शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवको शारीरिक दृश्य सादृश्य ठान्छु । सादृश्य बन्नु, बनाउनुको तत्वमयी आधार विवेक–ब्रह्मतेज मानिन्छ, मान्नुपर्छ । ब्रह्मतेज एक्काइसौं शताब्दीको लेजरबिम समान माने अत्युक्ति नहोला । लेजरबिम वैज्ञानिक आविस्कारको एक अद्भुत चमत्कार । लेजरबिम जस्तै अन्य अनेक शक्तिशाली, अन्तरयामीरअन्तरभेदी किरणहरू विज्ञानले पहिल्याएका छन् । एक्स रे, गामा रे आदि तिनका अनेक भेद हुन् । तिनै किरणको प्रयोगबाट जैविक दैहिक जीवन्त जीव अन्तरनिहित स्वस्थ, अस्वस्थ, निर्विकार र विकारयुक्त अवस्था पहिचान गर्न स्वास्थ्य क्षेत्रमा बेहद प्रयोग भएका छन् । अन्तरभेद् ती किरण कुनै पनि लुकाइएका, दबाइएका निषेधित पदार्थरतत्वहरू सहजै पत्ता लगाउन कामयाव रहेका छन् । साधारणतया हामीले यिनको पहिचान स्वास्थ्योपचार जल, थल र हवाई बन्दरगाह, भन्सार कार्यालयहरूमा प्रयुक्त मेसिनरऔजारहरू अवलोकनबाट गर्न सक्छौं । सम्भवतः शिवशक्तिको महिमा यी र यस्तै अन्यान्य क्षमतावान् शक्ति, भनूँ शक्तिशाली क्षमतामा अन्तरनिहित थिए । नितान्त प्रासंगिक बन्छ कि शिवमा त्यस्ता चमत्कारी क्षमता अन्तरनिहित थिए । त्यसैले उनी देवादिदेव–महादेव कहलिए ! यी सबै प्रसंग चिन्तनधारले सङ्ल्याउँदै प्रवाहित गर्ने मानस गतिशीलताका रूप स्वरूप मान्नुपर्छ । अनवरत चिन्तन धार प्रवाहित राख्दा हाम्रा मनमस्तिष्क, ब्रह्म–विवेक आफैं सङ्लिन्छ । निरन्तर अभ्यास, अटुट प्रयास गर्दै हामी योगाभ्यासी बन्छौं । योगाभ्यासी बन्नुको सरल अर्थ अनवरत योग गरिरहनु हो । अनवरतरनिरन्तर योग अभ्यासले हामीभित्र जमेका विकार निखारिदिन्छ । स्वस्थ बन्छाैं, रहन्छौं हामी । स्वस्थताले हाम्रा चिन्तनधार सङ्लिन्छ । सङ्लो चिन्तनधारले अन्तरचेतके प्रस्फुरण गर्छ । अन्तरचेत प्रस्फुरित आत्मालाई शिव भनिन्छ । शिव सबैको कल्याणमुखी चैतन्य चेत बन्छ । सर्वमांगल्य चैतन्य चेतको नाम–संज्ञा शिव हुन् । सर्वमंगलकारी चेतना ब्रह्म शिव भएकाले उनी ॐकार स्वर गुन्जिन बनेका छन् । ॐकार भन्नु स्वर–ब्रह्म हो । स्वर–ब्रह्मले अन्तरनाद गुञ्जाइदिन्छ । अन्तरनादको गुञ्जनले हाम्रा चैतन्य चेतनामा सन्तुलन कायम गर्छ । अंग–प्रत्यांगको सन्तुलनले दैहिक जीवनका सबै भागलाई चलायमान राख्छ । शरीरका सबै अंग चलायमान रहनु गतिशील जीवनयापनको स्वस्थ अवस्था कायम राख्नु, हुनु हो । जैविक जीवनलाई जागरुक बनाउनरराख्न सके नै हाम्रा दैहिक जीवन स्वस्थ र स्फूर्तिमय रहन्छ, रहन सक्छ । यस अवस्थाधारी चिन्तन–संस्कारलाई चैतन्य चोला भन्न रुचाउँछु । चैतन्य चोला अभय बन्छ, रहन्छ । अभय चोलाको तादात्म्य चिन्तामुक्त जीवनसित छ । जहाँ चिन्ता मुक्त अवस्था कायम गर्न सकिन्छ त्यहाँ नै अभय बन्न सकिन्छ । अभय बन्न सङ्लो मनस्थिति कायम राख्नु जरुरी हुन्छ । अभय मनस्थिति परपीडा मुक्त चिन्तन संस्कारबाट प्राप्त हुन आउँछ । परपीडा मुक्त चिन्तन संस्कार भन्नु सबै प्राणीप्रति समदर्शी भाव–व्यवहार–संस्कार पालन गर्नु हो । यस्तो समदर्शी चिन्तन एउटा सग्लो सिंगो चरित्र बन्छ । शिवको आराधना संस्कार साधना संस्कृति अन्तरनिहित मन्त्रको मांगल्यरमंगल भाव, अर्थ यसरी अर्थिन्छ । यस्तै यस्ता अनेक अन्तरनिहित भाव धारणा ग्रहण गर्न सकौं कामनासहित हामी शिवरात्री महिमा गाउँछौं । महान् आत्मपुरुषको आराधना गरेर कुशलमंगल कामनासाथ शिवरात्री महात्म्य जप्छौं, हामी शिवप्रति नै समर्पित रात्रीकाल– समय एकाग्र भएर–मन–मस्तिष्कभरिका चिन्तन सँगालेर । अ, उ, म तीन अक्षरमध्येका दुई स्वर अक्षर, अनि हलन्त म् व्यञ्जनसहितका तीन अक्षरका संयुक्त ध्वनि ॐकार गुञ्जन बनेर मुखरित हुन्छन् । यिनै एकाकार ॐ ध्वनिको संयमित उच्चारण ब्रह्मनाद बन्छन् । त्यो ॐ ध्वनि गुन्जनका नाद एक अद्भुत, विस्मयकारी चमत्कार बन्छ । त्यो अद्भुत विस्मयकारी नादले हाम्रा शरीरका अन्तरंगका नसानसामा तरंगहरू तरङयाइदिन्छन् । ती अन्तरतरंगहरूले हाम्रा अवयवका अंगप्रत्यंगका नसा नदीलाई अविरल गतिमा प्रवाहित राख्छ । नसानदीका तरल तरंगले शरीरभित्रका अंगप्रत्यंग गतिमान राख्छ, चलायमान बनाउँछ । हामी र हाम्रा शरीर स्वस्थ बन्छ । ॐ ध्वनिका गुञ्जनले अन्तरंगमा एक अजीव जीवन संरचनाका सन्देश प्रवाह गर्छ । तिनै स्वर गुञ्जनका प्रकम्पनले पैदा गर्ने तरंगले प्रत्येक अवयवका नसा, जोर्नीहरूलाई चलायमान पारिदिन्छ । यिनै चलायमान अवस्था हाम्रा स्वस्थताका परिचायक बन्छ । योगीहरू यिनै प्रक्रियाहरूलाई योगको अभ्यास मान्छन् । योगरत योगवीरहरू चरणबद्ध क्रियाकलाप योग साधनाद्वारा प्राणायामसम्मै उक्लिन्छन् । प्राणायामको चरम योग पीडामुक्ति, चिन्तामुक्तिका सुखद् आनन्दी जीवन मुहूर्त ठानिन्छन्, मानिन्छन् । योगाभ्यासी योगवीरहरू त्यसैले योगाभ्यासका अन्तरालहरूमा ॐकारमय ध्वनिका स्वरगुञ्जन गर्छन् निरन्तर । शिवका मोहक स्वर र ध्वनि गुञ्जन अ, उ, म् तीन अक्षर ब्रह्मनाद बनेको छ । शिवरात्री महात्म्यका नाद ब्रह्म त्यसैले ॐकारमय स्वरमा मच्चिने ब्रह्मनाद गुञ्जन हो र बनेको छ । हृष्टपुष्ट, उल्लासमय जीवन–यौवनकालका उल्लासमय प्रहर अहोरात्र नै हुन् । रात साम्य, सौम्य र सौहार्द मुहूर्त पनि हुन् । त्यो समय साम्य छ । सबैसबैले पनि त्यस समयकाललाई सुनसान प्रहर मान्छन् । काल, त्यो समय आम प्राणी मात्रकै समान मान्यता प्राप्त रात्री शिवरात्री बने, बनाइएको छ । साम्यसित समग्र अटाउँछ । समग्र नै साम्य स्थितिको परिचायक बन्छ, बनाइएको छ । परिस्थिति बन्नु स्वभावगत संस्कारको प्रजनन बन्छ । स्वभावगत संस्कार पालन गर्दै जाँदा परिस्थिति सिर्जना हुन्छ । संस्कार, सभ्य र संस्कृत समुदायले पालन गर्छ । सभ्य र संस्कृत समुदायका आआफ्नै संस्कृति हुन्छ । संस्कारविहीन संस्कृतिले तिनका संस्कार बताउँछ, बुझाउँछ । शिवसम्बन्धी यो रात्री–शिवरात्री महात्म्य बुझ्न, थाहा पाउन शिवका शैव्य संस्कारका प्रसंगमाथि विहंगम दृष्टिपात गर्नु रहेको छ । शिवस्वरूप नील वर्णको छ । नीलोपन एउटा प्रकरण हो रंगको । नीलो रंग आकाशको रंग । नीलो रंग सागरको रंग । नीलो आकाशको रंग सीमाहीन व्यापकताको प्रतीक । नीलो सागर प्रवाहशील गतिको प्रतीक । प्रवाह गतिशीलताकै नैरन्तर्यरनिरन्तरता । शिवका मंगल मांगल्य स्वभाव, संस्कार– हामी सबैको लागि चाहिँदो जीवन चरित्र । शिव बेहद उदार र दानशील स्वभावका छन् । भष्मासुरलाई बेहद शक्तिशाली वरदान दिए तिनले । स्पर्शमै भस्म पार्ने अग्न्यास्त्र वरदान दिने शिवको उदार मनस्क स्वभावको परिचायक बन्छ । अन्त्यमा भस्मासुरले शिवलाई छुन लखेट्दा विष्णुको कूटनीतिक क्षमताले शिवलाई बचाए । विष्णुले शिवसँग त्यस्तो क्षमता कहाँ छ र ? छुनासाथ खरानी पार्ने ? तिमीलाई छलकपट गरे उनले । नपत्याए पहिले परीक्षा गर्नू ! एकपटक आफैंलाई छोएर हेर्नू भने । छुँदाछुँदै आफैं भस्म भए । शिव आफ्नै बेपरबाही उदारताबाट उब्जेको संकटबाट बचे । यी र यस्तै स्वभावजन्य संस्कार भएकाले शिवलाई भोलेनाथ, भोले बाबा भनिएछन् । हामीलाई सीमाहीन उदारताले आपत्ति निम्त्याइदिन्छ । शिवरात्री महात्म्यसित सिकिलिनु छ । पालनकर्ता– रक्षक अवतारी विष्णुको आचरण संस्कारसित जोडिएको कूटनीतिक क्षमतावान् चरित्र निर्माण पनि हामी र हाम्रा युगसापेक्ष जेता, नेता, भाग्यविधाता सबैले मनन गर्नु गरिलिनु आवश्यक छ भन्ठान्छु । शिवका नाम रूप अनेक छन् । दसै दिशाका कुबेर मानिन्छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण चार दिशा । इशान, आग्नेय, नैऋत्य, वायव्य चार कोण, दिशा उत्तरी ध्रुव (स्वर्ग), दक्षिणी ध्रुव (पाताल) सहित दस दिकरदिशा सबै शिवका धुरी मानिएका छन् । यो आख्यानिक पुराणस पौराणिक आख्यान आपसमा सहअस्तित्व वरण गर्छ । दशै दिशाका कुबेर कहलिनुको तात्पर्य भूस्वर्गमा स्वामी हुनु समान अर्थबोधक बन्छ । शिवलाई दिगम्बर भनिनुको अर्थबोध दसै दिकमै उनका अम्बररपहिरन ठानिनुको पर्याय बन्छ । अम्बरको दुई अर्थ छन् । पहिलो आकाश, दोस्रो वस्त्र । शिवलाई दिगम्बर भन्नुको अर्थबोध सम्पूर्ण दिकरदिशाहरू नै उनका वस्त्र हुन् । सम्पूर्ण दिशा नै वस्त्र ठानिनुको व्यञ्जना अर्थ हुन्छ– निरवस्त्ररनांगो ! कुनै वस्त्र नभएको । आधुनिक अभिव्यक्ति सीपमा यस्ता व्यञ्जना अर्थ्विन्याशलाई कूट अभिव्यक्तिरकूटनीतिक बोली मानिनुपर्छ । शिव त निरवस्त्ररनांगो शरीरधारी– नकच्चरो नभनेर दिगम्बर भन्नु सभ्य र शिष्ट अभिव्यक्ति बनाइएको छ । सभ्य र शिष्ट अभिव्यक्ति सुसंस्कृत भाषाशैलीगत संस्कृति नै बन्छ । यो शैव मत, शैव संस्कार र सभ्यताकै परिचायक बन्छ । दिगम्बर अवस्था पार गरेपछिको शिवको अर्को नाम रहेको छ– बाघाम्बर ! बाघको छाला नै वस्त्र बनाई त्यसैलाई ओढेका । यसरी दिगम्बरबाट बाघाम्बर बन्दासम्म शिवका जीवन, परिवेश र परिस्थिति निकै परिवर्तित अवस्था बोधक बन्छ । लाजगाजविहीन अवस्था दिगम्बरकाल बोधक ! बाघाम्बर अवस्था सिकारी अवस्थाबोधक रहन्छ । प्रत्येक अवस्थाजन्य स्थिति सांस्कृतिक विकासबोधक अग्रगमनका इतिहास कोर्छ । तिनलाई कोरल्नु, चल्ला काढ्नु सांस्कृतिक सौरभ ठहर्छ । शिवसित गाँसिएका अनेकानेक पौराणिक आख्यानले मनुष्य जीवन समाजको क्रमबद्ध विकासरविकासक्रममा इतिहास मौन भावमा अवाक परायण गर्दाे छ । अन्धविश्वास नभनी पौराणिक आख्यानभित्रका तत्कालीन अभिव्यञ्जना र अभिव्यक्ति मनन गर्नु प्रत्येक संस्कृतिकर्मीका थाप्लोको नाम्लो ठान्छु । सहिसलामत, सकारात्मक विश्लेषणले सत्यार्थ प्रकाशनमा सही योगदान पु¥याउँछ । यो धारणा राख्न चाहन्छु । शिवका व्युत्पत्तिरजन्मका सान्दर्भिक आख्यानिक लोकोक्ति अनेक छन् । शैव मतयामीहरू शिवका मातापिता नभएकोमा विश्वस्त छन् । वर्तमान जीवन परिप्रेक्ष्यमा मातृकोष र गर्भ्विनाको कुनै निर्जीव–जीवनको अस्तित्व अस्वीकार्य बन्छ । यसो हुनु स्वाभाविक बन्छ । वर्तमानमा टेस्ट्युब बच्चाबाहेक अरू अनुभूति छैनन् पनि हामीसित । बिना प्रामाणिक अनुभूति कसरी, कुन आधारमा विश्वस्त रहन सकिन्छ ? किन्तु, यो आख्यान शैवमतयामीका मात्र अलग्ग धारणा बनेको छैन । विश्वमा विद्यमान अनेक आस्थाधारीहरूको यस्तै प्रकारका हेतु रहेका छन्– आदिम सृष्टिका सिर्जनासम्बन्धी । परपर नकुदी आफ्नै सेरोफेरो इसाई सम्प्रदाय एडम र ईभको सृष्टि–सिर्जना परमेश्वर (प्रकृति) ले गरेको बखान भर्छन् । लाग्छ, शिव पनि प्राकृतिक पुरुष हुन्– पूर्वकालीन संरचना सम्बन्धमा हाम्रा पूर्वीय दर्शनले गाएका यी श्लोक विश्लेषण योग्य छः – ‘प्रथम अवतार प्रभु मत्स्य रूप धारणम्म… !’ यस श्लोकले सृष्टिको पहिलो स्वरूपलाई अवतार मानेको छ । पहिलो अवतारलाई प्रभु भनिएको छ । अवतार र प्रभु एकै, समकक्षी बनाइएको छ । अवतारकै स्वरूपलाई समान सन्दर्भ बनाउँदा ‘प्रभु’ शब्दको ‘प्र’ अक्षरले प्रथमलाई र ‘भू’ अक्षरले हुनुलाई प्रतिनिधित्व गर्छ । ‘प्रभु’ शब्दको सच्चा अर्थ पहिलो सृष्टि । कालान्तरमा युगवाणी बन्न पुगे प्रभु, ईश्वर, भगवान् आदि–इत्यादि । शिव त्यसैले आदिम पुरुष बने सृष्टि– संरचनाको पौराणिक इतिहासपरक आस्थाका आख्यानभरि । शिवको आख्यानिक अर्को नाम त्रिनेत्र रहेको छ । त्रिनेत्र शब्दको मार्मिक अर्थविन्यास छ । मर्मदिसत सटिएको त्यो त्रिनेत्रको अर्थ तेस्रो आँखासित रहेको छ । तेस्रो आँखा निधारको बीचैमा रहेको चित्रण कलाकार बन्धुहरूले गरे, गरेका छन् । निधार बीचमा कुनै पनि ज्ञानीमानी मानव जीवनधारी प्राणीमा कहिल्यै जन्मजात अंग–उपअंग बनेको यथार्थ रहेको छैन । तैपनि मात्र शिवको तेस्रो आँखाको आख्यान बनेको छ । अयथार्थ वस्तुतत्वलाई साँच्चै भएकै जस्तो स्थापित गर्नु जीवन दर्शनको मूल तत्व बनेको छस बनाइएको छ । जीवनलाई दर्शन बनाएर हेर्नु– देख्नु दार्श्निकहरूको जीवनदर्शन बन्छ, बनेको छ । प्रतीकले गम्भीर गहिरो अर्थबोधक ज्ञानतत्वलाई सहज सरल तवरले बुझ्न बुझाउन मद्दत गर्छ, पुर्याउँछ । त्यसैले प्रतीक वस्तुले अन्तरालमा गढेको रहस्यलाई सतहसम्म उजागर गर्ने भूमिका निर्वाह गर्दछ । शिवका तेस्रो आँखा निधारको बीच दुई आँखा अनि ज्ञानेन्द्रीय– नाकैमाथि कलाकर्मीले चित्रण गर्नु प्रतीक बन्छ, बनेको छ । तेस्रो आँखाका प्रतीकात्मक अर्थ यथार्थमा विवेक–ब्रह्मसित सटेको छ । विवेक– ब्रह्मको उद्भव अग्रभागमा रहेका मस्तिष्क कोषिकाहरूबाटै हुँदो हो । विवेक– ब्रह्मको गर्भगृह आखिर त मस्तिष्क नै बनेको छ, रहेको छ । शिवको तेस्रो आँखाका सन्दर्भलाई पाश्चात्य गोलाद्र्धमा पनि उत्तिकै महत्वका साथ चिन्तनमनन भए–गरिएका छन्छ, शिवको तेस्रो आँखामा । क्षिण स्मृतिले शिवको तेस्रो आँखाका लेखक तथा प्रकाशक उल्लेख गरी सहृदयी पाठक महानुभावसामु उजागर गर्न नसक्दा हात जोड्नुपर्ने भएको छ ।