिवारले सहयोग गरेको स्थानीयले बताएका छन् ।

उनीहरु र उनीहरुका परिवार रेविज संक्रमण सर्ने डरले यति एन्टी रेविजको सूई लगाउन नीजी मेडिकल धाउन थालेका छन् ।‘रेविज भनेर ढिलो मात्रै थाहा भयो’ स्थानीय देवकृष्ण श्रेष्ठले भने ‘भैसी मरे पछि झन् सत्रिद भयौं, रेविज हो कि होइन भनि दिने पनि कोही छैन ।’

रेविजका आशङ्का भए पछि सल्लाह लिन स्वास्थ्य चौकी पुगेका स्थानीयलाई एन्टी रेविजको सूई नभएको र बताए पछि नीजी मेडिकलमा महङ्गो शुल्क तिरेर रेविज सूई लगाउन थालेका छन् ।पशु चिकित्सक विण्णु घिमिरेले भने भैसीमा रेविज रोगको लक्ष्यण देखिएको तर, एकिन गर्न परिक्षण गर्नु पर्ने बताउँछन् ।

रेविजका संक्रमण एकिन गर्न काठमाडौंको त्रिपुरेश्वरमा ल्याव रहेको र त्यहाँबाट परिक्षण गराए पछि मात्रै एकिन गराउन सकिने बताए । रेविजको लक्षण लागेका पशुले फिँज निकाल्ने, जे मन लाग्ने त्यही टोक्ने जस्ता लक्ष्यण देखिने र भैसीमा सोही लक्षण देखिएको उनले बताए । तर, संक्रमण भएका पशुको ¥याल चोट लागेको शरिरमा लागे मात्रै सर्ने र टोकेका सर्ने भन्दै उनले औषधी खुवाउँदैमा सर्छ भन्न नसकिने बताए ।