धरान/ वर्षेनी होलीमा बज्ने ‘जोगिरा’ गीतहरूले आधुनिकताका कारण अहिले स्थान पाउन छाडेका छन् । पुरानो पुस्ताको निस्क्रियताले नयाँ पुस्तामा ‘जोगिरा’ हस्तान्तरण हुन सकेको छैन ।

 होलीको बेला बच्चैदेखि ‘जोगिरा सरर’ सुन्ने बानी लागेका धरानका बनारसी कुकले आजकाल यस्ता गीतको मर्म हराउँदै गएको अनुभूति गर्न थालेका छन् । मधेश क्षेत्रमा होलीको अघिल्लो रात होलिका दहन गर्दै रातभरि होलीको गीतमा नाच्ने, गाउने र रमाइलो गर्ने प्रचलन थियो । मधेशी समुदाय भएको पहाडी भेगमै पनि होलीको रौनक अर्कै हुन्थ्यो तर अहिले आधुनिकता भित्रिएसँगै होली उत्सव कन्सर्टमा खुम्चिएको छ ।

‘त्यो पनि नराम्रो होइन । होलीले व्यापकता पाएको हो तर पुरानो स्वाद हराउ“दै गयो ।’ ब्लाष्टकर्मीस“गको भेटमा उनी भन्छन् । उनको अनुभवमा त्यस्ता गीतहरू अहिले पनि छन् तर प्रयोगमा नआएको मात्रै हो । ‘टाउन एरियामा छैन, मधेश एरियामा पूरा छ ।’ उनी थप्छन् । उनको विचारमा मान्छेको व्यस्तता बढ्यो, मान्छेलाई फुर्सद् हुँदैन । मान्छे पैसामुखी भएकाले पुरानो शैलीमा होली खेल्ने परम्परा पनि हराउँदै गयो ।

‘पुरानो पुरानै हुन्छ, नया“ भनेको नयाँ नै हो ।’ यस्तो विचार राख्ने बनारसी कुकलाई पहिलेजस्तो होलीमा रुचि छैन । आधा–एक घण्टा मनोरञ्जन गर्यो, सक्यो । परम्परा धान्ने युवा पुस्ताको कमी भएको महसुस रमेश साह गर्छन् । ‘पुराना मान्छे छैनन्, भएकाहरू पनि त्यति चासो देखाउँदैनन् ।’ उनी बताउँछन् । मधेशी समुदायको बाहुल्यता कम हुँदै गएकाले पनि ‘जोगिरा सरर’ को चलन हट्दै गएको उनको अनुभव छ ।

मधेश क्षेत्रमा अहिले पनि ‘जोगिरा सरर’ को उत्तिकै महत्व छ । पहाडी क्षेत्रमा बस्ने मधेशी युवामा पनि होलीप्रति त्यति धेरै उत्साह नभएको उनको भनाइ छ । ‘एक त धरानमा मधेशी समुदाय कम छ । त्यसमाथि मेधशी युवाहरू आधुनिकतामा ढल्किए, त्यति चासो देखाउँदैनन्’, उनी भन्छन्, ‘धरानका केही क्षेत्रमा मट्की फोड्ने कार्यक्रमभन्दा अर्को कार्यक्रम हुँदैन । धरानमा मधेशी समुदायले त्यही एउटा परम्परालाई जोगाइरहेको छ ।’

यसप्रति हलुवाई समाज धरानका नगर अध्यक्ष विजय साह पनि चिन्तित छन् । भन्छन्, ‘पुरानो कल्चर नाशिँदै गइरहेको छ । जोगिरा नाशिँदै गएकोमा हाम्रो पनि चिन्ता छ ।’ जोगिरा गर्नका लागि एक सातादेखि नै तयारी थाल्नुपर्ने उनी बताउँछन् । ‘अहिले सबै व्यस्त भयो, समय दिन भ्याउँदैन ।’ जोगिराले पर्वलाई मात्रै प्रतिनिधित्व गर्दैन । यसले होली गीतमार्पmत् समसामयिक विषयमा व्यङ्ग्यसमेत प्रहार गर्ने गरेको छ । कतिपयले जोगिरालाई प्यारोडी गीत बनाउ“दै व्यङ्ग्य गर्छन् ।

होलीको बेला गरिएको व्यङ्ग्य मान्य हुने प्रचलन छ । ‘जोगिरा व्यङ्ग्यकै लागि गाइन्छ ।’ अध्यक्ष साह भन्छन् । पहिले–पहिले धरानमै नाई समाजले घर–घरमा पुगेर जोगिरा गाउँथ्यो तर अहिले टिभी र फिल्मका कारण पनि जोगिरा संस्कृति हराउँदै गएको अनुभव उनीहरूको छ । ‘आधुनिकताले गर्दा लोप हुँदै गइरहेको छ’, साह भन्छन्, ‘टिभीले गर्दा कल्चरहरू पछाडि धकेलियो ।’ पुराना मान्छेलाई जोगिरा आउँथ्यो भने नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दाको परिणाम यो लोप हुने हो कि भन्ने चिन्ताले उनीहरूमा वास गर्न थालेको छ । नया“ पुस्ता रेकर्डिङ भएका गीतहरूमा नाच्ने चलन आएकाले ‘जोगिरा’ लोपोन्मुख अवस्थामा पुगेको छ ।