मृगाैला राेगबाट बच्ने उपाय
१. पानी बढी खाने
यदि तपार्इं नियमितरूपमा पानी खाने गर्नुहुन्न भने यसको सबैभन्दा पहिलो खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर अनावश्यक फाेहर तत्व शरिरबाट बाहिर फ्याँक्न कठिन हुन्छ जसकाे परिणाम शरिरमा विषाक्त तत्वहरू जम्मा हुन्छन, र तीनै तत्वहरू हाम्राे स्वास्थ्य बिग्रने कारण बन्दछन। त्यसैले नियमितरूपमा पानी खान नबिर्साैं।
२. नून कम खाने
खानामा चर्को नून खाने बानी छ भने यसले रक्तचाप बढाउँछ। यस्ताे बानी तुरून्तै त्याग्नुस किनभने शरिरमा अधिक नूनले मृगौलामा दवाव पैदागर्छ। दिनमा ५ ग्राम भन्दा बढी नून खानु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बझाैं र यसै अनुरूप व्यवहार गराैं।
३. पिसाव नरोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने यस्ताे बानीमा आजैदेखि सुधार गर्नु अावश्यक छ। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौलाले कामै गर्न छाेड्ने खतरा समेत पैदा गर्नसक्छ। यस्ताे स्थितिबाट जाेगिनका लागि पिसाव लाग्नासाथ पिसाव त्यागिहाल्न सुझाव दिइन्छ।
४. गुलियो कम खाने बानी
यदि गुलिया खानेकुरा धेरै खाने बानी कसैकाे छ भने आजैदेखि याे बानी त्याग्नु बेश हुन्छ। गुलियो बढी खानेगर्दा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर त्यसकाे भार मृगौलामा पर्नजान्छ। यसैले अावश्यकताभन्दा बढी गुलियाे खाएर ज्यान जाेखिममा नपाराैं, अाजैदेखि अत्यधिक गुलियाे खाने बानी त्यागाैं।
५. पोषणक तत्वको अभावः
शरीरमा पोषक तत्वको अभाव हुँदा यसकाे भार पनि मृगौलामा नै पर्नजान्छ। भिटामिन-६ र म्याग्नेशियमयुक्त तत्वहरू पर्याप्त खानेगर्नाले मृगौलाकाे पत्थरी हुनबाट जाेगिनसकिन्दिँछ।
६. मासु बढी खाने बानी
तपार्इंमध्ये काेही मासुको पारखी हुनुहुन्छ यदि भने, र बढी नै मासु खाने गर्नुहुन्छ भने पनि तपाइँको मृगौलामा समस्या थपिन्छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ। त्यसैले मासु बढी खाने बानी पनि अाजैदेखि त्यागिहाल्नु उचित हुन्छ।
७. अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक हुन्छ। अनिद्राका कारण पाचन प्रक्रियामा नकारात्मक असर पर्ने भएकाले यसबाट मृगौलासम्बन्धी विभिन्न रोग निम्तिनसक्छन। त्यसैले मृगौलालाई स्वस्थ राख्नु छ भने रातिकाे निद्रा बिगार्ने काम नगराैं।
८. चिया–कफीकाे बढी सेवन
चिया, कफीकाे अत्यधिक सेवन पनि मृगौलाका लागि समस्या हुनसक्छ। चिया, कफीले शरिरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलालार्इ नै भार पार्छ। त्यसैले यस्ता पेय पदार्थकाे बढी सेवन गर्ने बानी पनि अाजैदेखि त्याग्नु बेश हाेला।
९. पीडा–हरक (Pain killer) अाैषधिकाे सेवन
टाउको दुख्ने बित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि पीडा–हरक अाैषधिकाे गोली खाने बानी छ भने याे बानी आजैदेखि छोड्नु राम्राे। यस्ता अाैषधिकाे अत्यधिक सेवनले तपार्इंकाे मृगौलामा नकारात्मक प्रभाव पार्छ।
१०. मदिरा सेवन
मदिरा अर्थात जाँड–रक्सीको अत्यधिक सेवनले पनि मृगौलामा भार थप्दछ जसका कारण मृगौलाले काम गर्न छाड्नसक्ने खतरा अत्यधिक हुन्छ। अतः मदिरा सेवनकाे बानी पनि अाजैदेखि त्यागाैं र सुखी जीवन व्यतित गर्न सिकाैं।