विजयपुर/ सुनसरीको इटहरी,खनार सहित देशका बिभिन्न ठाउहरुमा बर्डफ्लु देखिएपछि साबधानी अपनाउन प्राबिधिक तथा बिषेशज्ञहरुले ब्यबसायी तथा किशानहरुलाई आग्रह गरेका छन् ।
वर्डफ्लुको संक्रमण फैलन नदिन उनीहरले आफ्नो फर्म वा घरमा पालिएका पक्षंहरु बिरामी भए वा मरेको पाईए तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन प्राबिधिकहरुले अनुरोध गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शीबनाथ महतोले वर्डफ्लुको संक्रमण फैलन नदिने ब्यबासायी तथा किशानहरुले नै साबधानी अपनाउनु पर्ने भन्दै उनले आफुले पंक्षीहरु रोगी देखिए वा मरेको खण्डमा तत्कालै जानकारी गराउन उनले आग्रह गरे ।
उनले कुखुराका चल्लाहरु किन्दा साबधानी पु¥याएर किन्नपनि आग्रह गरेका छन् । उनका अनुसार जिल्ला पशुसेवा कार्यालयका प्राबिधिकहरु अहिले सुनसरीका बिभिन्न ठाउहरुमा निरिक्षणकालागि गएको बताएका छन् । सकभर हामीले वर्डफ्लुलाई पुर्ण नियन्त्रण गर्ने गर्ने प्रयास गरेका छौं महतोले भने ।
के हो वर्ड फ्लु ? विश्व स्वास्थ्य संगठनका अनुसार बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो ।
बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्छ । बर्ड फ्लू कुखुरा, हाँस, र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो । यो रोग मानिसमा पनि सर्न सक्छ ।
खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ। बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोराको सम्पर्कबाट सर्दछ ।
हावापानीको माध्यमबाट यो भाइरस छिटो फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ ।
साबधानी कसरी अपनाउने ? –तपाईं बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नसाथ सचेत रहनु होस । आफैं जान्ने भएर त्यसलाई टिपेर फ्याल्ने भन्दा पशुसेवा कार्यालयलाई जानकारी दिनु पर्छ । – आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरुको छेउछाउमा जान दिनु हुदैन । – कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर (७० डिग्रि) भन्दा माथिको तापक्रममा राम्रोसँग पकाएर मात्रै खाने गर्नु पर्छ । –तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर दिनु पर्छ । –यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरुमा संक्रमण भएको थाहा हुन साथ माक्स लगाएर हिड्ने गर्नु पर्छ ।